• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
भारतीय निर्वाचनमा सेलिब्रेटीहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

भारतीय निर्वाचनमा सेलिब्रेटीहरू
जेष्ठ १९, २०७६

भारतमा कलाकार तथा खेलाडीहरूप्रति आममानिसको क्रेज लोभलाग्दो छ । सेलिब्रेटी कलाकार तथा खेलाडीहरू राजनीतिमा प्रवेश गरेपछि सफल भएका प्रशस्त उदाहरण पनि छन् । निधन भैसकेकी सुप्रसिद्ध नेतृ तथा पूर्वअभिनेत्री जयराम जयललिता ‘अम्मा’ पाँच पटक तामिलनाडुकी मुख्यमन्त्री भएकी थिइन् । उता केही समयअघि युक्रेनको राष्ट्रपति निर्वाचनमा हास्यकलाकार वोलोदीमीर जेलेन्स्की भारी मतले विजयी भएको समाचार आएपछि भारतीय कलाकारहरू अझ उत्साहित भएका थिए । सन् १९८४ को लोकसभामा सुपरस्टार अमिताभ बच्चनले इलाहावादबाट उत्तर प्रदेशका पुराना नेता हेमावती नन्दन बहुगुणालाई पराजित गरेका थिए, तर बच्चन लामो समय राजनीतिमा टिक्न सकेनन् । चर्चित कलाकार विनोद खन्ना पनि पन्जाबको गुरदासपुरबाट लगातार चार पटक लोकसभामा निर्वाचित भएका थिए । अभिनेता गोविन्द पनि चुनाव लडेर सांसद भएका थिए । सन् २०१४ को लोकसभा निर्वाचनमा करिब ३० जना कलाकार चुनावी प्रतिस्पर्धामा थिए । भारतका हरेकजसो निर्वाचनमा कलाकार तथा खेलाडीहरू विशेष भूमिकामा देखिन्छन् । कुनै दलबाट सांसदको टिकट लिएर भोट माग्ने मात्र होइन, आफू समर्थित दललाई विजयी बनाउन समेत उनीहरू निर्णायक बन्ने गरेका छन् । यसपटकको लोकसभा निर्वाचनमा सेलिब्रेटीहरूले चुनावी माहोल त्यसैगरी तताए साथै कतिपय निर्वाचितसमेत भए । 

हेमा मालिनीलाई दोस्रो सफलता

भारतीय जनता पार्टीबाट उत्तर प्रदेशको मथुराबाट उम्मेदवार भएकी अभिनेत्री हेमा मालिनीले लोकसभा निर्वाचनमा दोस्रो पटक जित हासिल गरिन् । अघिल्लो निर्वाचनमा पनि विजयी हेमा कुनै समय ‘ड्रिम गर्ल’ उपनामले चर्चित थिइन् । यसपटक उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरेकी हुन । 

राजनीतिमा उदाए सनी देवल

बलिउडका चर्चित अभिनेता सनी देवल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका के थिए विजयी माला पहिरिहाले । केही महिनाअघि मात्र भारतीय जनता पार्टीमा प्रवेश गरेका सनी पञ्जावको गुरुदासपुरबाट चुनावी मैदानमा थिए । विपक्षी दल कांग्रेसले पकड जमाएको उक्त क्षेत्रबाट उनले सानदार मत ल्याए । सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १ सय ७ मतले पराजित गरे ।

राहुलसँग स्मृति इरानीको बदला

दर्जनौं टेलिसिरियलमा अभिनय गरेकी स्मृति इरानीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई अमोठी निर्वाचन क्षेत्रमा पराजित गरिन् । स्मृति सन् २०१४ को चुनावमा राहुलसँग १ लाख मतले पराजित भएकी थिइन् । राहुल गान्धी परिवारको वर्चस्व रहेको उत्तर प्रदेशको अमोठीबाट सन् २००४ देखि नै चुनाव लड्दै आएका थिए । मन्त्रीसमेत भैसकेकी स्मृतिले राहुललाई ५५ हजार १ सय २० मत अन्तरले हराएकी हुन । ‘सास भी कभी बहू थी’ टिभी सिरियलमार्फत पहिचान बनाएकी इरानी भाजपामा राम्रो वाक्कला भएकी नेतृका रूपमा चर्चित छिन् ।

भोजपुरी कलाकारले बाजी मारे

भारतमा भोजपुरी कलाकारहरूको पनि राम्रो प्रभाव छ । भोजपुरी अभिनेता रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट निर्वाचन जितेका छन् । भारतीय जनता पार्टीका उम्मेदवार रवि ३ लाख १ हजार ६ सय ६४ मतान्तरले विजयी भएका हुन् । अर्का भोजपुरी अभिनेता तथा गायक मनोज तिवारीले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई पछारे । नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टीका उम्मेदवार तिवारीले दीक्षितलाई साढे ३ लाखभन्दा बढी मतले पराजित गरे ।

गायक हंसराज बने सांसद

सूफी गायक हंसराज हंसले पनि भाजपाका तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट निर्वाचन जिते । यसअघि भाजपाबाट सांसद भैसकेका उदित राजलाई पराजित गर्दै हंसराजले उक्त सफलता हासिल गरेका हुन् । यसपटक भाजपाबाट टिकट नपाएपछि उदित कांग्रेसमा प्रवेश गरेका थिए ।

किरण खेरको पकड कायमै

भाजपाका तर्फबाट चण्डीगढ क्षेत्रमा उम्मेदवार भएकी चलचित्र अभिनेत्री किरण खेरले पनि विजयी माला पहिरिन् । कांग्रेसका वरिष्ठ नेता पवनकुमार वंशललाई ४६ हजार ९ सय ७० मतले पराजित गर्दै खेरले आफ्नो पकड कायम राखिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । 

निर्दलीय उम्मेदवारको राज

आसनसोल निर्वाचन क्षेत्रमा बलिउडका हस्ती बाबुल सुप्रियोसँग बंगाली अभिनेत्री मुनमुन सेन पराजित भइन् । त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका सुप्रियोसँग करिब २ लाख मतले पराजित भएकी हुन् । उता निर्दलीय उम्मेदवार अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरिन् । 

मिमी चक्रवर्तीको पहिलो यात्रा

‘गानेर ओपारे’ सिरियलबाट अभियन यात्रा सुरु गरेकी अभिनेक्री मिमी चत्रवर्तीको पनि राजनीतिक यात्रा सुरु भएको छ । तृणमुल कांग्रेसका तर्फबाट जादवपुरमा उम्मेदवारी दिएकी मिमीले भाजपाका अनुपम हजारालाई २ लाख ९५ हजार २ सय ३९ मत अन्तरले पराजित गरेर लोकसभाको यात्रा तय गरिन । मिस इन्डियामा समेत भाग लिएकी मिमीको चुनावी सभामा मानिसहरूको अत्याधिक भीड लाग्थ्यो । उनले ‘भिलेन’ ‘धनन्जय’, ‘मोन जाने ना’ जस्ता चर्चित चलचित्रमा काम गरेकी छिन् ।

गौतम गम्भिरले जिते, भाइचुङ हारे

चर्चित क्रिकेटर गौतम गम्भीर पनि भारतको सांसद भएका छन् । गौतम भारतीय जनता पार्टीको उम्मेदवारका रूपमा पूर्वी दिल्लीबाट निर्वाचित भएका हुन । क्रिकेटको माध्यमबाट देशको नाम चम्काएका गौतमले आइएनसीका अरभिन्द सिंह लभ्लीलाई ठुलो मतअन्तरले पराजित गरे । सन् २००३ मा बंगलादेशविरुद्धको खेलबाट भारतीय राष्ट्रिय टिममा डेब्यु गरेका गौतम २०१८ देखि खेलबाट टाढा भएका थिए । उता भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाको पार्टीले लोकसभा चुनावमा पराजय बेहोरेका छ । भुटिया आबद्ध ‘हाम्रो सिक्किम पार्टी’ सिक्किम क्रान्तिकारी परिषद्सँग पराजित भएको हो । भुटिया यसअघि तृणमूल कांग्रेसबाट दार्जीलिङमा उम्मेदवार हुँदा पनि पराजित भएका थिए । 

नुसरत जहाँ

बंगाली चलचित्रकी सर्वाधिक सुन्दर अभिनेत्री नुसरत जहाँ पनि यो पटकको आम निर्वाचनमा निर्वाचित भएकी छिन् । नुसरतले पश्चिम बंगालको क्षेत्रीय पार्टी तृणमुल पार्टीबाट चुनाव जितेकी हुन् । २९ वर्षीया नुसरत जहाँले बसिरहाट निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीका उम्मेदवारलाई पराजित गरेकी थिइन् । 

जो निराश भए

राजनीतिमा राम्रो पकड जमाइसकेका साथै जनतामा लोकप्रिय कतिपय कलाकार यस पटकको लोकसभा निर्वाचनबाट निराश भएका छन् । बलिउड अभिनेता राज बब्बर, नायिका उर्मिला मातोंडकर, अभिनेत्री जया प्रदा, बंगाली अभिनेत्री मुनमुन सेन, भोजपुरी फिल्म स्टार दिनेशलाल यादव, अभिनेता सत्रुघन सिन्हा, अभिनेता प्रकाश राज आदि कलाकार यो सूचीमा छन् ।

                                                               (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik