• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
एसइई परीक्षा : चिन्ता नलिनुस्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

एसइई परीक्षा : चिन्ता नलिनुस्
वैशाख १३, २०७७

सामान्य अवस्था हुँदो हो त यतिबेला एसइई परीक्षा सकेर विद्यार्थीहरू कुनै भ्रमणमा निस्किएका हुन्थे । जीवनमा पहिलो पटक नयाँ ठाउँको अनुभव लिएर अनौठो दृश्यहरूमा रमाइरहेका हुन्थे । 

एक दशकभन्दा बढी समय घर र स्कुलको दूरीमात्र गरिरहँदाको क्षण पट्यारलाग्दा हुँदा हुन् । त्यसैले अधिकांश विद्यार्थीले यो क्षणलाई याद्गार बनाउँथे । कोही आगामी कक्षाका लागि अब्बल तयारीमा जुटिरहेका हुन्थे, त कोही रमाइरहेका हुन्थे नयाँ सिकाइमा । यतिबेलै हो, उनीहरूले चंगा मन लिएर सुन्दर भविष्यको कल्पना गर्ने, नयाँ योजना र सपनाहरू बुन्ने । 

तर, यो साल त्यस्तो भइदिएन । विश्वभर महामारीको रूपमा देखा परेको कोभिड–१९ संक्रमणको सिकार नेपाल पनि बन्यो । कोरोना संक्रमणको डर बढ्दै गएपछि चैत्र ६ गतेबाट सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गर्ने–नगर्ने भन्नेबारे छलफल भइरहेको थियो । 

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री युवराज खतिवडाले चैत्र ४ गते नियमित तालिका अनुसार नै सञ्चालन हुने बताएका थिए । उच्च सतर्कतासाथ एसइई सञ्चालन गर्ने परीक्षा बोर्डले बताएको थियो । 

तर, परीक्षा सञ्चालन हुने अघिल्लो दिन मन्त्रालयले सूचना जारी ग¥यो– ६ गतेबाट सञ्चालन गर्ने भने भनिइएको एसई परीक्षा स्थागित । 

यो सूचनाले परीक्षाका लागि पूर्ण तयार भएका ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीलाई विचलित बनायो । 

अन्योलमा विद्यार्थी, चिन्तामा अभिभावक

भक्तपुरस्थित नालोन्दा विद्यामन्दिर, सानोठिमीका विद्यार्थी आर्याजंग बस्नेत चैत्र ५ गते भोलिपल्ट परीक्षा हुने विषयको पूर्ण तयारीमा थिए । तर, अचानक एसइई स्थगित भएको सुनेपछि उनको अनुहार निन्याउरो भयो । अनिश्चितकालसम्मको लागि स्थगित भएको थाहा पाएपछि उनी अलमलमा परे । ‘सरहरूले यो बेला स्वास्थ्य महत्वपूर्ण कुरा हो, एसइईको चिन्ता नगरौं भनेर सम्झाउनु भयो । तर, हामी सबै साथीहरू चिन्तामा थियौं, तयारी खेर जान्छ भनेर,’ आर्याजंगले भने । स्थगित भएको दुई दिनपछि उनले पुनः पढेका कुरा दोहोर्याउन थाले । शिक्षकहरूमार्फत् फेसबुकमा ग्रुप बनाएर अनलाइनबाटै छलफल हुन थाल्यो । ‘तर, अनलाइनमा कहिले नेटको समस्या हुने र समय खेर मात्र जाने । सोचेजसरी पढ्न पनि नसकिने,’ उनले समस्या सुनाए । 

एकातिर कोरोना संक्रमणको डर, अर्कोतिर गुम्सनुपर्ने लकडाउन । आर्याजंगलाई मस्तिष्कमा अल्झिरहेको एसइई परीक्षा यतिबेला बोझिलो बनेको छ । भन्छन् ‘परीक्षा कहिले हुने हो थाहा छैन । डरले गर्दा सोचेजसरी पढ्न पनि सकिन्न ।’

सोही स्कुलमा पढ्ने रीदिक्षा अधिकारी एक–दुई दिनपछि पुस्तक पल्टाउँदा बिर्सिएको जस्तो हुने बताउँछिन् । ‘पढिमात्र रहन पनि सकिन्न । एकछिन मोबाइल चलायो भने बा–आमाले पढ्न कर गर्नुहुन्छ,’ रीदिक्षा बताउँछिन् । 

सोलुखुम्बुको सोताङस्थित सामुदायिक विद्यालयमा पढ्ने छात्रा तेजिना बस्नेतको पनि यसैपालि एसइई थियो । चैत्र ५ गते प्रवेश पत्र लिएर घर आएपछि साँझ ८ बजेमात्र परीक्षा स्थगित भएको थाहा पाइन् । अहिले उनले पहिले जसरी परीक्षा तयारी गर्न सकिरहेकी छैनन् । ‘दिउँसोभरि काम गनुपर्छ । कोरोनाको डरले पनि पढ्ने जाँगर हराएको छ । अब एसइई दिन पहिलेजस्तो सहज हुँदैन जस्तो लाग्छ,’ उनी सुनाउँछिन् । राजधानीमा जस्तो तेजिनाको गाउँमा नेटको पहुँच छैन । उनको अनलाइन कक्षा त के बिदापछि कुनै शिक्षकसँग सम्पर्क समेत हुन सकेको छैन । भन्छिन्, ‘पढ्न अहिले निकै असहज भइरहेको छ ।’

नवोदय शिशु सदन हेटौंडाकी प्रसिद्धिका लम्साल अहिले स्कुलले अनलाइनबाट एसइई तयारीको कक्षा लिइरहेको बताउँछिन् । तर, तयारी जति नै भए पनि मनोवैज्ञानिक असर परिरहेको उनको अनुभव छ । भन्छिन्, ‘पढ्दा पनि चिन्ता नपढ्दा पनि चिन्ता । उत्साह सबै हराइसकेको छ ।’

स्कुलमा अन्य वर्षभन्दा भन्दा एसइई दिने वर्षलाई अभिभावकहरू बढी चासोको रूपमा लिन्छन् । त्यसैले यो स्थितिमा अभिभावकहरू पनि चिन्तामा देखिएका छन् । 

लोक आदर्श एकेडेमी कीर्तिपुरकी छात्रा अन्शु खरेलकी आमा लक्ष्मी बस्नेत छोरीको एसइईका कारण आफू चिन्तामा रहेको बताउँछिन् । ‘अहिले छोरीले खासै पढाइलाई ध्यान दिन सकेकी छैन । मनमा त्रास छ नि त’, लक्ष्मी भन्छिन् । यो समयमा आफूले पनि छोरीलाई पढ्न दवाब नदिएको बताउँछिन् । भन्छिन्, ‘यो बेलामा पढ्न दवाब दिए झन् समस्या हुन्छ । मैले उनले चाहेअनुसार खेल्न पनि दिएको छु ।’ 

यो बेलामा एसइईको कारण चिन्तामा परेका आफ्ना सन्तानलाई अन्योलमा नराख्न अभिभावकको अनुरोध छ । ‘उनीहरूलाई पढेको कुरा बिर्सिइन्छ र परीक्षा बिग्रिन्छ भन्ने चिन्ता छ । कहिले हुने हो भन्ने अन्योलले डर फैलिरहेछ । यो अन्योल सरकारले हटाइदिए हुन्थ्यो,’ एक अभिभावकले भने । 

परीक्षाको विकल्प छ ?

शिक्षाविद् विद्यानाथ कोइराला संघीय नेतृत्वको अन्योलले विद्यार्थीको मनमा त्रास उब्जाएको बताउँछन् । ‘शिक्षामन्त्रीकै बोलीका कारण विद्यार्थीहरूलाई अन्योल भएको छ । हिजोको परम्परा धानिरहनुपर्छ भन्ने चेतना बोर्ड र सरकारमा छ,’ कोइराला भन्छन्, ‘यो अन्योल हटाउने थुप्रै विकल्प र तरिका छन् ।’

यो संकटको बेलामा एसइई राख्नै पर्ने आवश्यकता नभएको उनको ठम्याइ छ ।  ‘एसइई भनेको १० कक्षा हो । हाम्रो विद्यालयको बनोटअनुसार हेर्ने हो भने ८ कक्षा आधारभूत, १२ कक्षा माध्यमिक हो । त्यसोभए कक्षा १० को परीक्षा किन लिनू ?,’ कोइराला भन्छन् । उनका अनुसार स्कुलले लिएको परीक्षामा प्राप्त नम्बर जोडेर नै विद्यार्थीलाई पास गराउँदा यो बेला उपयुक्त हुन्छ । उनी अर्को विकल्प पनि औंल्याउँछन्, ‘अहिले अलनाइनबाट व्यक्तिगत रुपमै परीक्षा दिन पाउने तरिका छ । यही प्रश्नलाई खुला मोडलबाट रिमोडलिङ गरेर जाँच लिँदा पनि हुन्छ । अर्को तरिकाचाहिँ परीक्षा नै लिनुपर्ने आवश्यक छैन । कक्षा ११ मा भर्ना हुन उनीहरूलाई रोक्नु हुन्न ।’

तर, विद्यानाथको यो विकल्प सैद्धान्तिक भएकाले व्यावहारिक नहुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल बताउँछन् । ‘स्कुलकै मूल्यांकन गरिदिए हुन्छ भन्ने सैद्धान्तिक कुरा भयो । बोेर्ड परीक्षाको आफ्नै नियम र कानुन छ ।  स्कुलले लिएको परीक्षा कहाँ छ र ? टेस्ट लिन पाइँदैन भनेर कानुनमा भनिएको छ । सामुदायिक विद्यालयले टेस्ट लिएकै छैनन्,’ पौडेल भन्छन्, ‘होम सेन्टर पनि सम्भव छैन । ११ हजार विद्यालयमा पुग्ने प्रहरी कहाँ छन् र हामीकहाँ ? पोहोर प्रश्नपत्र आउट भयो । त्यसैले कुनै हालतमा यो सम्भव छैन ।’

यद्यपि, कोइराला भने यो कुरामा सहमत छैनन् । ‘राष्ट्रिय परीक्षा बोर्डलाई मैले मेरो यो कुरा राख्दा नियम परिवर्तन भएको छैन भन्ने कुरा आयो । नियम मिच्दा अफ्ठेरो पर्छ वा आफ्नो नियन्त्रणमा बसिरहेको कुरा नियन्त्रण भन्दा बाहिर जाला भन्ने होला । आँट पनि नभएको होला’, उनी भन्छन्  ।  

परीक्षा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘लकडाउन सकिएको केही समयपछि परीक्षा सञ्चालन हुनेछ । अरू विकल्प अहिले छैन ।’ 

विद्यार्थीहरूलाई सुझाव

शिक्षाविद् कोइराला यो बेला विद्यार्थीहरूलाई परीक्षाको चिन्ता नलिन सुझाव दिन्छन् । ‘यो जाँचको निम्ति चिन्तै नगर्नुस् । एक त फेल हुँदैन । जुनसुकै ग्रेड आए पनि समस्या होइन । यो सामान्य परीक्षा हो,’ उनको सुझाव छ । परीक्षा बोर्डका अध्यक्ष पौडेलको पनि विद्यार्थीहरूलाई यही सुझाव छ । भन्छन्, ‘यो बेलामा स्वास्थ्यलाई बढी ध्यान दिनुहोस् । परीक्षाको कारण चिन्तामा नरहनुहोला ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik