साप्ताहिक संवाददाता
हिमानीका छोरीहरु पूर्णिका र कृतिका बैंककमै रहेका बेला उनीहरुले आफ्नो प्राइभेट स्पेयरमा यो भिडियो खिचेको अनुमान गरिएतापनि यसको पुष्टि भने भैसकेको छैन ।
एकै रंगको कालो पहिरन । आकर्षक नृत्य । ‘गुराँसको फेदमूनी सम्झनाको छायाँ...’ गीतको टिकटक भिडियोमा तीन जना नाचिरहेका छन् । जसमध्ये एक पूर्व युवराज्ञी हिमानी शाह र अरु दुई उनका छोरीहरु पूर्णिका र कृतिका हुन् । २६ जेठमा हिमानीकी जेठी छोरी पूर्णिकाको टिकटकमा यो दृश्यसहितको छोटो भिडियो अपलोड भएको हो । जसमा हिमानी दुई छोरी पूर्णिका र कृतिकासँगै टिकटक भिडियोमा जोली मुड नाचिरहेकी देखिन्छन् । उक्त भिडियो अपलोड भएको केही घण्टा नबित्दैं सामाजिक सन्जालहरुमा हिट बन्यो ।
‘हिमानीबाट जीवन जीउने कला’ सिक्नुपर्ने भन्दैं कतिले उक्त भिडियो फेसबुकमा वालहरु त कतिले फेसबुक स्टोरीमा सेयर गरे । पूर्णिकाकै टिकटकमा झण्डै २ लाख बढी भ्युज पाएको उक्त भिडियोलाई २३ हजार बढीले लाइक गरेका छन् । भिडियो २ हजार बढीले सेयर भएको छ भने १ हजार बढी कमेन्ट छन् ।
बैंककमा अध्ययनरत हिमानीका छोरीहरु टिकटकमा सक्रिय रहेपनि हिमानी नै टिकटकमा झुल्किएको यो पहिलो पटक हो । २८ जेठमै उनकी अर्की छोरी कृतिकाको टिकटक एकाउण्टमा हिमानीसँगका थप दुई भिडियो अपलोड भएका छन् । जसमध्ये एक भिडियोमा उनी दुई छोरीसहित नृत्य गरिरहेकी देखिन्छन् भने अर्कोमा उनी कान्छी छोरी कृतिकासँग ‘मन त मेरो नेपाली हो...’ मा नाचिरहेकी छन् । उक्त दुई वटा भिडियोहरुले क्रमशः ८९ हजार र ७६ हजार भ्यूज भएका छन् ।
हिमानीका छोरीहरु पूर्णिका र कृतिका बैंककमै रहेका बेला उनीहरुले आफ्नो प्राइभेट स्पेयरमा यो भिडियो खिचेको अनुमान गरिएतापनि यसको पुष्टि भने भैसकेको छैन । तर, जे भएपनि टिकटकमा छोरीहरुसँग रमाएको हिमानीले धेरैतिर तारिफ बटुलिरहेको छ । हिमानी यसअघि यति जोली मुडमा गत मंसिरमा ठमेलस्थित क्लब लर्डस अफ ड्रिंक्स (एलओडी)मा देखिएकी थिइन् । त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरु ‘रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो...’ गीतमा नाचेको दृश्य सार्वजनिक भएको थियो । पूर्व राजपरिवारका सदस्य नाचेको उक्त दृश्यले त्यतिबेला मिडियाहरुमा पनि खुबै चर्चा कमाएको थियो ।
प्रभाव, पहिरन र ठाटबाँटका कारण सधैं चर्चामा रहने ‘रोयल फ्यामिली’ ०६५ सालमा राजतन्त्र अन्त्यको घोषणापछि प्रभावशाली भूमिकामा छैन् । तर, अहिले पनि राजपरिवारका सदस्यहरुका क्रियाकलापले बेला-बेलामा चर्चा बटुलिरहन्छन् । राजतन्त्रको विधिवत अन्त्य भएको दुई वर्षपछि हिमानी आफ्नै नाममा ट्रष्ट खोलेर सामाजिक सेवातर्फ पाइला बढाएकी थिइन् । २२ असोज २०६७ मा औपचारिक उद्घाटन गरिएको हिमानी ट्रष्टले अहिले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । उक्त ट्रष्टमार्फत हिमानी बेला-बेलामा सार्वजनिक मन्चहरुमा देखिन्छन्, जहाँ उनको वरिपरि मानिसहरु झुमिन्छन् । अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार र त्यसमा विशेष गरी बुनिएको बब शैलीको केस राशिमा सार्वजनिक समारोहमा झुल्किने हिमानीमा व्यक्तित्व आकर्षक छ । प्रायः साडी, चोलोमा सार्वजनिक हुने हिमानीको ‘हृदयस्पर्शी मुस्कान’का लाखौं प्रशंसक छन् । उनको शालिनता एवं नम्र व्यवहारले सबैलाई मोहित तुल्याउँछ ।
अहिले कोभिड-१९ का कारण संसारका धेरै देशहरुमा लकडाउन जारी रहेका बेला धेरै मानिसहरु फुर्सदमा छन् । यही मौकामा हिमानी पनि छोरीहरुसँग छोटो-छोटो श्रव्य-दृश्य भिडियोका लागि लोकप्रिय सोसल मिडिया टिकटकमा झुल्किएकी हुन् ।
टिकटकमा आफ्ना छोरीहरुसंग रमाएकी हिमानी शाहको भिडियो लिंक
https://youtu.be/GefBWBd7IxY
यो पनि पढ्नुस
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज
यतिबेला टिकटक विश्वव्यापीरूपमै लकडाउन कटाउने माध्यम त बनेको छ नै, मनोरञ्जनका साथै शारीरिक गतिविधि बढाउने काम पनि यसले गरिरहेको छ । यतिबेला धेरैले कोरोना संक्रमण र लकडाउनका कारण भोग्नुपरेको तनावलाई टिकटकमार्फत बिर्सने प्रयास गरिरहेका छन् ।