• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
एसईईपछि प्राविधिक विषय पढ्न कहाँ जाने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

एसईईपछि प्राविधिक विषय पढ्न कहाँ जाने ?
असार १३, २०७४

एसईई परीक्षाफल सार्वजनिक भएलगत्तै विद्यार्थीहरू रोजगारमूलक उच्च शिक्षाका लागि भौंतारिन्छन् । भविष्य सुरक्षित बनाउने रोजगारमूलक कोर्सहरूको खोजीले धेरैलाई सताउँछ । शैक्षिक परामर्श केन्द्रदेखि कलेजका गेटसम्म विद्यार्थीहरूको दौडधूप सुरु हुन्छ । विश्व विद्यालयहरूमा पढाइ हुने विषयहरूमा धेरैको आकर्षण भए पनि त्यो मात्र अन्तिम विकल्प हुन छाडेको छ । अहिले व्यवसायिक तथा सीपमूलक शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूको संख्या बढ्न थालेको छ । प्राविधिक शिक्षाको महत्व बुझेका विद्यार्थीहरू यस्तै विषयतर्फ आकर्षित छन् । 

एसईई परीक्षाको नतिजा ग्रेडिङ अर्थात जीपीए प्रणाली अनुसार सार्वजनिक हुन थालेपछि कोही पनि अनुत्तीर्ण नहुने बताइए पनि कतिपयको लो ग्रेडिङ आउने भएकाले यसतर्फ विद्यार्थीहरू सचेत छन्, जसका कारण धेरैलाई विश्वविद्यालय स्तरका विषयको छनोट गर्ने कि प्राविधिक शिक्षालयमा पढाइ हुने विषयहरू रोज्ने भन्ने अन्योलले सताएको छ । यस्तो अवस्थामा प्राविधिक शिक्षाका बारेमा बुझेका विद्यार्थीहरू सोझै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रदान गर्ने सीपमूलक तालिम तथा प्राविधिक कोर्स गर्न पुग्छन् । सिटिइभिटीको सुचना तथा अनुसन्धान महाशाखाका उप–निर्देशक मनोज शर्मा न्यौपाने भन्छन्— हाम्रो अध्ययनबाट प्राप्त तथ्याङ्क अनुसार सिटिइभिटीअन्तर्गतका कोर्स पूरा गर्ने ८० प्रतिशत विद्यार्थीले रोजगारी प्राप्त गरेका छन्, त्यसैले पनि प्राविधिक विषयमा विद्यार्थीहरूको आकर्षण बढेको हो ।

त्यतिमात्र नभै नेपाल अब विकासतर्फ अघि बढेकाले देशमै पनि प्राविधिक जनशक्तिको आवश्यकता निकै हुने यथार्थ बुझेका विद्यार्थीहरू प्राविधिक विषयमै केन्द्रित हुन थालेको उप–निर्देशक न्यौपाने बताउँछन् । यस्ता विषय कहाँ पढ्ने र कुन विषय पढ्ने भन्ने प्रश्नमा कतिपय विद्यार्थी अन्योलग्रस्त छन् । निजी स्तरका कलेज, सामुदायिक प्लस टु, सिटिइभिटीका बहु–प्राविधिक शिक्षालयहरू देशका विभिन्न स्थानमा भएकाले विद्यार्थीहरू धेरै अल्मलिरहनुपर्ने स्थिति भने छैन । 

नेपालमा हाल आङ्गिक संस्थाका रूपमा एउटा प्राविधिक प्रशिक्षण प्रतिष्ठान छ, जसअन्तर्गत २२ वटा आङ्गिक शिक्षालय तथा २ वटा ग्रामीण तालिम केन्द्र सञ्चालित छन् भने अन्य ६ वटा साझेदारीमा सञ्चालित संस्था छन् । सामुदायिक स्तरका ७६ वटा विद्यालयमा पनि प्राविधिक कक्षा सञ्चालन भैरहेका छन् । २० वटा पोलिटेक्टिकमध्ये १० वटामा कक्षा सञ्चालन भैरहेका छन् भने अन्य १० वटा निर्माणाधीन अवस्थामा छन् ।

सिटिइभिटीले तीनवर्षे डिप्लोमा, टिएसएलसी तथा छोटो अवधिको तालिम सञ्चालन गरिरहेको छ । त्यसका लागि विभिन्न स्थानमा निजी स्तरबाट पनि अध्यापन भैरहेको छ । टीएसएलसीतर्फ १ सय ५५ तथा डिप्लोमातर्फ १ सय ९५ वटा संस्थाले प्राविधिक कोर्सको कक्षा सञ्चालन गरिरहेका छन् । छोटो अवधिका तालिमहरू भने ५ सय वटा सम्बन्धन प्राप्त प्राविधिक तालिम प्रदायक संस्थाले प्रदान गरिरहेका छन् । सिटिइभिटीले साक्षर तथा एसईई दिएका विद्यार्थीका लागि छुट्टा छुट्टै कक्षा सञ्चालन गर्छ ।

निजी स्तरका शिक्षण संस्था देशैभर 

सिटिइभिटीमा स्वीकृति लिएर सम्बन्धित पाठ्यक्रमकै आधारमा देशभर निजी तथा सामुदायिक शिक्षण संस्थाहरू सञ्चालित छन् । प्रत्येक अन्चलमा दुई देखि १५ वटासम्म शिक्षण संस्थाले प्राविधिक शिक्षा प्रदान गरिरहेका छन् । विकट जिल्लाहरूमा पनि पोलिटेक्निक स्कुलहरू निर्माणाधिन अवस्थामा छन् । सामुदायिक विद्यालयहरूमा विशेषगरी कृषि, बालीविज्ञान, पशुपालन, कम्प्युटर, जेटिए, इलेक्ट्रिकलजस्ता कोर्सहरूमा विद्यार्थीको आकर्षण छ । यता निजी स्तरका प्लस टु तथा इन्स्टिच्युटहरूमा नर्सिङ, सिभिल, इलेक्ट्रिकल, ल्याब, मेकानिकलजस्ता विषयमा विद्यार्थी भर्ना धेरै हुने गरेको छ । 

कस्तो हुन्छ पाठ्क्रम र परीक्षा ?

सिटिइभिटीका कोर्सका बारेमा अध्ययन गर्नुपूर्व यसको पाठ्क्रम तथा परीक्षा प्रणालीका बारेमा जानकारी हुनुपर्ने शिक्षकहरू बताउँछन् । विज्ञहरूको सहभागितामा समयसापेक्ष शिक्षालाई पाठ्क्रममा समावेश गराउने गरिएको छ । हाल सिटिइभिटीमा टीएसएलसी तहका ४३ वटा डिप्लोमा तथा प्रमाणपत्र तहका ३४ तथा छोटो अवधिका १ सय ६७ वटा गरी २ सय ३४ वटा पाठ्क्रम उपलब्ध छन् ।

परीक्षा पनि विशेष गरी प्रयोगात्मकलाई प्राथमिकता दिइएको छ । टिएसएलसी अन्तर्गतका कोर्सका लागि ८० प्रतिशत प्रयोगात्मक तथा २० प्रतिशत सैद्धान्तिक परीक्षा लिइन्छ । डिप्लोमा तहमा भने ५० प्रतिशत प्रयोगात्मक तथा ५० प्रतिशत सैद्धान्तिक ज्ञानलाई प्राथमिकता दिइएको छ । परीक्षा पनि प्रवेश परीक्षा, वार्षिक परीक्षा र अन्तिम परीक्षा गरी तीन तहका छन् । शैक्षिक तालीका अनुरुप ठिक समयमा परीक्षा लिने, परीक्षा सकिएको ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने र उत्तिर्ण परीक्षार्थीहरूलाई प्रमाणपत्रका लागि आवेदन दिएको सामान्यतया ३ दिनभित्र प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।

रोजगारीको अवसर

सिटिइभिटी अन्तर्गतका प्राविधिक कोर्स अर्थात् व्यवसायिक तालिम लिएर उत्तीर्ण भैसकेपछि रोजगारीको समस्या पर्दैन । निजी तथा सरकारी स्तरका कार्यालयहरू रोजगारीको अवसरहरू प्रदान गरिन्छ । छोटो अवधिको तालिम लिइसकेपछि आफ्नै ब्यावसाय पनि सञ्चालन गर्न सकिन्छ । सिटिइभिटीअन्तर्गत सञ्चालित लेबल एकदेखि लेबल चारसम्मका पाठ्यक्रम अध्ययन गरेका विद्यार्थीले सरकारी सेवामा समेत प्रतिस्पर्धा गर्न सक्छन् । 

जसअनुसार लेभल (तह) एकले नेपाल सरकारको राजपत्रअनङ्कित तृतीय क्षेणी(प्रा) अर्थात खरदारदेखि तल प्रतिस्पर्धा गर्न पाइने व्यवस्था छ । त्यस्तै तह दुईले राजपत्र अनङ्कित द्वितिय श्रेणी (प्रा) अर्थात खरदार सरह साथै तह तीनमा सुब्बा सरह प्रतिस्पर्धा गर्न सक्छन् । तह चारमा नेपाल सरकारको राजपत्र अङ्कित तृतीय श्रेणी (प्रा) वा सो सरह वा तह व्यवस्था भएकोमा छैठौ तह (प्रा)का रुपमा वा अधिकृत सरह प्रतिस्पर्धा गर्न पाइने व्यवस्था छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik