• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
त्रिविमा अब योग शिक्षा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

त्रिविमा अब योग शिक्षा
आश्विन १६, २०७४

विश्व स्वास्थ्य संगठनले योगलाई स्वास्थ्य सेवा पद्धतिको एउटा पाटोका रूपमा मान्यता प्रदान गरेको दुई वर्षपछि नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले योगको औपचारिक शिक्षा सुरुवात गर्ने तयारी गरेको छ । 

नसर्ने रोगको प्रकोपलाई योग अभ्यासका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यताका साथ विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको हो । तीन वर्षअघि स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा नेपालमा नसर्ने रोगको प्रकोप ५२ प्रतिशतले बढेको पाइएको थियो । पछिल्लो समय नेपालमा पनि सरुवा रोगभन्दा नसर्ने रोगको प्रकोप बढेसँगै प्रवद्र्धनात्मक कार्यक्रम प्राथमिकतामा पर्न थालेका छन् । 

विशेष गरी खानपान र जीवनशैलीसम्बन्धी परिवर्तनका कारण नसर्ने रोगहरू मधुमेह, कोलेस्टोरल, मुटुको रोग, क्यान्सर तथा मानसिक समस्या बढ्न थालेपछि त्रिभुवन विश्वविद्यालयले योग शिक्षाको कार्यक्रम सुरु गर्न लागेको हो । त्यसका लागि विश्वविद्यालयले एकवर्षे कोर्सको तयारी गर्न लागेको छ । विषय समितिबाट पास गरी पाठ्यक्रम सुरु गर्ने अवस्थामा पुगेको विश्वविद्यालयले जनाएको छ । 

यो योग कार्यक्रमलाई पोस्ट ग्राजुएट इन हुमेन कन्सन एन्ड योग साइन्स नाम प्रस्ताव गरिएको र यो विषयलाई डिप्लोमा लेभलको मान्यता दिने तयारी भैरहेको विश्वविद्यालयको केन्द्रीय संस्कृत विभागका प्रमुख प्राध्यापक नरायणप्रसाद गौतमले बताए । दुई सेमेस्टरमा छुट्याइएको यो विषय अध्ययन गराउने प्रस्तावमा पहिलो ६ महिनाको सेमेस्टरमा ३ सय पूर्णांकको ७ वटा विषय हुनेछन्, जसमा योग र हुमेन कन्सन, योग र हेल्थ, उपनिषद् र योग, हुमेन साइकोलोजी, यौगिक साहित्य, भाषा र प्रयोगात्मक अध्याय १ र २ रहनेछन् । त्यसैगरी दोस्रो सेमेस्टरमा पनि त्यती नै पूर्णांकको ७ वटै विषय अध्ययन गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ, जसमा पतञ्जली योग, योग र हेल्थ, प्राकृतिक चिकित्सा विज्ञान (नेचुरलथेरापी), योग र अल्टरनेटिभ थेरापी, संस्कृत साहित्य एवं प्रयोगात्मक १ र २ रहनेछन् । 

योग विज्ञानले मानवको शारीरिक, मानसिक एवं आध्यत्मिक विकास गर्नुका साथै प्रयोगात्मक र सैद्धान्तिक वैज्ञानिक पद्धतिले मानव कल्याण कार्यहरू गर्न प्रोत्साहन गर्ने हुँदा यसका लागि औपचारिक शिक्षा नै आवश्यक भएको प्राध्यापक गौतमको भनाइ छ । अहिलेको वैज्ञानिक सुविधाले मानिसलाई भौतिक सम्पन्नता प्रदान गरे पनि मानसिक रूपमा सन्तुष्टि हुन नसकेको उनको बुझाइ छ । मानसिक सन्तुष्टि प्रदान गर्न अब योग शिक्षा लिएका विद्यार्थीले समाजमा सकारात्मक परिर्वतन ल्याउनुपर्ने उनको बुझाइ छ । ‘योग मानिसको सन्तुष्टिको प्रमुख महाविज्ञान हो भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भैसकेको छ ।’ उनले भने, ‘अब हामीले यसमा औपचारिक पाठ्यक्रम तयार गरी अघि बढ्ने योजना बनाएका छांै ।’ योग शिक्षालाई औपचारकिता दिन विश्वविद्यालयले विषय समिति बनाइसकेको छ । मानविकी संकायको डिन कार्यालयबाट स्वीकृत प्राप्त गरेपछि पाठयपुस्तक निर्माण गरी आगामी वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए । 

कार्यक्रमबाट विद्यार्थीलाई सैद्धान्तिक एवं व्यवहारिक (प्रयोगात्मक) योग सिकाउने योग र योग अभ्यास शारीरिक एवं मानसिक तन्तुहरूसँग तालमेल राख्ने अनि आयुर्वेदलाई बढावा दिने उद्देश्य राखिएको छ । यसमा विश्वविद्यालयले ज्ञान आर्जन गराई युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न प्रोत्साहन गर्ने, युवाहरूको शारीरिक, बौद्धिक र आध्यात्मिक विकास गरी देशको सर्वाङ्ग विकासतर्फ उन्मुख गराउने, महाविज्ञान योगको प्रशिक्षणबाट विश्वमा वसुदैव कुटुम्बकम–विश्व भ्रातृत्ववादको अवधारणालाई विश्वव्यापी रूपमा अघि बढाउने उद्देश्य राखेको छ । 

कोर्सलाई व्यवहारिक बनाउन सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने गरी पाठ्यक्रम निर्माणको तयारी गरिएको प्राध्यापक न्यौपानेले बताए । यो विषयमा विदेशी विद्यार्थीहरूलाई समेत अध्यापन गराउने तयारी भैरहेको बताइन्छ । यो कार्यक्रमको मूल्यांकन ३० प्रतिशत आन्तरिकबाट र ७० प्रतिशत परीक्षाबाट गरिनेछ । विश्वविद्यालयले तत्काललाई उपत्यकाका कलेजहरूलाई यो कार्यक्रम संचालन गर्न स्वीकृत दिने र बिस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्ने योजना बनाएको छ । हाललाई संस्कृत विभागअन्तर्गत राखिए पनि भविष्यमा यसको छुट्टै विभाग बनाउने तयारी छ । 

कसले पढ्न पाउँछ 

जुनसुकै संकायमा डिप्लोमा गरेकाहरूले यो पाठ्यक्रम अध्ययन गर्न पाउँछन् । यसको कक्षा सञ्चालन जनवरी र जुलाई गरी दुई सेमेस्टरमा गरिनेछ । भर्नाको अवसर भने वर्षभरि नै खुला रहने प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik