साप्ताहिक संवाददाता
१.ट्रान्सर्फमर्स
एज अफ एक्सटिन्सन
निर्माण कम्पनी - पारामाउण्ट पिक्चर्स
निर्देशक - माइकल बे
बक्सअफिस कलेक्शन - १० अर्ब ८७ करोड ४० लाख ४ हजार ४ सय ९९ डलर
धातुका बडेमाका रोबोटबाट विभिन्न आकृति बन्ने काल्पनिक साइन्स फिक्सन चलचित्र 'ट्रान्सर्फमर्स'को चौथो शृंखलाका रूपमा आएको 'ट्रान्सर्फमर्स : एज अफ एक्सटिन्सन'को प्रस्तुतिलाई बालकदेखि वृद्धसम्मले मनपराए । मानिस र रोबोटबीचको सम्बन्धलाई चित्रण गर्ने यो चलचित्रको लगानी २ अर्ब डलर थियो ।
२.गार्जेन अफ द ग्यालेक्सी
निर्माण कम्पनी - मार्बल स्टुडियो
निर्देशक - जेम्स गन
बक्सअफिस कलेक्सन - ७ अर्ब ७२ करोड १५ लाख २ हजार ३ सय ४५ डलर
स्टार लर्ड, गामोरा, ड्राक्स जस्ता सुपरहिरोहरूको समूहलाई मार्बल प्रकाशनका चित्रकथाहरूमा पढन पाइथ्यो । वर्ष २०१४ मा ती सुपरहिरोले चलचित्रको पर्दामा अवतरण गरे, जसलाई अंग्रेजी 'फ्यान्टासी फिल्म' रुचाउने ठूलो जमातले मन पराइदियो । फलत: १ अर्ब ७२ करोड डलरको लगानीमा बनेको यो चलचित्रले झन्डै चार दोब्बर आम्दानी गर्यो ।
३.मेल फिसेन्ट
निर्माण कम्पनी - वाल्ट डिज्ने पिक्चर्स
निर्देशक - रोबर्ट स्ट्रोमबर्ग
बक्सअफिस कलेक्सन - ७ अर्ब ५७ करोड ७५ लाख २ हजार ३ सय ७८ डलर
एउटी शक्तिशाली जादुगरनी आफ्नो जादुई जंगलबाट मानव बस्तीमा रूपवती महिलाका रूपमा आएर एक युवकसँग प्रेम गर्न खोजेको काल्पनिक कथामा आधारित यो चलचित्रलाई 'डार्क फ्यान्टासी' शैलीको चलचित्र भनिएको छ । १ अर्ब ८० करोडको लगानीमा निर्माण भएको चर्चित अभिनेत्री एञ्जिलिना जोली अभिनित यो चलचित्रले बक्स अफिस कलेक्सनमा तेस्रो स्थान ओगटेको छ ।
४.एक्स म्यान : डेज अफ फ्युचर पास्ट
निर्माण कम्पनी - ट्वेन्टिथ सेन्चुरी फक्स
निर्देशक - ब्रायन सिंगर
बक्सअफिस कलेक्सन - ७ अर्ब ४६ करोड ४५ हजार ७ सय डलर
सुपरहिरो एक्स म्यान दर्शकमाझ निकै लोकप्रिय छन् भन्ने कुराको अर्को प्रमाण हो यो चलचित्र । एक्स म्यानको सातौ सिक्वेलका रूपमा आएको यो चलचित्रले विगतमा झैं यसपटक पनि बक्स अफिसमा सफलताको झन्डा गाढ्यो । २ अर्ब डलरको लगानीमा निर्माण भएको यो चलचित्र कलेक्सनमा चौथो स्थानमा रह्यो ।
५.क्याप्टेन अमेरिका : द विन्टर सोल्जर
निर्माण कम्पनी - मार्बल स्टुडियो
निर्देशक - एन्थनी तथा जोय रुसो
बक्सअफिस कलेक्सन - ७ अर्ब १४ करोड ८३ हजार ५ सय ७२ डलर
यो पनि मार्बल प्रकाशनको कमिक्सका पात्रलाई आधार बनाएर निर्माण गरिएको सुपरहिरो चलचित्रको सिक्वेल हो । 'क्याप्टेन अमेरिका' मार्बल कमिक्सका एक चर्चित सुपरहिरो हुन् । १ अर्ब ७० करोड डलरमा निर्माण भएको यो चलचित्र बक्सअफिस कलेक्सनमा उत्कृष्ट पाँचौं स्थानमा छ ।
६.द एम्याजिङ स्पाइडर म्यान टु
निर्माण कम्पनी - कोलम्बिया पिक्चर्स
निर्देशक - मार्क बेव
बक्सअफिस कलेक्सन - ७ अर्ब ८ करोड ९ लाख ८२ हजार ३ सय २३ डलर
माकुरा मानव अर्थात् स्पाइडर म्यानका अघिल्ला सबै शृंखलाहरू निकै लोकप्रिय भए भने स्पाइडर म्यानको पछिल्ला दुई शृंखलाले बक्सअफिसमा पाएको कलेक्सन हेर्दा दर्शकले यो सुपरहिरोलाई अझै पनि रुचाइरहने अनुमान गर्न सकिन्छ । २ अर्ब डलर लगानीमा निर्माण भएको यो शृंखलाले बक्स अफिसमा छैटौं स्थान ओगटेको छ ।
७.डाउन द प्लानेट अफ अर्थ
निर्माण कम्पनी - ट्वेन्टी सेन्चुरी फोक्स
निर्देशक - म्याट रिभ्स
बक्सअफिस कलेक्सन - ७ अर्ब ८ करोड २ लाख ७९ हजार ४ सय ८९ डलर
मानिसहरू पहिले बाँदर थिए भन्ने कुरालाई आधार मानी मानिसझैं बोल्ने र काम गर्ने बाँदरहरूको चरित्र एनिमेसनबाट तयार पारिएको यो चलचित्रका अघिल्ला शृंखला पनि यत्तिकै चर्चित थिए । १ अर्ब ७० करोड डलरमा निर्माण भएको यो चलचित्रले बक्सअफिस कलेक्सनमा छैटौं स्थान ओगटेको छ ।
८.इन्टर्स टेलर
निर्माण कम्पनी - पारामाउन्ट पिक्चर्स/वार्नर ब्रदर्श
निर्देशक - क्रिस्टोफर नोलन
बक्सअफिस कलेक्सन - ६ अर्ब २४ करोड ५ लाख ४८ हजार डलर
अन्तरिक्ष यात्रीहरूको एउटा समूह पृथ्वीजस्तै मानव बस्ती बसाल्न मिल्ने ग्रहको खोजीमा निस्किएको एउटा यथार्थ कथामा परिकल्पना मिसाएर तयार पारिएको यो चलचित्रले धेरैको मन जितेको छ । त्यसैले त १ अर्ब ६५ करोड डलरको लगानीमा निर्माण भएको यो चलचित्र बक्सअफिसमा झन्डै पाँच गुना बढी कलेक्सन गर्न सफल भयो ।
९.हाउ टु ट्रेन्ड योर ड्रागन टु
निर्माण कम्पनी - ट्वेन्टिथ सेन्चुरी फोक्स/डि्रमवक्र्स एनिमेसन
निर्देशक - डिन डेब्लोइज
बक्सअफिस कलेक्शन - ६ अर्ब १८ करोड ९० लाख ९ हजार ९ सय ३५ डलर
एउटा केटोसँग मुखबाट आगो फ्याँक्ने र उड्ने ठूलो जनावर ड्रागनसँगको मित्रतामा यसअघि पनि एउटा चलचित्र बनिसकेको छ । यो त्यही चलचित्रको सिक्वेल हो । १ अर्ब ४५ करोड डलर लगानीमा बनेको क्यारेक्टर एनिमेसनमा आधारित यो चलचित्रले बक्सअफिसमा नवौं स्थान ओगटेको छ ।
१०. द हङ्गर गेम्स : मोकिङ्जे पार्ट-१
निर्माण कम्पनी - लायन्स्गेट फिल्मस्
निर्देशक - फ्रान्सिस् लरेन्स्
बक्सअफिस कलेक्सन - ६ अर्ब १७ करोड ७५ लाख ७ हजार डलर
'मोकिङ्जे' उपन्यास कथाका शृंखलाहरूमा आधारित यो चलचित्र पनि यसका अघिल्ला दुई चलचित्रको तेस्रो सिक्वेल हो । 'हङ्गर गेम्स'बाट जोगिएकी एक युवतीको शत्रुसँगको लडाइँमा आधारित यो चलचित्रको निर्माण लागत १ अर्ब २५ करोड डलर थियो भने यसले बक्स अफिस कलेक्सनमा दसौं स्थान ओगटेको छ ।
जसले धेरै कमाउँछन्
