अलि–अलि मात्र पढेकी खडानन्दकी पत्नी चेक साट्न बैंकमा गइन् ।
क्यासियर ः चेकको पछाडि यहाँनेर साइन गर्नुस् ।
खडु पत्नी ः के हो साइन भनेको ? कसरी गर्नु ?
क्यासियर ः पहिले मोबाइल सोबाइल नभा’का बेला तपाईंका पति बाहिर हुँदा चिठी लेख्नुहुन्थ्यो नि, हो त्यो चिठीको पुच्छरमा जसरी आफ्नो नाम लेख्नुहुन्थ्यो नि, हो त्यस्तै ।
खडु पत्नी ः ए !
त्यसपछि खडु पत्नीले चेकको पछाडि लेखिन्— उही सधैं तिम्रो मायाको पर्खाइमा बस्ने तिम्रै प्यारी भुन्टी ।
अविवाहित खडानन्द र विवाहित हरिबोलको गफगाफ
खडानन्द ः यत्रो टाइमसम्म पनि बिहे गर्ने साइत जुरेन । बल्ल–बल्ल एउटीसँग लभ पर्ला जस्तो आशा जाग्या थियो, तर त्यो पनि आशामै सीमित होला जस्तो भयो यार ! त्यसले पनि धोका नै दिए जस्तो छ ।
हरिबोल ः किन र ? कसले धोका दियो ............?
खडानन्द ः अस्ति एउटा चेक साट्न बैंक गाको, क्यासियर केटीले बिस्तारै चेकको पछाडी आफ्नो फोन नम्बर लेख्नुस् भनी । हत्त न पत्त नम्बर लेखेर दिएको, सात दिन भयो आजसम्म कल गरेकी छैन यार त्यसले ।
खडानन्द र प्रहरी ।
प्रहरी ः तपाईंको सामुन्ने नै त्यो लुटेराले केटीको ब्याग थुतेर भाग्यो । तपाईंले केही गर्नुभएन ....?
खडानन्द ः त्यो केटीलाई राम्रोसँग चिन्छु सर, मैले उसको फेसबुक स्टाटस हेरेको छु I can handle my problems. Don´t underestimate the power of woman.
त्यही भएर हो सर !
प्रहरी ः ए त्यसो भए ठीकै छ ।
हरिबोल ः यो फेसबुक नभाको भए के हुन्थ्यो होला नि ?
खडानन्द ः यो फेसबुक नभाको भए केटीहरूलाई थाहै हुँदैनथ्यो, उनी कति Nice, Awesome, Beautiful, Gorgeous छिन् भन्ने कुरा ।
खडानन्द र उनकी पत्नी बेलुका खाना बनाउने बेलामा
पत्नी ः के बनाऊँ आज ?
खडानन्द ः स–साना कुरालाई तिलको पहाड बनाउन छोडेर अरू जे बनाए पनि हुन्छ ।
खडानन्द र हरिबोल
खडानन्द ः गोरो हुने कुनै एऊटा राम्रो क्रिमको नाम बता न यार !
हरिबोल ः किन चाहियो हौ गोरो हुने त्रिम तँलाई ?
खडानन्द : मलाई काले भनेर छोडेर गई यार !
खडानन्द र हरिबोलको फोनवार्ता
खडानन्द : कहाँ छस् हरि ?
हरिबोल : छिमेकी बाइक एक्सिडेन्टमा परेछ । करङ भाँचिएछ । टाउकोमा रगत जमेको छ रे । एउटा खुट्टो पनि भाँचिएछ । उपचार गराउन आएको छु ।
खडानन्द : कहाँ ? अस्पतालमा हो ?
हरिबोल : होइन, उहिले कोइराला बाले ५ जना पुरोहित राखेर बिहे गराइदिएको वरपीपलको फेदको चौतारोमा ।
खडानन्द र हरिबोल
हरिबोल : ओए खडु, पत्रिका पढ्दा तँ राशिफल हेर्छस् कि हेर्दैनस् ?
खडानन्द : हेर्दिनँ यार !
हरिबोल : किन नहेर्या त ?
खडानन्द : विश्वासै लाग्दैन के हेर्नु ? अब हेर न । म अविवाहित मान्छे, तर मेरै राशिफलमा चाहिं प्राय सन्तानसुख र पुत्रलाभ लेख्या हुन्छ ।
खडानन्दकी पत्नी माइत गएकी थिइन् । पत्नीकै देखासिकी गरेर खडानन्द निराहार व्रत बसे मङ्गलबारको दिन ।
खडानन्द : ए छोरा, घाम डुब्यो ? हेर त ।
छोरा : डुबेको छैन बुबा ।
(फेरि एकछिन पछि )
खडानन्द : अबचाहिँ घाम डुब्यो कि हेर त ।
छोरा : अझै डुबेको छैन बुबा ।
खडानन्द : उफ ! यो घाम पनि मलाई लिएर मात्र डुब्ला जस्तो छ आज ।
खडानन्दले गतवर्षको चुनाबमा चुरियामाई गाउँपालिकाबाट अध्यक्ष पदमा चुनाव जिते र उनले चुनावी सभामा गरेको प्रतिज्ञाअनुसार गाउँभरि वाईफाई पनि लगाइदिए । भर्खरै मात्र त्यहाँ गाउभरिका मान्छे भेला भएका थिए ।
एउटा गाउले : अध्यक्षज्यू, तपाईंले वाईफाई त लगाइदिनुभो, तर चल्दै चल्दैन त इन्टरनेट ।
खडानन्द : वाईफाईबाट इन्टरनेट चल्नलाई पासवर्ड त लाउनुपर्यो नि, अब आउने चुनावमा
पनि फेरि भोट दिएर मलाई नै जिताउनुस् अध्यक्षमा, त्यसपछि पासवर्ड पनि दिन्छु ।