वैशाख २५, २०७७
होम क्वारेन्टाइनका कारण सैलुन जान नपाउँदा कतिपयका केश र दाह्री दुवै बढेका छन् । तर, हलिउड अभिनेत्री केली रिपालाई यो कोरोना संकटले केश काट्नबाट रोकेन । होम क्वारेन्टाइनबाटै उनले आफ्नो केश काटेको रहस्य बाहिर ल्याएकी छिन् । घरबाटै आफ्नो टक शो ‘केली एन्ड रयान’को सुटिङ गर्ने क्रममा उनले आफैं किचनको कैंचीले केश काटेको खुलाएकी छिन् ।
पति अभिनेता मार्क कन्सुुएलोसले यो सब देखेका थिए तैपनि उनलाई नरोकेको बताए । खैरो केशमा केलीलाई निकै सुन्दर देखिने मार्कको प्रतिक्रिया छ । त्यसो त यही हेयरस्टाइलमा केलीले थुप्रै तस्बिर इन्स्टाग्राममा पोष्ट गर्ने गरेकी छिन् ।
केश कलर गर्नका लागि निकै संघर्ष गर्नुपर्ने उनको भनाइ छ । अहिले होम क्वारेन्टाइनमा बसिरहेका बेला केली यी संघर्षका कथासँगै हेयर कलरका लागि अभ्यास गरिरहेको भिडियोसमेत फयानसमक्ष सेयर गरिरहेकी छिन् ।