• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
बलिउड छोड्ने अमिताभ बच्चनको संकेत
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बलिउड छोड्ने अमिताभ बच्चनको संकेत
मंसिर १६, २०७६
काठमाडौं

बलिउडका महानायक अमिताभ बच्चन पाँच दशकभन्दा धेरै समय निरन्तर चलचित्र उद्योगमा बिताए । दर्जनौं हिट चलचित्र दिए । भारतको चलचित्र उद्योगलाई यो स्थानसम्म ल्याउन उनको सर्वाधिक ठुलो योगदान रहेको बताइन्छ ।

उनै महानायक बच्चनले अभिनयबाट सन्यास लिनेबारे सोच्न थालेको चर्चा चलेको छ । त्यसो त २ बर्षअघि पनि यो चर्चा चलेको थियो । चलचित्र क्षेत्रबाट बिदा हुन खोजेको समाचार भाइरल हुन थालेपछि अमिताभले दुइबर्षका लागी पुनः चलचित्रमा साइन गरेर जवाफ फर्काएका थिए ।

तथापी, अहिले उनी आफै चलचित्र क्षेत्रबाट विश्राम लिन खोजेको संकेत गरेका हुन् । एउटा ब्लगमा उनले सन्यास लिनेबारे सोच्न थालेको उल्लेख गरेका छन् । यो ब्लगसँगै बलिउडका महानायक अमिताभ अब छिट्टै चलचित्र क्षेत्रबाट बाहिरिने अनुमान गर्न थालिएको छ ।

स्वर्गीय पिता हरिवंशराय बच्चनको ११२ औ जन्मजयन्तीको अवसरमा २८ नभेम्बर राति साढे १२ बजेतिर उनले उक्त ब्लग सार्वजनिक गरेका हुन् ।

हाल चलचित्र ‘ब्रह्मास्त्र’को सुटिङमा व्यस्त अमिताभले उक्त ब्लगमा लेखेका छन्, ‘यस सानो सुन्दर ठाउँमा कारबाट यहाँ पुग्न मलाई १२ घण्टा लाग्यो । यहाँ सडक पनि राम्रो छैन । कोठा र वातावरण पनि फरक छन् । मैले अब रिटायर गर्नुपर्नेछ । मेरो दिमाग कतै आयो र औंलाहरूले केही गर्दैछ ।’ ब्लगमा उनले आफ्नो यात्रामा साथ र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् ।

चलचित्र ‘सात हिन्दुस्थानी’ बाट ५० बर्षअघि अभिनय यात्रा थालेका अमिताभलाई एउटा रेडियोले आवाज नराम्रो रहेको भन्दै रेडियोमा काम गर्न दिएको थिएन । उनले भारतीय मिडियाहरुसँग केहिपटक आफ्ना मनका बह पोख्दा धेरैलाई पत्याउन समेत गाह्रो पर्छ कि, अमिताभले यस्तो जिन्दगी पनि बाँचेका थिए ।

रूमी जाफ्रे निर्देशित मनोवैज्ञानिक थ्रिलर चलचित्र ‘फेस’ मा समेत चाँडै देखिन लागेका अमिताभलाई यो उमेरमा पनि चलचित्रको प्रस्ताव धेरै आउने गरेको छ । तर, उनले चित्त बुझेका चलचित्रमा मात्रै काम गर्ने गरेका छन् ।

अमिताभ निकट केहि व्यक्तिहरुका अनुसार उनले पछिल्लो केहि बर्षयता निकै धेरै चलचित्रको प्रस्ताव सहजै स्विकारेर काम गरेका थिए । मनमा बुढ्यौलीको आभाष हुन नदिन यसरी धमाधम काम गरेको उनीहरुको भनाई छ ।

केहि महिनाअघि अमिताभले आफ्नो ७५ प्रतिशत भन्दा धेरै फोक्सोले काम गर्न छाडेको बताएका थिए । अमिताभले अहिले मात्रै होइन, पटक पटक विभिन्न स्ट्याटस र ब्लगमा अभिव्यक्ति सार्वजनिक गर्दै फ्यानहरुलाई आफु जतिबेला पनि यो उद्योग छोडेर घर जान सक्ने संकेत दिइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik