
लकडाउनमा कलाकारहरू अनेक क्रियाकलाप गरिरहेका छन् । कसैलाई यो लकडाउनले कुक बनाइदिएको छ त कसैलाई कवि । सबै घरभित्रै केही न केही नयाँ गर्न खोजिरहेका छन् । बलिउड अभिनेता सैफ अली खानलाई भने यो लकडाउनले छोराको ‘हेयरस्टाइलिस्ट’ बनाइदिएको छ ।
उनले छोराको केश काट्दै गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । सैफकी पत्नी अभिनेत्री करिना कपुर खानले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा सैफ र छोराको तस्बिर राखेकी थिइन् । जहाँ सैफमा हातमा कैंची बोकेर प्रोफेसनल हेयरस्टाइलिस्ट जसरी देखापरेका थिए ।
यो तस्बिर सेयर गर्दै करिनाले लेखेकी थिइन्, ‘के कसैलाई हेयर कट गर्नु छ ?’करिना अहिले इन्स्टाग्राममार्फत लगातार आफ्नो परिवारको लकडाउन अपडेट दिइरहेकी छिन् ।