• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
विद्यार्थी भिसामा देश छाड्नेको लहर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

विद्यार्थी भिसामा देश छाड्नेको लहर
कार्तिक ९, २०७४

नेपालमा विश्वविद्यालय, कलेज तथा विद्यालय खोल्ने होडबाजी नै छ । हामीकहाँ विश्वविद्यालय मात्र नौवटा छन् । प्राविधिक शिक्षा दिने शिक्षालय तथा कलेजहरूको संख्या सयौं छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कोर्स सञ्चालन गरिरहेका कलेज पनि लगभग ९५ वटा छन् । विडम्बना, यति धेरै शिक्षालय हुँदाहुँदै पनि विद्यार्थी भिसामा देश छाड्ने विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । विदेश पढ्न जाने रहर मात्र नभै लहर नै चलिरहेको छ । 

आधुनिक जीवनशैली बाँच्ने, सुविधासम्पन्न कलेजमा पढ्ने तथा गुणस्तरीय एवं व्यवहारिक शिक्षा लिने बहानामा देश छाड्ने युवाहरूको जमात ठूलो छ । यो जमात देख्दा लाग्छ, नेपालमा अध्ययन गर्न सकिने कलेज नै छैनन् । नेपालमा पढेर रोजगारी प्राप्त गर्न सकिँदैन । वैदेशिक अध्ययनका लागि शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या हेर्ने हो भने नेपालमा पढ्ने कलेज नै छैनन् कि भन्ने लाग्न सक्छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल नेपालका शिक्षण संस्थाहरूले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी पलायन रोक्नुपर्ने कुरामा जोड दिन्छन् । विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध छ भन्ने परामर्शको आवश्यकता छ, तर यसका लागि भरपर्दो नीति छैन । 

यद्यपि नेपालको भन्दा फरक शिक्षा प्रणाली भएको देशमा अध्ययन गरेर क्षमता विकास गर्नुलाई गलत मान्न नहुने तर्क पनि गरिन्छ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष प्रकाश पाण्डे अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न विदेश जानुलाई अनुचित भन्न नमिल्ने तर्क गर्छन् । पाण्डे भन्छन्— गुणस्तरीय पढाइ र राम्रो अवसरका लागि विद्यार्थीहरू बाध्य भएर विदेश गैरहेका छन् । विदेश जाने विद्यार्थीहरूका बारेमा सरकारसँग तथ्यांक भए पनि स्वदेश फर्कनेहरूको कुनै तथ्यांक छैन । विदेशमा अध्ययन पूरा गरेर फर्किएका युवाहरूले स्वदेशमा अवसर पाएका छन् कि छैनन् भन्ने विषयमा पनि कुनै अध्ययन भएको पाइँदैन । 

बर्सेनी बढेको बढ्यै

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५० हजार ६ सय ५९ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । यसबाट सरकारले १० करोडभन्दा बढी राजस्व संकलन गरेको छ भने डेढ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । ६ वर्षअघिको तथ्यांक हेर्ने हो भने १० हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लगेको देखिन्छ । त्यसपछि बर्सेनि औसत ६ हजार थपिँदै गएका छन् । यो वर्ष १८ हजार १ सय ७० भन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । समग्रमा यस्तो अनुमति लिने विद्यार्थी संख्या बर्सेनि २ हजारको दरले बढिरहेको छ ।

धेरैको रोजाइमा अस्ट्रेलिया

पछिल्ला वर्षहरूमा अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको छ । अस्ट्रेलियामा एकै वर्षमा २४ हजार २ सय ३३ विद्यार्थीले भिसा आवेदन दिएको तथ्यांक छ । त्यसपछि जापान, अमेरिका, भारत, चीन, क्यानाडा, पोल्यान्ड, बंगलादेश, जर्मनी, बेलायत, डेनमार्क, श्रीलंका आदि छन् । जापानका लागि १० हजार ४ सय १६ तथा अमेरिकाका लागि ३४ सय ८३ विद्यार्थीले आवेदन दिएका थिए । 

विदेश नै किन 

कतिपयले विदेश पढ्न जानुलाई फेसनकै रूपमा लिए पनि नेपालमा गुणस्तरीय शिक्षाको अभाव नै यसको प्रमुख कारण मानिएको छ । अन्तर्राष्ट्रिय शिक्षा लिएर सक्षम एवं सबल बन्न मात्र नभै सुरक्षित भविष्यका लागि पनि विदेश रोजिएको पाइन्छ । विदेशी डिग्री लिएर विदेशी श्रमबजारमा बिक्न तथा करियर सुरक्षित बनाउन नेपाली युवाहरूले मरिहत्ते गरेको पाइन्छ ।

नेपालको राजनैतिक अस्थिरता एवं व्यवहारिक शिक्षाको अभाव आदि कारणले नै विद्यार्थीहरू बाहिरिने बागबजारस्थित रोहिणी इन्टरनेसनल सर्भिसका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारी बताउँछन् । भण्डारी भन्छन्— नेपालमा डिग्री सकेर पनि बेरोजगार बस्नुपर्ने साथै विदेशमा पढिसक्दा रोजगारी पनि प्राप्त हुने भएकाले, विद्यार्थीहरू उतै आकर्षित भैरहेका हुन् । नेपाली युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु एवं रोजगारीको ग्यारेन्टी नहुनुमा सरकार जिम्मेवार रहेको भण्डारीको आरोप छ । 

पढाइपछिको रोजगारी

विदेश अध्ययनका लागि गैसकेपछि पढ्दै वा पढाइ सकेर रोजगारीको अवसर जुटाउन सकिन्छ । क्षमता, योग्यता वा सीपका आधारमा सामान्य रोजगारी प्राप्त गर्न कठिन छैन् । पढाइ खर्च जुटाउन पार्ट टाइम जब हासिल गर्न कुनै समस्या पर्दैन । सातामा १५ देखि २५ घण्टासम्म काम गर्न पाइन्छ ।

पुतलीसडकस्थित टिम कन्सल्टका म्यानेजिङ डाइरेक्टर विनोदकुमार सुवेदी भन्छन्— विदेश गएपछि सुरुका केही महिनासमस्या भए पनि पढ्दै काम गर्न थालेपछि कुनै असहजता महसुस हुँदैन । विदेशमा जुनसुकै स्तरको काम गरे पनि सम्मान नै हुन्छ, त्यहाँ श्रमको सम्मान गर्ने प्रचलन छ । सुवेदी भन्छन्— पार्ट टाइम जबले विद्यार्थीको दैनिकी एवं पहिलो तथा दोस्रो सेमेस्टरपछिको खर्च धान्न सक्छ ।

रोजगारीका क्षेत्र

हातमा राम्रो सीप भए विदेशमा त्यही अनुसारको रोजगारी प्राप्त गर्न समस्या छैन । नेपाली, बंगाली, भारतीय, पाकिस्तानी तथा अफ्रिकी विद्यार्थीहरूले लगभग एकै किसिमको काम पाइरहेका हुन्छन् । जापान पुगेका विद्यार्थीले विशेष गरी रेस्टुराँमा काम पाउँछन् । कुक वा वेटरका रूपमा काम गर्दा मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । मिनी सुपरमार्केटमा रोजगारीको सम्भावना बढी हुन्छ । अस्ट्रेलियामा धेरैजसो रेस्टुराँ, बर्गर हाउस, कफी हाउस आदिमा काम पाइन्छ । त्यसबाहेक कस्टम केयर, डिपार्टमेन्टल स्टोर आदिमा पनि रोजगारीको सम्भावना हुन्छ । 

रोजाइमा अन्य देश

नेपाली विद्यार्थी नामै नसुनेका वा युद्धग्रस्त देशमा पनि गएको पाइन्छ । छिमेकी भारत, चीन तथा श्रीलंकाबाहेक बेलारुस, गुयाना, साउदी अरेबिया, स्लोभाकिया, स्विट्जरल्यान्ड, पोल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया, हल्यान्ड आदि देशका लागि पनि विद्यार्थीहरूले नो अब्जेक्सन लेटर लिँदै आएका छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik