• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कार्टुन
कार्टुन
अमित दुगडका भ्यालेन्टाइन चुटकिला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अमित दुगडका भ्यालेन्टाइन चुटकिला
फाल्गुन ७, २०७५

पुरुष : प्रिय, के म पहिलो पुरुष हुँ जसले तिमीसँग प्रेम गरें ?

स्त्री : हो, तिमी नै पहिलो पुरुष हौ जसले मसँग प्रेम गरिरहेका छौं । यसभन्दा पहिले त म नै पुरुषसँग प्रेम गर्थें ।

प्रेमी : प्रिया, यदि म तिम्रो मायामा हराएँ भने के गर्छौं ?

प्रेमिका : प्रिय पहिले त म खोज्छु, खोज्दा पनि भेटिन भने चाहिँ रेडियो, पत्रिका, टेलिभिजनमा विज्ञापन दिन्छु तैपनि भेटिनँ भने म अर्कै पुरुषसँग विवाह गर्छु ।

प्रेमी : तिमी मेरी सपनाकी रानी हौं ।

प्रेमिका (रिसाएर) : म सपनामा विश्वास गर्दिनँ, सपना सधंैं 

झूटो हुन्छ ।

प्रेमी : हैन, तिमीले यो जिन्स पाइन्ट लगाएको देखेर घरमा आमाले गाली गर्नुहुन्न ?

प्रेमिका : किन नगर्नु नि ? धेरै गाली गर्नुहुन्छ । कहिलेकाहीं त घरमै नबसूँजस्तो लाग्छ ।

प्रेमी : अनि त्यति धेरै गाली किन गर्नुभएको नि ?

प्रेमिका : यो जिन्स पाइन्ट नै आमाको हो नि त ।

प्रेमी (होटलमा सँगै खाइरहेकी प्रेमिकासँग) : प्रिय, म तिमीलाई अन्तिमपल्ट सोध्छु– मसित विवाह गर्ने कि नगर्ने ?

प्रेमिका : अहँ गर्दिनँ ।

प्रेमी (रिसले) : वेटर, हामी दुई जनाको अलग–अलग बिल ल्याऊ ।

प्रेमिकाले आफ्ना उत्ताउलो प्रेमीसँग भनिन् : मैले तय गरिसकें, जबसम्म तिमी कुनै साहसिक कार्य गर्दैनौ तबसम्म म तिमीसँग विवाह गर्दिनँ ।

प्रेमीले प्रेमिकालाई सरसर्ती हेरेपछि जवाफ दिए : प्रिय, तिमीसँग विवाह गर्नु के कुनै साहसभन्दा कम हो ?

प्रेमीको काका : मेरो भतिजाको ह्दय निकै विशाल छ ।

प्रेमिका : हो, मलाई थाहा छ, मैले उसको प्रेमको तीनवटा कथा पनि सुनिसकें ।

प्रेमी : तिमीसँग भेटेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिनँ ।

प्रेमिका : हामीबीचको प्रेमले सबै कुरा बिर्साइदियो ?

प्रेमी : प्रेमले होइन, मायालु । पैसाको अभावले । 

एउटी युवतीको चाहना : जसले सधैं प्रेम गरोस् ।

अर्की युवतीको चाहना : जसले सधैं राम्रो खाना पकाउन सकोस् ।

अर्की युवती : जसले पैसा कमाओस् । 

त्यसमा थप यस्तो भाग्य कि तीनै जनाले एक–अर्कालाई भेट्न नसकून् ।

एउटा प्रेमी आफ्नी प्रेमिकाको घरमा गएछ । प्रेमिका चिया पकाउन गएको मौका छोपेर प्रेमिकाको मोबाइल हेरेछ र सोचेछ, होइन, यसले मेरो नाम के भनेर सेभ गरेकी रै’छ ? हेर्नुपर्‍यो । अनि प्रेमिकाको मोबाइलमा डायल गरेछ । त्यहाँ आएछ– मूर्ख नम्बर– ५ कलिङ ।

प्रेमी–प्रेमिकाको जोडी पार्कमा बसेर स्याउ खाँदै थिए..

प्रेमी कतै पनि नहेरी प्रेमिकाको आँखामा हेरिरहेको’ थियो..

प्रेमिका : (लजाउँदै) के हेरेको त्यस्तो नशालु नजरले ?

प्रेमी : मोटी अलि–अलि गरेर खा.. डेढ सय रुपैयाँ किलो छ स्याउ..

एउटा बाबुले आफ्नो छोरालाई चरा र बारुलाका बारेमा सोधेछ ।

बाबु : छोरा, तिमीलाई चरा र बारुलाका बारेमा केही थाहा छ ?

छोरा : अहँ, जान्नुपर्‍या छैन मलाई । 

बाबु (अचम्म मान्दै) : किन ?

छोरा : तिनीहरू दुवै एक–अर्कालाई प्रेम गर्न सक्दैनन्, त्यसैले । 

केटीले भनिछ : म तिमीभन्दा एक वर्ष जेठी छु । 

केटाले भनेछ : केहि फरक पर्दैन, म तिमीसँग एक वर्षपछि मात्र विवाह गर्छु । 

एउटी प्रेमिका आफ्नो प्रेमीसँग भन्दै थिइन् : हजुर, हाम्रो छोराको नाम के राख्ने ? 

प्रेमीले रिसाउँदै भनेछ : हवाईजहाज ।

प्रेमिका : छि:छि: † त्यस्तो नाम किन राख्ने ?

प्रेमी : ९ महिना लामो बाटो छोराले ७ महिनामै पार गरेपछि के राख्ने त ?

एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र अग्लो घरबाट पहिले प्रेमीले हाम फालेछ । त्यत्तिकैमा प्रेमिकाले आँखा बन्द गरिछ र भनिछ : माया त अन्धो हुन्छ र उ फर्केर गइछ । त्यो देखेर प्रेमीले पनि यसो भन्दै आफ्नो प्यारासुट खोलेछ : माया त कहिल्यै मर्दैन † 

एक प्रेमीले आफ्नी प्रेमिकालाई फूल गिफ्ट दिए । खुसीले उनकी प्रेमिकाले प्रेमीको किस खाइन् । यत्तिकैमा प्रेमी तुरुन्तै बाहिर जान खोजे । प्रेमिकाले एक्कासि सोधिन् : किन, के भयो ? रिसाउनुभएको त होइन ?

प्रेमी : होइन ।

प्रेमिका : अनि किन बाहिर जान लाग्नुभएको ?

प्रेमी : अझै अलि धेरै फूल ल्याइदिन ।

एक युवकले आफू अहिलेसम्म कुमार बस्नुपरेको दु:खदायी घटना यसरी सुनायो : म कन्या क्याम्पसको लाइब्रेरी शाखामा काम गर्थें । त्यो क्याम्पसमा काम गर्दा सबैलाई नमस्ते बहिनी, के लिन आउनुभयो ? के सेवा गरौं भन्नुपथ्र्याे । 

काम गर्दागर्दै ममा जोसुकैलाई नमस्ते बहिनी भन्ने बानी बस्यो । विवाहका लागि केटी हेर्न नगएको पनि होइन, तर त्यहाँ पनि नमस्ते बहिनी, के सेवा गरौं भन्न आयो । मैले बहिनी भनेपछि ती युवतीले विवाह गर्न अस्वीकार गरिन् । 

धेरै पछि एक युवतीले मलाई प्रेमपत्र लेखिन् । पत्रको जवाफमा पनि मैंले आफ्नो बानी छाड्न नसकी बहिनी नमस्कार, तिम्रो पत्र पाएर यो दाजु हर्षित छ लेख्न पुगेछु । त्यसपछि उनले पनि अर्कैसँग विवाह गरिन् ।

प्रेमिका : ऊ त्यहाँ हेर त, त्यो केटाले त्यो केटीलाई कत्ति माया गरिरहेको छ, तिमीले चाहिँ किन नगरेको ?

प्रेमि : म त्यो केटीलाई चिन्दा त चिन्दिनँ, कसरी माया गर्नु ?

नयन : के तिमी रमनको नयाँ व्यवहार जान्दछौ ?

चमन : अँ †

नयन : भन त के हो ?

चमन : गत साता मात्र रमन एउटी नर्सको प्रेममा पागल भयो । निकै सोचविचार गरेर उसले नर्सलाई प्रेमपत्र लेख्यो । थाहा छ, त्यसमा के लेखिएको थियो, ‘आई लभ यु सिस्टर’ ।

नरेश : म निकै ठूलो खेलाडी बन्न चाहन्छु, तर यो मुहारका कारण मैले खेलाडी बन्ने आइडिया नै छोडिदिएँ ।

प्रेमिका : अनुहारको खेलाडीसँग केको लिनुदिनु ?

नरेश : छ नि † जिन्दगीभर खेलेर मात्र बस्नुको के फाइदा ? म कुनै कम्पनीको ब्रान्ड एम्बेसडर त बन्न सक्दिन नि ।

निन्द्रा भगाउने उत्तम उपाय— प्रेम गर्नुहोस् ।

किन ? 

किनकि– प्रेममा भोक, प्यास र निन्द्रा हराउँछ ।

प्रेम एउटा मीठो सपना हो भने विवाह के हो ?

अलार्म घडी ।

प्रेमी : अञ्जु, तिम्रो जीवनमा आउने पहिलो पुरुष मै हुँ ?

प्रेमिका : हो, किन सबै पुरुष मसँग यही कुरा सोध्छन् डार्लिङ ?

प्रेमी : तिमी विवाहपछि आफ्ना लागि छुट्टै घर त माग्दिनौ नि ?

प्रेमिका : अहँ, म त्यस्ती खालकी केटी होइन, बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाइदेऊ न ।

प्रेमीले रिसमा प्रेमिकालाई गालामा एक थप्पड लगाइदिएछ । प्रेमिका रुन थालिन् । त्यो देखेर....प्रेमी : डार्लिङ, पिट्नु पनि त प्रेमको निसानी हो नि † 

त्यो कुरा सुनेर प्रेमिकाले जोडले गालामा दुई थप्पड लगाइदिएछन् र भनिछन् : हजुरले के सम्झनुभएको ? मचाहिँ हजुरलाई माया गर्दिनँ र ?

प्रेमी : मलाई पैसाको आवश्यकता छ । मेरो बाबा बिमारी हुनुहुन्छ ।

प्रेमिका : पैसाको त मलाई पनि आवश्यकता छ । 

प्रेमी : किन, के भयो ? 

प्रेमिका : के हुनु नि ? तिमीलाई नै दिन नि । 

प्रेमी : मेरो त बिर्सने बानी नै बसिसक्यो । के यो खतरनाक 

हुन सक्छ ?

प्रेमिका : किन हुँदैन, यदि तिमीले सास फेर्न बिर्सियौ भने मर्न पनि सक्छौ ।

प्रेमी : त्यसो भए आज राति १२ बजे हामी सहर छोडेर भाग्ने होइन त डार्लिङ ? 

प्रेमिका : हो डार्लिङ, आजराति १२ बजे हामी यो सहर सधैंका लागि छोडेर जाँदैछौं ।

प्रेमी : आर यु स्योर ?

प्रेमिका: ल, कस्तो नपत्याएको, मेरो श्रीमान् सामान प्याक गर्न थालिसक्नुभएको छ ।

प्रेमिका : के तिमी मलाई साँच्चै प्रेम गर्छौ ?

प्रेमी : हो, साँच्चै म तिमीलाई प्रेम गर्छु, मैले आफ्नो लिस्ट हिजो फेरि चेक गरेको थिएँ ।

प्रेमिका : तिमी मसँग

प्रेम गर्छौं ?

प्रेमी : हो, गर्छु ।

प्रेमिका : तर तिमी त मेरो कुनै परवाह नै गर्दैनौ ?

प्रेमी : हेर, प्रेम गर्नेहरू कसैको परवाह गर्दैनन् ।

प्रेमिका : मलाई अँध्यारोमा

डर लाग्छ ।

प्रेमी : किन ? म छु नि त तिम्रो साथमा ।

प्रेमिका : त्यसैले त डर 

लागेको नि ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कार्टुन
चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 

जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन

संकलक : जीवन भट्टराई

वैशाख ८, २०७७

कार्टुन
नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

भूतको भिनाजु

वैशाख ८, २०७७

कार्टुन
फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

भूतको भिनाजु

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik