साप्ताहिक संवाददाता
कार्तिक ३, २०७६
श्रुति हसनलाई नचिन्ने कमै होलान् । चर्चित अभिनेता कमल हसनकी यी जेठी छोरी तमिल चलचित्रकी चर्चित अभिनेत्री हुन् । केही समययता आफ्नो इटालियन ब्वाइफ्रेन्ड र रक्सीको लतका कारण आफ्नो करियर बर्बाद गरेकी श्रुति हसन यतिबेला चलचित्रमा दोस्रो इनिङको तयारीमा छिन् ।
गत साता एक टेलिभिजन च्याट शोमा आफ्नो विगत कोट्याउँदै श्रुतिले आफू बितेको केही समय विभिन्न कुलतका कारण बर्बाद भएको स्वीकार गरेकी थिइन् । ती कुलतहरूमा उनको रक्सी पिउने बानी र इटालियन ब्वाइफ्रेन्ड माइकल कोर्सेल थिए । श्रुतिका अनुसार अहिले उनी ती दुवै लतबाट मुक्त भएकी छिन् ।