• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
छोटोबाटोबाट सफलता प्राप्त गर्न सकिँदैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

श्यामकुमार सिंह

छोटोबाटोबाट सफलता प्राप्त गर्न सकिँदैन
चैत्र २०, २०७२

सर, पर्सि मेरो फिजिक्सको परीक्षा छ, मलाई केही महत्त्वपूर्ण प्रश्न बताइदिनुहोस् न, रोहितले आफ्ना छिमेकी फिजिक्स टिचरसँग आग्रह गरे । 

रोहित, तिमीले यो वर्ष मन लगाएर पढ्नुपर्‍यो, किनभने यो बोर्ड परीक्षा हो । त्यसैले म तिमीलाई कुनै प्रश्न बताउँदिन, शिक्षकले उत्तर फर्काए । 

यद्यपि रोहितले मानेनन् र उनले एउटा साथीको सल्लाहमा बजार गै गेसपेपर किने । परीक्षाको रिजल्ट आएपछि जब उनले आफ्नो फिजिक्स नम्बर देखे, उनी छानाबाट खसेझैं भए, किनभने फिजिक्समा उनको पासमाक्र्स पनि आएको थिएन । 

आजको समयमा रोहित मात्र त्यस्ता विद्यार्थी होइनन्, जो सर्टकटबाट सफलता प्राप्त गर्न चाहन्छन् । रोहितजस्ता किशोर–किशोरी अनेकौं भेटिन्छन् जो नाम त कमाउन चाहन्छन् तर त्यसका लागि खासै मेहनत भने गर्दैनन् । 

सफलता कुनै रूखमा फल्ने फल होइन जसलाई जतिबेला मन लाग्यो त्यतिबेला टिप्न सकियोस् । वैज्ञानिक लिर्डनले ठीकै भनेका थिए– हिजो हामी के थियौं र आज हामी के छौं, यो यस कुरामा निर्भर गर्छ कि हिजो हामीले के गर्‍यो र आज के गर्दैछौं ? 

आजको युगमा हरेक व्यक्ति फलका लागि व्यग्र हुन्छन् । जसलाई हेर्‍यो सबै आफ्नो सानोतिनो प्रयासको धेरै ठूलो परिणाम प्राप्त गर्न लालायित देखिन्छन् । 

संसारका धेरैजसो सफल मानिसको सफलताको पछाडि के रहस्य छ भने उनीहरू आफ्नो काम पूरै लगन र गम्भीरताका साथ सम्पन्न गर्थे । आफ्नो विषयको पूरापूरा जानकारी राख्थे, साथै उनीहरू सफलता वा नामका लागि कहिल्यै अत्तालिएनन् । 

कुनै पनि काममा सफलता हासिल गर्न हामीले अनेकन निर्णय लिनुपर्छ जसको नतिजा राम्रो पनि हुनसक्छ र खराब पनि । यस्तोमा हामीले जोखिम उठाउन हिच्किचाउनु हुँदैन । जिम्मेवारीपूर्ण जोखिम उठाउने कुरा ज्ञान, आत्मविश्वास एवं योग्यतामा निर्भर गर्छ, त्यसैले यो कार्य अनुचित होइन । 

वास्तवमा समस्यासँग भिड्नु नै जीवन हो । सफलताको वास्तविक आनन्द तब प्राप्त हुन्छ जब हामी संघर्ष गरेर काम सम्पन्न गर्छौं । यस क्रममा आफ्नो उत्साहलाई अलिकति पनि डग्मगाउन दिनु हुँदैन । अनिमात्र सफलता प्राप्त हुनसक्छ । किनभने पटक–पटक खस्नु अनि उठ्नु र संघर्ष गर्नुनै सफलताका लागि गरिएको इमान्दार प्रयास हो । 

सफलताका लागि धैर्य, लगन, इमान्दारिता, कडा मेहनत एवं आत्मविश्वास महत्त्वपूर्ण गुण हुन् । आफ्नो जीवन सफल बनाउन हामीले प्रत्येक काम पूरै लगनका साथ सम्पन्न गर्नुपर्छ । सफलता हाम्रो नजिक आफै हिँडेर आउँदैन । त्यसका लागि हामी आफैंले बाटो खन्नुपर्छ । मेहनत र दृढ अठोटले नै सफलताको बाटो खोल्छ ।  

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik