साप्ताहिक संवाददाता
चैत्र २५, २०७५
ब्रिटिस मूलकी बलिउड अभिनेत्री एमी ज्याक्सन विवाहअघि नै आमा बन्ने भएकी छिन् ।
रजनीकान्त र अक्षयकुमारसँग चलचित्र २.० मा देखा परेकी एमीले गत आइतबार आफू आफ्ना ब्वाइफ्रेन्ड जर्ज प्यानियोटोको सन्तानको आमा बन्न लागेको जानकारी दिएकी थिइन् ।
एमीका अनुसार उनीहरूले आगामी वर्ष ग्रिसमा विवाह गर्नेछन् । स्मरणीय छ जर्ज प्यानियोटो ग्रीसकै अर्बपति व्यवसायी हुन् ।