हलिउडका अभिनेता तथा अभिनेत्रीहरू सर्वाधिक कमाउने कलाकारहरूमा पर्छन् । वर्ष २०१३ को अन्त्यदेखि ०१४को उत्तरार्धमा आइपुग्दा हलिउडमा यी कलाकारले सबैभन्दा बढी कमाएका छन् । चलचित्रमा अभिनय गरेर तथा सार्वजनिक कार्यक्रमहरूमा सहभागी भएर निम्न अभिनेता तथा अभिनेत्रीको कमाइ सर्वाधिक रहेको फोब्र्स पत्रिकाले जनाएको छ । पत्रिकाले दिएको तथ्यांकबाट कमाइका आधारमा उनीहरू लोकप्रिय पनि रहेको बुझ्न सकिन्छ ।
अभिनेताहरू :
१. रोबर्ट डोउने जुनियर
चलचित्र - द जज, आइरनम्यान सिरिज, द एभेञ्जर्स
पारिश्रमिक - ७५ लाख डलर
२. डाउने जोहान्सन ँरक’
चलचित्र - जिआइजो, फास्ट एन्ड फ्युरियस
पारिश्रमिक - ५२ लाख डलर
३. ब्राडली कुपर
चलचित्र- ह्याङ्ओभर, अमेरिकन हसल
पारिश्रमिक - ४५ लाख डलर
४. लियोनार्दो डि क्याप्रियो
चलचित्र - द वुल्फ अफ वालस्टि्रट, द ग्रेट गेटस्वी
पारिश्रमिक - ३९ लाख डलर
५. क्रिस हेम्सवर्थ
चलचित्र - थोर
पारिश्रमिक - ३७ लाख डलर
अभिनेत्रीहरू :
१. एञ्जिलिना जोली
चलचित्र - मेल फिसेन्ट
पारिश्रमिक - ३० लाख डलर
२. सराह जेसिका पार्कर
चलचित्र - सेक्स इन द सिटी
पारिश्रमिक - ३० लाख डलर
३. जेनिफर एनिस्टन
चलचित्र - लाइफ अफ क्राइम, होरिबल बोसेज टु, केक
पारिश्रमिक - २८ लाख डलर
४. रिज विदरस्पुन
चलचित्र - डेभिल्स नट, द गुड लाइ, वाइल्ड
पारिश्रमिक - २८ लाख डलर
५. जुलिया रोबर्टस्
चलचित्र - द नर्मल हार्ट
पारिश्रमिक - २० लाख डलर
हलिउड गफ र गसिप
विश्वमै सबैभन्दा महँगा चलचित्र बन्ने हलिउड कामले जति धनी छ, उक्त चलचित्र उद्योगमा काम गर्नेहरू त्यति नै उन्मुक्त । हलिउड सेलिब्रेटीका किस्साहरू विश्वभरि नै चासोको विषय हुने गरेको छ । रक्सी पिएकोदेखि लिएर लिभ-इन रिलेसनसिपसम्मका सेलिब्रेटीका व्यक्तिगत कुरा पनि जनचासोको विषय बन्ने गरेका छन् । हुनत सेलिब्रेटी भएपछि व्यक्तिगत कुरासमेत व्यक्तिगत रहँदैन । त्यसैले होला, हलिउडबाट हरेक दिन कसै न कसैको व्यक्तिगत घटना गसिपका रूपमा मिडियामा आइरहेको हुन्छ । वर्ष २०१४ मा पनि हरेक दिन हलिउड सेलिब्रेटीहरू उत्पात मच्चाउनेदेखि लिएर सम्बन्ध तोडन र जोडनमा व्यस्त रहे अनि ती कुरा मिडियामा छाइरहे ।
जस्टिन बिबरको मापसे
गायनले भन्दा पनि विभिन्न व्यक्तिगत उट्पट्याङ हर्कतका कारण चर्चामा आइरहने जस्टिन बिबरलाई मियामीबीचमा अत्यधिक मदिरा सेवन गरेर गाडी हाकेको आरोपमा त्यहाँको प्रहरीले हिरासतमा लियो, तर चर्चित व्यक्ति भएका कारण सोधपुछ गरेर छाडिदियो ।
सौतेनी बहिनीको आत्महत्या
हलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री जुलिया रोबर्टसकी सौतेनी बहिनी नेन्सी मोट्सले आत्महत्या गरिन् । सुसाइट नोटमा उनले जुलियाका कारण आफू मर्नुपरेको लेखेकाले जुलिया उक्त घटनामा मुछिइन्, तर पछि के तथ्य बाहिर आयो भने त्यो सबै जुलियालाई बदनाम गर्ने उद्देश्यले गरिएको रहेछ ।
साकिरालाई रोक
पप गायनकी सेक्सी गायिका साकिरालाई प्रेमी फुटबल खेलाडी जेरार्ड पिकेले अन्य पुरुषसँग म्युजिक भिडियो खेल्न रोक लगाएपछि त्यो कुराले चर्चा पायो । स्पेन र बार्सिलोनाको टिमका खेलाडी पिकेले साकिराले आफूबाहेक अरू पुरुषसँग रोमान्स गरेको नाटक नै भए पनि हेर्न नसक्ने बताएर ३७ वर्षीया साकिरालाई करियरमै गाह्रो हुने गरी रोक्न खोजे । २०११ देखि लिभ-इन रिलेसनसिपमा रहेका उनीहरूबाट एउटा १५ महिनाको छोरा पनि छ । साकिराले आफ्ना प्रेमीको आग्रहलाई स्वीकार गर्दै पछिल्लो भिडियोमा कुनै पुरुष मोडल नराखी अर्की चर्चित गायिका रिहान्ना तथा महिला मोडलहरूसँग नाचेकी छिन् ।
किस गर्दा सुन्नियो ओठ
ह्यारी पोर्टर सिरिजमार्फत उदाएकी अभिनेत्री एमा वाटसनले चलचित्र 'नोआ'को एउटा रोमान्टिक दृश्यका लागि अभिनेता डगलस बुथसंग 'टङ किस' गर्दा हप्ता दिनसम्म ओठ सुन्निएर थला परिन् । दृश्य अनुसार उनीहरू दौडँदै आएर एकअर्कालाई धेरै बेर किस गर्नुपर्ने थियो । निर्देशकलाई चित्त नबुझुन्जेल छैटौं टेकसम्म किस गर्दा एमाको ओठ मात्र होइन, डगलसको नाक र ओठमा पनि चोट लाग्यो । चोट लागेपछि उनीहरू केही दिन घरबाट बाहिर निस्कन सकेनन् ।
गागाको पहिरनको लिलामी
उन्मुक्त गायिका लेडी गागाले एउटा फोटोसेसनका क्रममा लगाएको पहिरनलाई उनका एक प्रशंसकले निकै महँगो मूल्य तिरेर खरिद गरेपछि लेडी गागाको लोकप्रियता निकै रहेको बुझियो । हलिउडका नाम कहलिएका डिजाइनरहरूले तयार पारेको उक्त पोशाकलाई ती प्रशंसकले १५ हजार ६ सय २५ डलरमा किने । गागाले उक्त पहिरन हार्पर बजार पत्रिकाका लागि फोटोसुट गर्दा लगाएकी थिइन् ।
ओबामाकी छोरी हलिउडमा
अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी मालिया ओबामा हलिउडको एक चलचित्रमा प्रोडक्सन सहायकका रूपमा कार्यरत छिन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । वास्तवमा चलचित्र निर्माणमा रुचि भएका कारण मालिया अभिनेत्री हेल बेरीको मुख्य भुमिका रहने एक साइन्स फिक्सन चलचित्रमा काम गरिरहेकी छिन् । राष्ट्रपतिकी छोरीसँग काम गर्न अरूलाई सहज होस् भनेर १६ बषिर्या मालियाले कामका क्रममा आफ्ना सहकर्मीहरूसंग सामान्य व्यवहार गर्ने गरेकी छन् ।
गोमेजको ब्रेस्ट सर्जरी
गायक जस्टिन बिबरकी प्रेमिकाका रूपमा समेत कहलिएकी अभिनेत्री सलिना गोमेजले आकर्षक देखिन आफ्नो स्तनको कस्टमेटिक सर्जरी गराएको खबर बाहिर आयो । उनले सर्जरी गरेको कतै नबताए पनि एउटा तस्बिरमा उनको स्तन पहिलेको भन्दा आकर्षक देखिएपछि उनले सर्जरी गरेको रहस्य खुलेको थियो ।
न्युड तस्बिर लिक
ओस्कार विजेता अभिनेत्री जेनिफर लरेन्स, अब्रे प्लाजा, किम कार्दसिन, भेनिसा हजेन्स, रिहान्ना, मेरी इ. विन्सटिड, भिक्टोरिया जस्टिस, केट अप्टन आदि सय जनाभन्दा बढी हलिउड सेलिब्रेटीका नग्न तस्बिर इन्टरनेटमा लिक भएपछि सनसनी मच्चियो । ती तस्बिर टम्बलर, रेडिट, इमगरजस्ता सोसियल साइटमा देखिएपछि हलिउडका ती सेलिब्रेटीहरू अत्तालिए । हालसम्म पनि ती तस्बिर कसले अपलोड गर्यो तथा ती सही थिए कि थिएनन ? भन्ने कुरा पत्ता लागेको छैन । जेनिफर लरेन्स, क्रिस्टम डन्स्ट, मेरी विन्सटिडले ती नग्न तस्बिर वास्तविक भएको बताएका छन् ।
ज्याक्सनकी छोरी १६ वर्षमै गर्भवती
दिवंगत पपस्टार माइकल ज्याक्सनकी १६ वर्षीया छोरी पेरिस ज्याक्सन गर्भवती भएको खबर बाहिर आयो । बेलायतबाट प्रकाशन हुने युकेज डेली स्टारले जनाएअनुसार पेरिस आफ्ना प्रेमीका साथ एउटा रेस्टुराँमा डिनर गर्ने -क्रममा उक्त रहस्य खुलेको थियो । त्यतिबेला उनले प्रेमीसँग चियर्स गर्दा उनको हातमा पानीको गिलास थियो । पानीले मात्र चियर्स गरेको र पेटको आकार ठूलो देखिएकै आधारमा पेरिस ज्याक्सन गर्भवती भएको हल्लालाई गसिपका रूपमा लिइए पनि उनी सानै उमेरदेखि प्रेमीहरूसँग डेट जान थालेकीले खबर साँचो हुन सक्ने बताइएको छ ।
पेरीको प्रेमपत्र लिलामी
गायिका केटी पेरी ११ वर्षकी हुँदा क्रिस्टोफर नाम गरेका युवकसँग उनको पहिलो प्रेम भएको थियो । त्यतिबेला उनले ती युवकलाई अनेकौं प्रेमपत्र लेखेकी थिइन् । सन १९९५ मा लेखिएका ती प्रेमपत्र अहिले आएर महँगा भएका छन् । मिरर डटकोडट युकेका अनुसार उनका ती प्रेमपत्र बेचेर ८ सय डलरभन्दा बढी आम्दानी हुनेछ ।
क्लोन बनाउन चाहन्थे ज्याक्सन
माइकल ज्याक्सन मृत्युअघि नै आफ्नो क्लोन बनाउन चाहन्थे, जसका लागि उनले संसारका तीन प्रसिद्ध ल्याबरोटरीमा आफ्नो वीर्य संकलन गराएका थिए । खबर अनुसार वैज्ञानिकहरूले भेडाको क्लोन बनाएको कुरा थाहा पाएपछि ज्याक्सन आफ्नो क्लोन बनाउन जति पनि खर्च गर्न तयार थिए, तर मानव क्लोन बनाउन नपाइने भएपछि उनको सपना तुहियो । अहिले पनि उनको विर्य ती ल्याबरोटरीहरूमा सुरक्षित भएकाले भविष्यमा कुनै दिन वैज्ञानिकहरूले उनको क्लोन बनाउन सक्ने सम्भावना भने जीवितै छ ।
चुम्बनको लिलामी
हलिउड अभिनेत्रीहरू सामाजिक कार्यका लागि कतिसम्म उदार हुन सक्छन् भन्ने कुराको एउटा उदाहरण टेलिभिजन सुन्दरी डियना अग्रोनले प्रस्तुत गरेकी छिन् । उनले एउटा सोसियल नेटवर्कको वाषिर्कोत्सवका अवसरमा सामाजिक कार्यका लागि गरिएको लिलामीमा आफ्नो चुम्बन पनि राखिन् । हजार डलरबाट सुरु भएको उनको चुम्बन लिलामीमा एक व्यक्तिले २३ हजार डलर तिरे । ती व्यक्तिलाई चुम्बन गरेपछि अभिनेत्री अग्रोनले युद्धमा प्रभावित बालबालिकाहरूको सहयोगका लागि उक्त रकम दान गरेकी छिन् ।