रोगी खडानन्द डाक्टरकोमा ।
डाक्टर : हँ, रक्सी पिउँहुन्छ ?
खडानन्द : अँ, मगाउनुस् न, तर धेरै पिउँदिनँ है आज ।
डाक्टर : मैले त्यसो भन्या हैन रक्सी पिउने बानी छ ? भनेर सोधेको ।
खडानन्द : पिउने बानी लागिहाल्यो, के गर्नु त ?
डाक्टर : पिउने बानी छ भने अलि कसरत पनि गर्नुपर्छ है ।
खडानन्द : अँ, भट्टीसम्म त हिंडेर जाने गर्या छु डाग्डर सा’प ।
खडानन्द र हरिबोल
खडानन्द : पख् न, एकदिन म एप्पलभन्दा पनि ठूलो कम्पनी खोल्छु ।
हरिबोल : खोलिस् एप्पल भन्दा ठूलो कम्पनी, नामचाहिं के राख्छस् नि ?
खडानन्द : काटिएको तरबुजा ।
खडानन्द र हरिबोल
खडानन्द : जमाना धेरै बदलिएछ यार !
हरिबोल : बदलिएकै त हो, ऊ बेला नारीको वस्त्रहरण हुँदा महाभारत मच्चिएको थियो, आजभोलि नारीलाई पूरै वस्त्र लगाऊ भन्दा महाभारत मच्चिन्छ ।
खडानन्द र पत्नी
खडानन्द (मुर्मुरिएर) : मजाक गर्नुको पनि हद हुन्छ नि यार !
पत्नी : के भयो फेरि तपाईंलाई .?
खडानन्द : ‘ह्याप्पी सराद्धे’ भनेर म्यासेज पठाएर मरेछ यार त्यो हरेले ।
खडानन्दको घर राजमार्गको छेउमा थियो । राजमार्गको छेउमा ट्रक रोकिराखेको देखे भने खडानन्द साह्रै अत्तालिन्थे, डराएको मुख बनाउँथे ।
हरिबोल : ट्रक देखेर किन यत्ती साह्रो अत्ताल्लिएको तँ ..?
खडानन्द : मेरी पहिलेकी पत्नीलाई यस्तै ट्रकको ड्राइभरले अपहरण गरेर लग्या थ्यो, कहीँ फिर्ता ल्याइदिने हो कि भनेर डर लाग्छ नि !
खडानन्द पत्नीका साथ हवाईजहाजको बिजनेस क्लासमा दिल्ली जाँदै थिए ।
एयर होस्टेज Sir, would you like to take tea together
खडानन्द (पत्नीतिर फर्किएर) : Yes लु तिमी उठ ....उनलाई (एयर होस्टेज) बस्न देऊ ।
अलि धार्मिक प्रवृत्तिका खडानन्द त्यसताका अमेरिकामा बस्थे । खडानन्द एउटा पेट्रोल स्टेशनमा काम गर्थे । काम गरिरहेकै बेला उनलाई हर्ट अट्याकले गाँज्यो । त्यहीँका मानिसहरूले एम्बुलेन्स बोलाएर लिएर हिंडे ।
बाटोभरी खडानन्द बरबराइरहे : हरि ॐ, हरि ॐ, हरि ॐ, हरि ॐ, हरि ॐ, हरि ॐ, हरि ॐ हरि ॐ......
उनीहरूले एम्बुलेन्सलाई सीधै खडानन्दको घरमा पुर्याए । खडानन्दकी पत्नी घर बाहिर निस्किइन् ।
खडु पत्नी (चिच्याउँदै) : यिनलाई सोझै अस्पताल नलगेर किन घरमा लिएर आएको त ?
एउटा खैरे : (We are very sorry aunt, because he kept saying , Hurry home, hurry home, hurry home, hurry home, hurry home, hurry home, so.)
खडानन्द नेपाली पढाउँदै
खडानन्द : कन्जुसको पर्यायवाची शब्द भन् त बिर्खे ।
बिर्खे : १) लोभी, २) मक्खिचुस ३) लालची ४) किरन्टोकी ५) मेरी आमा ६) पल्लाघरे हजुरबा ७) मेरा माइला मामा ८) बाबुलालका ससुरा बुढा ९) घोर्मुखे साहिंलो ....
खडानन्द बजारको एउटा गल्लीमा लखर–लखर हिंडिरहेका थिए । एउटा पार्टी प्यालेसमा बिहेको भोज रै’छ । भोक लागे–लागेजस्तो भाकोथ्यो, लुस्स त्यहीं छिरे ।
पार्टी आयोजक (नमस्ते गर्दै) : हजुर, केहि खाएर नै जानुहोला है ।
खडानन्द : हस् हजुर, त्यो त भन्नै परेन नि, म यहा छिरेकै खानलाई हो हजुर ।
खडानन्द र हरिबोल ।
खडानन्द : पत्नीसँग बहस गर्नु र कम्प्युटर सफ्टवेयरको लाइसेन्स एग्रिमेन्ट पढ्नु उस्तै–उस्तै कुरो रै’छ यार !
हरिबोल : हो त यार, जे–जे भए पनि, जसो–जसो भए पनि अन्त्यमा सबै इग्नोर गरेर क्लिक, एग्री एन्ड एसेप्ट ।
खडानन्द र हरिबोल
खडानन्द : रक्सी पिएर मात्तिएका बेला कहिल्यै एटिएमबाट पैसा निकाल्न नजा है हरि ।
हरिबोल : किन र ...?
खडानन्द : अस्ति मैले हजारको नोट च्यातेर डस्टबिनमा हालेर एटिएमबाट निस्केको भौचर चाहिं गोजीमा हालेर आएछु यार ।