साप्ताहिक संवाददाता
आश्विन ७, २०७६
गत शुक्रबार बलिउडमा सार्वजनिक भैरहेको चलचित्र पल पल दिलके पास मार्फत् बलिउडले दुई नयाँ स्टार पाएको छ। यो चलचित्रमार्फत धर्मेन्द्रका नाति र सन्नी देवलका छोरा करण देवल तथा सहर बाम्बा बलिउडमा पदार्पण गरेका छन् । यो चलचित्र सन्नीको पनि निर्देशकीय पदार्पण चलचित्र हो ।
करण देवलका बारेमा धेरै कुरा सार्वजनिक भैसके पनि अभिनेत्री सहरका बारेमा भने कमै जानकारी सार्वजनिक भएको छ । सन् १९९८ मा हिमान्चलको सिमलामा जन्मिएकी बाम्बाले मुम्बईको जय हिन्द कलेजबाट ग्राजुएसन गरेकी छिन् ।
५ फिट ३ इन्च अग्ली तथा ५० किलो तौल भएकी बाम्बाको फिगर ३२/२४/३२ छ । सन् २०१६ मा अप्पो बम्बई टाइम्सले आयोजना गरेको फ्रेस फेस–२०१६ की विजेता बाम्बा दक्ष क्लासिकल डान्सर पनि हुन् ।