चैत्र २, २०७६
बलिउड अभिनेत्री कट्रिना कैफ अभिनेता शाहरूख खान, ऋतिक रोशन, अक्षय कुमार र सलमान खानजस्ता स्टारलाई मित्र बनाउन पाउनुलाई भाग्यमानी ठान्छिन् । आफूले सबै स्टारलाई सम्मान गर्ने भएकाले पनि मित्रतामा कहिल्यै इगो नभएको उनको तर्क छ ।
‘तपाईंले मेरो इगोमा चोट पुर्याएको कुरालाई कहिल्यै ध्यान दिन्नँ । किनभने त्यो तपाईंको समस्या हो ।’ उनले भनेकी छन्, ‘अपमान हुने कुरामा तपाईं उठ्नुपर्छ र आफैं जोगिनुपर्छ । आफूमाथि अपमान गर्नेसँग इगो राखेर के फाइदा ?’
शाहरूख, ऋतिक, अक्षय, सलमानजस्ता महत्त्वपूर्ण मित्र पाएकोमा गर्व गर्दै उनले भनेकी छन्, ‘आफूलाई भाग्यशाली ठान्दछु । म उनीहरूसँग जुनसुकै समयमा कुराकानी गर्न सक्छु ।’