• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

नातावादले निम्त्याएको डिप्रेसन
नम्रता सापकोटा र बर्षा शिवाकोटीको फेसबुक वालवाट साभार तस्विर । 
असार २, २०७७

अभिनेता सुशान्तसिंह राजपुुतको आत्महत्यापछि बलिउडमा मात्रै होइन, नेपाली सिनेमा उद्योगमा पनि नातावाद व्याप्त रहेको बहस चलिरहेको छ । सुशान्त डिप्रेसनमा जानुमा बलिउडको नातावाद खास दोषी रहेको चर्चासँगै धेरैले कलिउडको नातावाद र यसले पारेको प्रभावबारे बहस हुँदैछ ।

अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउडमा व्याप्त नातावाद (नेपोटिज्म)को विषय पुनःबहसमा आएको छ । सुशान्त डिप्रेसनमा जानुमा बलिउडको नातावाद खास दोषी रहेको भनेर टिप्पणी सुरु भएको छ ।

अभिनेत्री कंगना रनावतले बलिउडमा पाखण्ड र नातावाद मौलाएको भन्दै सुशान्तको आत्महत्यामा समेत बलिउड उद्योग नै दोषी रहेको इंगित गरेकी छिन् ।

‘तपाईंले उसका पछिल्ला पोस्टहरू हेर्नुस्, बलिउडमा आफ्नो कोही गडफादर नभएकाले दर्शकलाई स्पष्टसँग आफ्नो फिल्म हेर्न अनुरोध गरेका छन् । फिल्म नचले आफू उद्योगबाट बाहिर फालिने चिन्तासमेत उसले व्यक्त गरेको छ । उसले थुप्रै अन्तर्वार्तामा बलिउड उद्योगले आफूलाई आफ्नो ठानेको छैन भनेर भनेका थिए । ?,’ कंगनाले सोसल मिडियामा भिडियोमार्फत भनेकी छिन् ।

बलिउडमा सुशान्तको आत्महत्यापछि नातावादको विषयलाई लिएर बहस बढिरहँदा नेपाली कलाकारहरूले समेत यस विषयमा बोल्न थालेका छन् ।

अभिनेत्री नम्रता सापकोटले सोमबार राति ८ बजेतिर फेसबुक लाइभ आउँदै नेपाली फिल्ममा नातावाद–कृपावाद बढेको भन्दै आक्रोश व्यक्त गरिन् । ‘सरी बट रियल्ली आइ एम नट सरी’ भन्दै आफ्नो भिडियो वक्तव्य सुरु गरेकी उनले नेपाली फिल्म क्षेत्रमा आफ्नै छोरा–छोरी, भाइभतिजालाई फिल्म खेलाउने र वाहियात पारिश्रमिकको हल्ला फैलाउने ट्रेन्ड बढेको बताइन् ।

‘यहाँ कलाकारितालाई भन्दा पनि आफ्नोलाई धेरै सहयोग हुन्छ’, उनले भिडियोमा भनेकी छिन्, ‘यहाँ कलाकार चाहियो भनेर फिल्म घोषणा गरिन्छ । अन्त्यमा उहाँकै छोरा भतिजा, भाइ बहिनी हुन्छ । यहाँ धेरै पारिश्रमिक लियो भनेर छ्यापछ्याप समाचार आउँछ । जुन चिज सुन्दा पनि हामीलाई अचम्म आग्छ । जुन फिल्म आफ्नै बाबा–आमाले बनाएको हुन्छ, त्यसैमा छोराले टन्नै पैसा लियो भनेर बजारमा वाहियात हल्ला फैलाउँछौं । यहाँ आफूले फिल्म बनाउँछन्, आफैँ खेल्छन् ।’

उनले अभिनयमा जिरो तर इन्डस्ट्रीमा राम्रो पकड भएका मान्छेलाई यहाँ बढी महत्व दिने गरिएकोसमेत बताएकी छिन् । ‘संघर्ष गरेर आएको मान्छेलाई त यहाँ गन्दै गनिँदैन । अनि कलाकारहरु डिप्रेसनमा नगएर केमा जान्छन् त, तपाईं आफैँ सोच्नुस् न,’ उनले आक्रोश पोखेकी छिन् ।

सुशान्तको मृत्युपछि मानसिक स्वास्थ्यको विषयलाई लिएर सोसल मिडियामा अहिले सहानुभुति देखाइरहेका ढोँगी (फेक पिपुल) मान्छेहरूप्रति समर्पित भन्दै नम्रताले यो आक्रोश पोखेकी थिइन् ।

त्यस्तै यसअघि पनि नातावादको विषय उठाएकी अभिनेत्री वर्षा शिवाकोटीले मंगलबार बिहानै फेसबुकमा स्टाटस लेख्दै पुनः यो विषयमा बोलेकी छिन् । फिल्म क्षेत्रमा व्याप्त खराब प्रवृत्तिका कारण आफू डिप्रेसनमा गएकोसम्म उनले खुलाएकी छिन् ।

‘नेपोटिज्म सबैतिर हुन्छ, फिल्म इन्डष्ट्रीमा मात्रै होइन्’, उनले लेखेकी छिन्, ‘फरक यत्ति हो कि फिल्म इन्डस्ट्री छर्लङ्ग छ तर सत्य बोल्ने आँट कमैको छ । किनकि यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पार्न सक्छ, कामको अभाव हुन सक्छ ।’

अघिल्लो वर्ष आफूले यो विषय उठाउँदा आफ्नो समर्थनमा कोही नबोलेको भन्दै वर्षाले गुनासो पोखेकी छिन् । ‘हालै बलिउडको घटनाले यहाँ पनि चासो बढेको देखेँ,’ उनले भनेकी छिन्, ‘केहीले आवाज उठाउनुुभयो जुन कुुरामा म सहमत छु । तर, यो विषयमा मात्रै फिल्म क्षेत्र रुमल्लिएको छैन । ग्रुपिज्म, लभ अफेयर्स, तुलना, पत्रकार/युट्युबर र कलाकारबीचको अनावश्यक निकटता आदिको बिगबिगीले पनि नकरात्मक असर पारेको छ । म स्वयं यसको पीडित हुँ । मैले जति नै राम्रो काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउँमा मलाई मानसिक पीडा भएको मेरो नजिकका केहीबाहेक कसैलाई थाहै छैन । केही समयअघि म पनि डिप्रेस्ड थिएँ । ’

अघिल्लो वर्ष वर्षाले नेपोटिज्मविरुद्ध बोल्दा धेरैले उनलाई अब उनको करिअर सकिने भन्दै टिप्पणी गरेका थिए । ‘तर, यो लकडाउन नभइदिए भए मेरा कति फिल्म मैले समय दिन नसकेर छाड्नुपर्ने अवस्था थियो’, वर्षाको प्रश्न छ, ‘नेपोटिज्मले कहिलेसम्म धान्ला र ?’

यो पनि पढ्नुस
जसले जीन्दगी बाँच्न सिकाए, उनी नै हारेर गए

सुशान्तसिंह राजपुतको फिल्म ‘छिचोरे’ सम्झँदा लाग्छ, आत्महत्याविरुद्ध उनले फैलाएको सन्देश र जीन्दगीसँग लड्न सिकाएका उत्प्रेरक अभिव्यक्ति गलत थिएनन् । उनले नै आफ्नो जीवनमा लागू गर्न नसके पनि गलत हुन सक्दैनन् ।

यो पनि पढ्नुस
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफ्नै निवासमा आईतवार आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुको कारण नखुले पनि उनी पछिल्लो केही महिना देखि डिप्रेसनको शिकार भएको बताईएको छ । यसकै कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक वयान दिएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik