
खडानन्द र हरिबोल
खडानन्द : ल्याबमा रगत जाँच्न दिएको, पैसा मात्र खेर गयो यार †
हरिबोल : किन र के देखायो रगतमा ?
खडानन्द : केही देखाएन, सबै थोक नर्मल देखायो, त्यसैले त बित्थामा पैसा मात्र खेर गयो यार !
खडानन्द र हरिबोल
खडानन्द : कोही धनका लागि लड्छन्, झगडा गर्छन्, कोही धर्मका लागि लड्छन्, कोही सत्ताका लागि लड्छन्, कोही जातिय नारा लिएर त्यसकै लागि भिड्छन् ।
हरिबोल : हो नि, सबै केही न केही स्वार्थका लागि लड्छन् त ।
खडानन्द : तर संसारमा एक–अर्कासँग नि:स्वार्थ भावले लड्नेहरू पनि भेटिन्छन् ।
हरिबोल : हैट् कहाँ हुन्छ हौ त्यस्तो ?
खडानन्द : किन हुँदैन ?
पति–पत्नी ।
खडानन्द र हरिबोलको च्याट्
हरिबोल : ओए खडे, रातको साढे एक बज्यो, अनलाइन देख्छु त । सुत्नु पर्दैन ? काम नलाग्ने भइस् है तँचाहिं, रातभरि नसुती–नसुती च्याट गर्ने ?
खडानन्द : ए, तैंले चाहिँ मलाई यो म्यासेज, आँखा चिम्लेर, घुर्दै मस्त निन्द्रामा टाइप गरिस् होला, हैन ?
खडानन्द बाइकमा कतै जाँदै थिएँ । एउटी सुन्दर युवतीले लिफ्ट मागिन् । खडानन्दले लिफ्ट दिए । बाटोमा जाँदाजाँदै युवतीको स्वास्थ्यस्थिति खराब भयो । अस्पताल लिएर गए ।
चेकअप पछि
डाक्टर : बधाई छ खडानन्दजी, तपाईं बाउ बन्नेवाला हुनुहुन्छ ।
खडानन्द : म त्यो बच्चाको बाउ होइन ।
युवती : यो बच्चाको बाउ उहाँँ नै हो ।
त्यसपछि खडानन्द र युवतीबीच झगडा पर्यो, प्रहरी बोलाइयो, प्रहरीले खडानन्दलाई चेकअप गर्न अह्रायो, चेकअप पछि
डाक्टर : खडानन्दजी, जिन्दगीभर बाउ बन्न नसक्ने अवस्थाको हुनुहुन्छ ।
खडानन्द (तनावमुक्त हुँदै) : धन्यवाद डाग्डर सा’प !
खडानन्द (मनमनै) : हँ, हो ? म यदि जिन्दगीभर बाउ बन्न सक्दिन भने घरमा भएका ती दुइटा छोरा र एउटी छोरी कसका त ? (फेरि तनाव खडानन्दलाई)
खडानन्द र हरिबोल बाटोमा
भेट भए ।
हरिबोल : के हो खडानन्द ? आज त खुब प्रफुल्ल मुद्रामा, एक्लै हाँस्दै हिंडिरा’को छस् त ?
खडानन्द : अँ, आज एउटा किताब पढ्या, त्यसमा लेख्या रै’छ, हाँँसी खुसी रहनु छ भने श्रीमतीसँग वात गर्नु ।
हरिबोल : अनि वात गरिस् त ?
खडानन्द : अँ, हिजो दिनभरि १२/१५ जना छिमेकीका श्रीमतीसँग बात गरेको, खुब रमाइलो लागिरा’को छ ।
अलि–अलि मात्र पढेकी खडानन्दकी पत्नी चेक साट्न बैंकमा गइन् ।
क्यासियर : चेकको पछाडि यहाँनेर साइन गर्नुस् ।
खडु पत्नी : के हो साइन भनेको ? कसरी गर्नु ?
क्यासियर : पहिले मोबाइल सोबाइल नभा’का बेला तपाईंका पति बाहिर हुँदा चिठी लेख्नुहुन्थ्यो नि, हो त्यो चिठीको पुच्छरमा जसरी आफ्नो नाम लेख्नुहुन्थ्यो नि, हो त्यस्तै ।
खडु पत्नी : ए !
त्यसपछि खडु पत्नीले चेकको पछाडि लेखिन्— उही सधैं तिम्रो मायाको पर्खाइमा बस्ने तिम्रै प्यारी भुन्टी ।
अविवाहित खडानन्द र विवाहित हरिबोलको गफगाफ
खडानन्द : यत्रो टाइमसम्म पनि बिहे गर्ने साइत जुरेन । बल्ल–बल्ल एउटीसँग लभ पर्ला जस्तो आशा जाग्या थियो, तर त्यो पनि आशामै सीमित होला जस्तो भयो यार † त्यसले पनि धोका नै दिए जस्तो छ ।
हरिबोल : किन र ? कसले धोका दियो ............?
खडानन्द : अस्ति एउटा चेक साट्न बैंक गाको, क्यासियर केटीले बिस्तारै चेकको पछाडी आफ्नो फोन नम्बर लेख्नुस् न भनी । हत्त न पत्त नम्बर लेखेर दिएको, सात दिन भयो आजसम्म कल गरेकी छैन यार त्यसले ।
खडानन्द र प्रहरी ।
प्रहरी : तपाईंको सामुन्ने नै त्यो लुटेराले केटीको ब्याग थुतेर भाग्यो । तपाईंले केही गर्नुभएन ....?
खडानन्द : त्यो केटीलाई राम्रोसँग चिन्छु सर, मैले उसको फेसबुक स्टाटस हेरेको छु : I can handle my problems. Don´t underestimate the power of woman. त्यही भएर हो सर !
प्रहरी : ए त्यसो भए ठीकै छ ।