वैशाख २२, २०७७
लकडाउनका बेला बेलायती डेटिङ रियालिटी सिरिज ‘लभ आइल्यान्ड’की स्टार मौरा हिगिन्स आफूले इन्स्टाग्राममा पोस्ट गरेको एक सेल्फीका कारणमा विवादमा तानिएकी छिन् । टुु पिसमा खिचेको हट सेल्फी तस्बिर अपलोड गर्नासाथ उनका प्रशंसकहरूले उनलाई तस्बिर फोटोसप्ड गरेको आरोप लगाए ।
आरोप र टिप्पणी सहन नसकेर मौराले इन्स्टाग्राममा त्यो तस्बिर नै हटाइन् । तर, त्यसपछि झन् आलोचना बढेपछि मौराले उक्त तस्बिर पुन: अपलोड गरेकी छिन् र यो तस्बिर फोटोसप्ट नगरेको बताएकी छिन् । ‘यो फोटोसप्ड गरिएको तस्बिर होइन । यद्यपि यसमा फरक–फरक लाइटिङ छ किनभने मैले यसमा फिल्टरको प्रयोग गरेको छु ।’
त्यतिमात्रै होइन, तस्बिर खिचिरहेकै पलको भिडियो सेयर गर्दै उनले यो आरोपलाई गलत सावित गर्न खोजेकी छिन् । अनि दोस्रोपल्ट गरिएको तस्बिरको क्याप्सनमा लेखेकी छिन्, ‘स्माइल फर मी बेबी ।’