बलिउड अभिनेत्री कंगना रनावत अहिले आफ्नो लकडाउन समय परिवारसँग मनालीमा बिताइरहेकी छिन् । यही बीचमा उनको टिमले हालै सोसियल मिडियामा उनका केही पुराना युरोप यात्राका तस्बिर सार्वजनिक गरेको छ, जुन अहिले भाइरल भइरहेको छ । इन्स्टाग्राममा यी तस्बिर सेयर गर्दै लेखिएको छ, ‘सन् २००८ मा कंगना युरोप यात्रामा थिइन्, उनी त्यहाँ दुुई महिना बसेकी थिइन् ।
यो दिन ती बिन्दास दिनहरूको सम्झनाका लागि हो, तबसम्म जब हामीलाई पुुन: त्यसरी यात्रा गर्ने मौका मिल्दैन ।’ यी तस्बिरसँगै कंगनाको टिमले अर्को एउटा तथ्य पनि सेयर गरेको छ, त्यो के भने कंगना आइफोन आउनुुभन्दा पहिलेसम्म हरेक ठाउँ आफ्नै क्यामेरा लिएर यात्रा गर्थिन् । युुरोप यात्रामा रहँदा कंगना २१ वर्षकी थिइन् । त्यतिबेला उनको ‘फेसन’ फिल्म रिलिज भएको थियो ।
यो फिल्मबाट उनलाई उत्कृष्ट सहअभिनेत्रीको एवार्डसमेत प्राप्त भएको थियो । सन् २००६ मा ‘ग्याङस्टर’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी कंगनाको पछिल्लो फिल्म ‘पंगा’ हो जहाँ उनी कबड्डी खेलाडीको भूमिकामा थिइन् । अब उनी जयललिताको बायोपिक फिल्म ‘थलाइवी’मा देखापर्ने छिन् जसको सुटिङ पूरा भइसकेको छ ।