साप्ताहिक संवाददाता
चैत्र १६, २०७५
नेपाली मूलका फोटोग्राफर प्रेमी रोहन श्रेष्ठसँग विवाह गर्न हतारिएकी अभिनेत्री श्रद्धा कपुरलाई उनको परिवारले गतिलो झट्का दिएको छ । समाचारअनुसार यसै साता आफ्ना प्रेमीसँग परिवारको इच्छाविपरीत कोर्ट म्यारिज गर्ने निर्णयमा पुगेकी श्रद्धा कपुर पिता शक्ति कपुरको हस्तक्षेपपछि आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएकी छिन् ।
समाचार स्रोत भन्छ– आमा शिवांगी कोल्हापुरे कपुरले रोहन श्रेष्ठलाई मन नपराएपछि श्रद्धाले कोर्ट म्यारिज गर्ने निर्णय गरेकी थिइन् । यो कुराको सुइँको पाएपछि पिता शक्ति कपुरले छोरी श्रद्धालाई सम्झाएको बताइन्छ । शक्ति कपुरले छोरी श्रद्धाले परिवारको निर्णयका विरुद्ध कुनै कदम नचाल्ने विश्वास व्यक्त गरेका छन् । आमा शिवांगी छोरी श्रद्धाको विवाह मराठी वा पन्जाबी युवकसँग होस् भन्ने चाहन्छिन् ।