साउन ३० गते साप्ताहिकको ब्लोअपमा आयुशा राईले दिएको पोजलाई ५२ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ। उक्त ब्लोअपलाई राम्रो भन्नेमा २०, सामान्य भन्नेमा १२ तथा मन परेन भन्नेमा १६ प्रतिशतले मत जाहेर गर्नुभएको छ। ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन। साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ। सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ। गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४५२७६९८१ विजेता हुनुभएको छ।