• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
यस्तो छ राजश्री फिल्म्सको नाम कहानी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एजेन्सी

यस्तो छ राजश्री फिल्म्सको नाम कहानी
माघ २७, २०७६

 

 ‘मेरो नाम कमल र मेरो भाइको नाम राज हो, तर पनि मेरी बहिनी राजश्रीको नामबाट प्रोडक्सनको नाम तय भयो ।’

‘हाम आपके है कौन’ जस्तो चलचित्र बनाउने राजश्री फिल्म्सको नाम कसरी रह्यो । यशराज फिल्म्सको नाममा ‘यश’ नाम यश चोपडाको हो भने ‘राज’ कहाँबाट आयो ? दीपिकाको प्रोडक्सन हाउसको नाम ‘का प्रोडक्सन’ किन रह्यो ? यी विषय चलचित्रप्रति चासो राख्ने दर्शकका लागि कौतूहलको विषय हो ।

बलिउड र हलिउडका चर्चित प्रोडक्सन हाउसको ‘लोगो’ र कम्पनीको नाम कसरी जुरे भन्ने विषयमा केही जानकारी लिऔं । कुनै प्रोडक्सन हाउसको चलचित्र, चलचित्र कम्पनीको नाम र लोगो उसको पहिचान हुन्छ । 

हालै मात्र धर्मा प्रोडक्सनले आफ्नो पहिचान परिवर्तन गरेको छ । करण जोहारको धर्मा प्रोडक्सनले ‘कुछ कुछ होता है’, ‘कभी खुसी कभी गम’ र ‘कल हो न हो’ जस्ता चलचित्र बनाएको छ । आफ्नो आउन लागेको फिल्म ‘भूत–पार्ट वन : द हन्टेड सिप’को प्रमोसनका लागि धर्मा प्रोडक्सनले आफ्नो लोगोमा नै केही परिवर्तन ल्याएको हो । उसले लोगोको रंगमा परिवर्तन गरेको छ भने उसले आउने संगीतलाई डराउने किसिमको बनाइदिएको छ ।

करणले आफ्नो कम्पनी धर्मा प्रोडक्सनको ट्विटर एकाउन्टको लोगोलाई कालो बनाइदिएका छन्् र कभर स्टोरीमा ‘डार्क टाइम्स बिगिन नाओ’ लेखेका छन् । चलचित्र ‘भूत–पार्ट वन : द हन्टेड सीप’मा विक्की कौशल र भूमि पेडनेकरले मुख्य भूमिकामा अभिनय गरेका छन् । 

यसै वर्ष दीपिका पादुकोण चलचित्र ‘छपाक’बाट निर्मात्री बनिन् । उनको प्रोडक्सन हाउसको नाम का प्रोडक्सन्स हो । ‘काको अर्थ अन्तरआत्मा हो । तपाईंको मृत्युपछि पनि तपाईंको आत्मा यो विश्वमै रहन्छ । सायद म पनि यही चाहन्छु कि मेरो निधनपछि मेरो काम यही रहोस् र म त्यस्तो काम गर्छु कि मानिसले मलाई सम्झिइरहून्’, दीपिका भन्छिन् । दीपिकाले चलचित्र बनाउनका लागि जति पैसा लगानी गरिन्, त्योभन्दा ज्यादा उनले कमाइन् र दर्शकले चलचित्र पनि रुचाए । एसिड आक्रमणबाट पीडित लक्ष्मी अग्रवालको जिन्दगीबाट प्रेरित चलचित्र ‘छपाक’को निर्देशन मेघना गुलजारले गरेकी हुन् ।

राजश्री फिल्म्सका सुरज बडजात्याले ‘हम आपके हैं कौन’, ‘मैंने प्यार किया’ र ‘हम साथ–साथ हैं’ जस्ता पारिवारिक चलचित्र निर्माण गरे । राजश्री प्रोडक्सन्सको सुरुवात गर्ने ताराचन्द बडजात्याका छोरा कमलका अनुसार प्रोडक्सनको नाम राख्ने बेलामा सुरुवाती नाम राज–कमल थियो । ‘मेरो नाम कमल र मेरो भाइको नाम राज हो, तर पनि मेरी बहिनी राजश्रीको नामबाट प्रोडक्सनको नाम तय भयो’, कमलले भनेका छन् । जब राजश्रीको चलचित्र सुरु हुन्छ, त्यहाँ सरस्वती माताको प्रतिमा अगाडि आउँछ । यसभित्रको रहस्य पनि कमलले खोलेका छन् । ‘पिताजी सरस्वती मातालाई धेरै मान्नुहुन्थ्यो । उहाँ जुन चलचित्र बने पनि पूरा परिवारले हेर्ने किसिमको बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यसकारण पनि सरस्वती मातालाई स्थान दिएका हौं’, कमल खुल्छन् ।

