• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
पुस्तक पढ्ने 'क्रेज’ बढ्दो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

तेजन खड्का

पुस्तक पढ्ने 'क्रेज’ बढ्दो
मंसिर ५, २०७१
उर्लाबारी, मोरङका पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुक स्टाटस लेखे, 'साया' पढेर समय कटाउँदैछु । उनको फेसबुक 'स्टाटस'मा बग्रेल्ती 'कमेन्ट' आइहाल्यो, तिम्ले पढिसकेपछि मलाई देऊ है । हिजोआज चाहे सामाजिक सञ्जाल होस् वा चिया गफ, साथीभाइ भेटघाटमा कुरा निस्किहाल्छ, फलानो पुस्तक पढियो - पढेको छैन भने पढ्नु है, मलाई राम्रो लाग्यो । पछिल्लो समय आममानिसमा पुस्तक पढ्ने क्रेज बढ्दै गएको छ । नयाँ पुस्तकहरूले पाठक पाउन थालेका छन् । बजारमा नयाँ-नयाँ पुस्तक आए पनि मूल्य र्सवसुलभ नहुँदा पाठकहरूले पुस्तक मागेर पढ्नुपर्ने गुनासो पनि उत्तिकै छ ।

पुस्तक राम्रो छ तर महँगो छ आर्थिक भार थेग्ने सकिँदैन । अरूले पढिसकेपछि मागेर हात पारिन्छ, रेडियो सुनाखरी मोरङकी समाचारवाचिका कल्पना दहाल भन्छिन्, 'पुस्तक महँगो हुँदा पाठकहरू मारमा छन् । साथीभाइसँग साटासाट गरेर पुस्तक पढ्ने भोक मेटाइन्छ ।' उर्लाबारीकार् इश्वरचन्द्र भट्टर्राई विजयकुमारको पुस्तक खुसी पढ्दैछन् । 'म विजयकुमारको व्यक्तित्वबाट प्रभावित छु, उनको पत्रकारिता यात्रा जान्न मनलाग्यो,' खुसी पढ्नुको कारण भट्टर्राईले यसरी स्पष्ट पारे ।

बढ्दो आकर्षण

पुस्तक अध्ययनमा युवाहरूको आकर्षा बढ्दै गएको देखिन्छ । पुस्तकालयमा पढ्ने अनुकूल वातावरण हुने भएकाले युवाहरूमा पुस्तक पढ्ने लहर चलेको उर्लाबारीस्थित भिजन फाउन्डेसनद्वारा सञ्चालित र्सार्वजनिक पुस्तकालयका अध्यक्ष राजु लामाले बताए ।

लामाका अनुसार पुस्तकालयमा पुराना तथा रोचक पुस्तक, अन्तराष्ट्रिय स्तरका तथा पाठ्यक्रममा सहयोग पुग्ने खालका पुस्तक पढ्ने युवाहरू बढी पुग्छन्, तर उनीहरूले खोजेका सबै पुस्तक भने पुस्तकालयमा छैनन् ।'

अनुसन्धान एवं प्रविधिका कारण अझै पनि युवाहरूको रोजाइअनुसारको पुस्तक ल्याउन नसकिएको लामा बताउँछन् । अहिले सरकारी, निजी तथा शैक्षिक गरी तीन प्रकारका पुस्तकालय छन् । ती पुस्तकालयका आ-आफ्नै मापदण्ड छन् । पुस्तकालयको नियम पालना गरी त्यसको सदस्य बनेर घरैमा पुस्तक लगेर पढ्न पनि सकिन्छ ।

 बिक्री बढ्यो

मोरङ स्टेसनरीका सञ्चालक सुरज गौतम पुस्तकको बिक्री ह्वात्तै बढेको बताउँछन् । गौतम भन्छन्- 'बजारमा आएका नयाँ पुस्तक किन्न आउनेहरू बढी हुन्छन् । सुरजका अनुसार हरिवंश आचार्यको चिना हराएको मान्छे, विजयकुमारको खुसी, रुकमाङ्गत कटुवालको आत्मकथा तथा नारायण वाग्लेको पल्पसा क्याफे अत्यधिक बिक्री भएको छ । पहिले पसलमा झुन्डाइएका पुस्तकहरू वर्षौंसम्म बिक्री नभै त्यसै पुराना हुन्थे, अहिले त नयाँ पुस्तक थपिरहनर्ुपर्छ, बिक्री भैहाल्छन् ।

नाम चलेको साहित्यकारभन्दा पनि युवापुस्ताका साहित्यकारका पुस्तक बढी बिक्री हुने गौतमले बताए । गौतमका अनुसार आत्मकथाहरू बढी बिक्री हुने गरेका छन् । पुस्तक पढ्ने क्रेज व्यवसायी, लेखक तथा युवा सबैमा छ । पसलमा बिक्री नभई थन्किएका पुस्तक पनि पुरस्कार पाएपछि ह्वात्तै बिक्री भएको अनुभव गौतमको छ ।

मोरङ उर्लाबारीकी साहित्यकार सावित्रा याक्खा पुस्तक अध्ययन नगर्ने हो भने पछि परिने बताउँछिन् । अध्ययनले सकारात्मक सोचको विकास गर्ने, ज्ञान अभिवृद्धि गर्नुका साथै लेखनमा समेत टेवा पुर्‍याउने याक्खाको बुझाइ छ । याक्खा भन्छिन्- 'पुस्तक ज्ञानको भण्डार हो भने यो हतियार पनि हो ।

झापा, गौरादहका केदार खड्का रुकमाङ्गत कटुवालको आत्मकथा पढ्दैछन् । खड्काका अनुसार साथीहरूले विभिन्न पुस्तकका सम्बन्धमा प्रश्न तेर्स्याउँछन्, त्यसैले नपढी धरै छैन । पहिले चियागफमा राजनैतिक कुराकानी हुन्थ्यो, तर हिजोआज पुस्तकसम्बन्धी चर्चा पनि हुन्छ, खड्काले भने । पुस्तकले अज्ञानतालाई ज्ञानमा । अन्धकारलाई प्रकाशमा परिणत गर्ने उनको बुझाइ छ ।

माग्नेको हैरान, लगेपछि फिर्ता आउँदैन

आजको खबर अनलाइनका सम्पादक छविरमण सुवेदीले आफूले किनेको पुस्तक खुसी अझै पढ्न पाएका छैनन् । उनले ४ सय ९८ रुपैयाँ खर्चिएर घर ल्याउनेबित्तिकै साथीभाइहरूले खोसेर लगिहाले । सुवेदीले ठट्टा गर्दै भने, 'मलाई त्यो पुस्तकको आवरण मात्र सम्झना छ ।

सुवेदीजस्तै नगद खर्चिएर पुस्तक किन्नेहरू मागेर काम चलाउनेहरू हैरान छन् । किनभने पढ्न भनेर लगिएको पुस्तक फिर्ता आउँदैन, हराउँछ । पुस्तक पढ्ने क्रेज बढे पनि किनेर पढ्ने संस्कार भने विकास हुन सकेको छैन । उनीहरू मागेर नै काम चलाउँछन् ।

एकपटक किनेर पढेको पुस्तक पुन: चाहिने हुन्छ, त्यो पछिसम्म काम लाग्छ, तर मागेर लानेहरूले हराइदिन्छन् । साथीभाइ भनेर विश्वास गरेर दियो, पुस्तक नै फिर्ता आउँदैन, एक पाठकले भने( पुस्तककै कारण साथीभाइबीच फाटो पनि आएको छ । दिन्छु दिन्छु- भन्छन्, तर फिर्ता आउँदैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik