साप्ताहिक संवाददाता
माघ २३, २०७१
अधिकारका कुरा
बेलायती नायिका एम्मा वाट्सनले लैंगिक समानताका लागि नयाँ क्याम्पेन प्रारम्भ गरेकी छिन् । उनले एक अपिलमार्फत पुरुषहरूसमक्ष आफ्ना श्रीमतीको सपना पूरा गरिदिन तथा व्यवसाय वा अन्य आयमूलक कार्यमा बराबरीको हिस्सा उपलब्ध गराउन आग्रह गरेकी हुन् । एम्माले उक्त आग्रह संयुक्त राष्ट्रसंघकी 'महिला सद्भावना राजदूत' भएका कारण वल्र्ड इकोनोमिक फोरमको मिटिङमा गरेकी थिइन् । एम्माले भनिन्- 'सेप्टेम्बरमा सुरु भएको 'हिफारसी' क्याम्पेनमा हिलारी क्लिन्टन, प्रिन्स ह्यारीजस्ता सेलिब्रेटी पनि सरिक हुँदै छन् ।' उक्त अवसरमा एम्माले लैंगिक समानताका लागि एकवर्षे पाइलट प्रोजेक्टसमेत लन्च गरेकी थिइन् ।