आरके फिल्म्सको सुरुवात राज कपुरले १९४८ मा सुरु गरेका थिए । आरके फिल्म्स एन्ड स्टुडियोजका लागि राज कपुर र नरगिसले सँगै धेरै चलचित्रमा काम गरे । यी दुईबीचको निकटतम सम्बन्धले पनि निकै चर्चा पायो । आरके फिल्म्स र स्टुडियोजको पहिलो चलचित्र ‘आग’ले बक्सअफिसमा खासै कमाल गर्न सकेन, तर दोस्रो चलचित्र ‘बरसात’ले सफलता पाएसँगै उनीहरूको पहिचान पनि बन्यो ।

सन् १९४९ मा रिलिज राज कपुर र नरगिसको चलचित्र ‘बरसात’को पोस्टरमा चलचित्रकै एक दृश्यको तस्बिर राखिएको थियो, जसमा राज कपुरले एक हातले नरगिसलाई समाएका थिए भने अर्को हातमा भ्वाइलिन थियो । यही तस्बिरलाई आधार बनाएर आरके फिल्म्सले लोगो बनाएको थियो । मुम्बईको चेम्बुरमा रहेको आरके फिल्म्सको अन्तिम चलचित्र ‘आ आब लौट चले’ थियो, जुन चलचित्र सन् १९९९ मा बनेको थियो ।

यशराज फिल्म्सको सुरुवात चलचित्र ‘दाग’बाट भएको थियो । सन् १९७३ मा रिलिज यो चलचित्र निर्माता यश चोपडाको पहिलो चलचित्र थियो । यो चलचित्रको कथा चलचित्र सकिएसँगै अभिनेताका साथ दुई अभिनेत्री घर जान्छन् । त्यसकारण यो समयमा यही दृश्यका कारण चलचित्रलाई निकै जोखिम मानिएको थियो, तर यो चलचित्रप्रति यश चोपडा र राजेश खन्ना एकआपसमा भर परेका थिए । भनिन्छ, यो चलचित्र निर्माण हुनका लागि राजेश खन्नाको ठूलो योगदान थियो । त्यसकारण पनि यशराजमा ‘राज’ नाम राजेश खन्नाबाट लिइएको भनाइ छ । 

बाम्बे टाकिजको स्थापना हिमांशु राय, देविका रानी र राज नारायण दुबेले गरेका थिए । सन् १९३४ मा बाम्बे टाकिजले काम गर्न सुरु गरेको थियो । यसको लोगोमा हिमांशु राय र राज नारायण दुबेको तस्बिर छ ।

राजनारायण दुबे एक ठूला व्यापारी थिए र उनले नै यो प्रोडक्सन हाउसमा पैसा लगानी गरेका थिए । हिमांशु राय निर्माता, निर्देशक र अभिनेता थिए, जसले अभिनेत्री देविका रानीसँग विवाह गरेका थिए । देविका रवीन्द्रनाथ टेगोरकी आफन्त थिइन् । हिमांशु रायले साइलेन्स चलचित्र पनि बनाएका थिए । दिलीप कुमार, अशोक कुमार र मधुबालाले बाम्बे टाकिजबाट आफ्नो करियरको सुरुवात गरेका थिए । यो प्रोडक्सन हाउसमा राज कपुर, सत्यजित रे, विमल राय र किशोर कुमारले पनि काम गरेका थिए ।

हलिउड चलचित्रका प्रोडक्सन कम्पनीको लोगोका पछाडि पनि रोचक कथा र सोच छ । ‘एमजीएमको लोगोमा एउटा सिंह छ । यो बीसौं शताब्दीको सुरुवातमा बनाइएको थियो । यो कम्पनीको मुख्य प्रचारक हार्वर्ड डाइटसले कोलम्बिया युनिभर्सिटीबाट अध्ययन गरेका थिए । उसको चिह्न अर्थात् शुभंकरबाट प्रभावित भएर एमजीएमको लोगोमा एक सिंह लगाइएको थियो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik