साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री श्रीदेवीकी अभिनेत्री छोरी जान्हवी कपुरले चलचित्र ‘धडक’बाट बलिउडमा पाइला चालिन् । आमाजस्तै सुन्दर जान्हवीको चलचित्र यात्राप्रति धेरै चलचित्रकर्मी उत्साहित थिए । पहिलो चलचित्रबाट चर्चा पाए पनि स्वयं जान्हवी भने निराश छिन् । जान्हवी आफूले पहिलो चलचित्रबाट दर्शकको मन नजितेको भन्दै पछुतो मानिरहेकी छन् ।
सन् २०१८ मा रिलिज चलचित्र ‘धडक’ चलचित्र ‘सैराट’को हिन्दी रिमेक हो । यो चलचित्रको प्रदर्शनपछि जान्हवी गत वर्ष केही चलचित्रमा देखिइन् । त्यसमा जोया अख्तरको हरर सर्ट चलचित्र ‘घोस्ट स्टोरिज’, बायोपिक ‘गुन्जन सक्सेना : द कारगिल गर्ल’ र हरर–कमेडी चलचित्र ‘रुहीआफ्जा’ छन् ।
‘म मेरा आउन लागेका चलचित्रबाट उत्साहित छु । यी चलचित्रमा मैले आफ्ना सबै शक्ति प्रयोग गरेकी छु । किनकि मलाई लाग्छ, मैले कहीं न कहीं धेरै मेहनत गर्दा पनि ‘धडक’बाट दर्शकको मन जित्न सकिनँ । म त्यसबाट निराश त छैन, किनभने मैले जति सोचेको थिएँ त्योभन्दा धेरै नै दिएँ,’ उनले भनेकी छन् । जान्हवी यो वर्ष करण जोहारको चलचित्र ‘तख्त’को काम सुरु गर्दै छिन् ।
यो चलचित्रमा जान्हवीका अतिरिक्त रणवीर सिंह, विक्की कौशल, करिना कपुर खान, अनिल कपुर, आलिया भट्ट र भूमि पेडनेकरको पनि अभिनय रहनेछ । ‘यो चलचित्र यस्तो पृष्ठभूमिबाट बनेको छ, जसमा मलाई बाल्यकालदेखि नै आकर्षण थियो । मलाई पाकिजा, उमराव जान, मुगल–ए–आजमजस्ता चलचित्र जहिले पनि मन पथ्र्यो’, उनले भनेकी छन् ।