• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
अरू देशले के गर्दैछन् ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

अरू देशले के गर्दैछन् ?
वैशाख ३१, २०७७

कोभिड–१९ संक्रमणका कारण विश्वका अधिकांश देशलाई विद्यालय सञ्चालन र पठन–पाठनमा समस्या परिरहेको छ । यतिबेला कतिपय उपाय र विकल्प प्रभावकारी देखिएका छैनन् । केही देशमा अनलाइनबाट पठनपाठन सञ्चालन गरिएको छ भने कतिपयले सामाजिक दूरी कायम गरेर विद्यालय नै खोलेका छन् । शिक्षाविद् केदारभक्त माथेमा विदेशमा के–कस्तो अभ्यास गरिएको छ, राम्रा कुराहरूको सिको नेपालले गर्न सक्ने बताउँछन् । ‘कहाँ–कहाँ राम्रा प्राक्टिस गरेका छन्, त्यसको अध्ययन गरौं, दूतावासमार्फत ती देशहरूबाट सहयोग लिऊँ,’ उनी भन्छन् । 

दक्षिण कोरियाले आफ्ना विद्यार्थीहरूलाई उमेरअनुसारको तालिका बनाएर अनलाइन शिक्षण गरिरहेको छ । उसले ठूला बालबालिकाहरूको एकसाता पहिले र बाँकीको अप्रिल १६ बाट कक्षा सुरु गरेको हो । स्कुलबाहिर हुँदा पुस्तकालयमा स्वतन्त्र रूपमा अध्ययन गर्न चाहेका विद्यार्थीले पुस्तकालय अभावका कारण दु:ख मनाउ गरेका छन् । दक्षिण कोरियाको शिक्षा मन्त्रालयले १ लाख ७० हजार विद्यार्थीमा स्मार्ट उपकरणको पहुँच पुग्न नसकेको अनुमान गरेको छ । यद्यपि, स्थानीय सरकारले कम आय भएका विद्यार्थीहरूलाई उपकरण वा इन्टरनेट पहुँच आवश्यक पर्ने सहयोग गर्ने वाचा गरेका छन् । आफूहरूलाई राम्रो तालिम नदिइकनै भर्चुअल प्रक्रियामा जानुपरेकाले त्यहाँका शिक्षकहरू चिन्तित छन् ।

‘हामी कसरी प्राथमिक स्कुल स्तरमा टेक्निकल चुनौती सामना गर्न सक्छौं भन्ने कुरामा चिन्तित छौं । बालबालिकाहरू टाइप गर्न वा लग इन गर्ने तरिका पत्ता लगाउन सक्दैनन्, उनीहरूका बा–आमाहरू उनीहरूसँग हुँदैनन्,’ एक शिक्षिकाले त्यहाँको सञ्चारमाध्यमलाई बताइन् । त्यहाँको हालै भएको सरकारी सर्वेक्षणमा ६६ प्रतिशत अभिभावकले मात्र अनलाइन कक्षाको अवधारणालाई समर्थन गरेका छन् । बाँकी अभिभावक बालबालिकाको स्वास्थ्यका बारेमा चिन्तित देखिएका छन् । 

अमेरिकाले पनि अनलाइन कक्षालाई केन्द्रित गरेको छ । तर, त्यो त्यति प्रभावकारी हुन सकेको छैन । शिक्षकहरूलाई विद्यार्थीहरूको ठूलो संख्यामा कक्षा सञ्चालन गर्न चुनौती भइरहेको छ । धेरै विद्यार्थीहरू अझै पनि कम्प्युटर वा इन्टरनेटको पहुँचबाहिर छन् । त्यहाँ पनि लामो समय यस्तै अवस्था रहिरह्यो भने सामान्य अवस्थामा स्रोतको पहुँचबाट बञ्चित भएकाहरू बढी नै विभेदमा पर्ने खतरा हुने न्युयोर्कका द एजुकेसन ट्रस्टका कार्यकारी निर्देशक इयान रोजन ब्लमले सञ्चारमाध्यमलाई जनाए । 

यद्यपि, केही देशमा अनलाइन शिक्षा प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रयास गरिएको छ र अन्य प्रक्रियाबाट अध्यापनलाई सहज बनाइएको छ । अर्जेन्टिनामा अप्रिल १ बाट शिक्षा मन्त्रालय र प्रेस तथा जनसम्पर्क सचिवालयले रेडियो र टेलिभिजनमार्फत सिकाइ सुरु गरेका छन् । ब्रोडकास्टिङमा शिक्षक र प्रस्तोता दुवै हुने व्यवस्था छ । विद्यार्थीहरूलाई टेलिभिजनबाट १४ घण्टा र रेडियोबाट ७ घण्टा अध्यापन गराइन्छ । टेक्नोलोजी र कनेक्टिभिटीको समस्या भएको विद्यार्थीका लागि ९ वटा नोटबुक प्याक तयार गरिएको छ । जुन शिक्षकहरूले घरमै उपलब्ध गराउँछन् । त्यसमध्ये २ वटा पूर्वप्रावि, ४ वटा प्रावि, २ वटा मावि तहका बालबालिका र एउटा परिवारलाई उपलब्ध हुन्छ । 

चीनमा अनलाइन एजुकेसन फरक ढंगले सञ्चालन गरिएको छ । सुरुमै इन्टरनेटको पहुँच कम भएको ठाउँमा प्रभावकारी बनाउन सरकारले इन्टरनेट प्रदायक संस्थालाई परिचालन गर्‍यो । विद्यार्थीलाई कुन विधिबाट सजिलो हुन्छ त्यही विधि छनोट गर्नु भनेर शिक्षकलाई सरकारले निर्देशन दियो । त्यहाँ सबै शिक्षकलाई अनलाइन शिक्षण विधिको गाइडलाइसमेत दिइएको छ भने अनलाइनमार्फत मनोसामाजिक परामर्शसमेत दिइने गरेको छ । 

अस्ट्रियाको शिक्षा मन्त्रालयको वेबसाइटमा सामग्री प्रस्तावहरूको एक ठूलो संख्या संकलन गरिएको छ । लर्निङ प्लेटफार्महरू जस्तै मुडल(अनलाइन लर्निङ पोर्टल) र एलएमएस प्रयोग भइरहेको छ, साथै माइक्रोसफ्ट र गुगलजस्ता कम्पनीहरूबाट क्लाउड समाधानका काम भइरहेका छन् । मन्त्रालयले बनाएको सामग्री प्लेटफर्म एडुथेकले घरको अभ्यास गर्न र उनीहरूको ज्ञानलाई गहिरो बनाउन सबै स्कुल स्तरका विद्यार्थीहरूलाई सामग्री प्रदान गरेको छ । हाल स्कुलका पुस्तकहरूका धेरै प्रकाशकहरू र प्रदायकहरूले उनीहरूको केही सामग्री नि:शुल्क प्रदान गरिरहेका छन् ।

१८ मार्च २०२० देखि सार्वजनिक टिभी स्टेसनले सबै स्कुल स्तरहरूमा विद्यार्थीहरूका लागि विशेष शिक्षा कार्यक्रम प्रदान गरिरहेको छ । प्रत्येक बिहान ६ बजेदेखि ९ सम्ममा प्रि–स्कुल र प्राथमिक विद्यालयका बालबालिकाका लागि कार्यक्रम प्रसारण गरेको छ । वृत्तचित्रहरू, जानकारीमूलक खण्डहरू र स्पष्टीकरणात्मक भिडियोहरू साथै यो लक्षित समूहका लागि विशेष रूपमा डिजाइन गरेको छ । 

त्यहाँको सरकारले डिजिटल शिक्षण वातावरणको दक्षता सुधार गर्न थप प्रयासहरू गरिरहेको छ । हाल मन्त्रालयले दूरशिक्षाका लागि दिशानिर्देशहरू र शिक्षक तथा स्कुल प्रबन्धकका लागि एकल बिन्दुको रूपमा एक दूरी शिक्षा सेवा पोर्टलको अवधारणामा काम गरिरहेको छ । स्थानीय तहमा बालबालिकालाई नि:शुल्क अनलाइन शिक्षा पनि प्रदान गरिएको छ । मोबाइल, टेलिफोन तथा इमेलमार्फत मनोवैज्ञानिक परामर्श पनि दिने गरिएको छ । 

चिलीमा पनि डिजिटल माध्यमबाट नै पढाइएको छ । चिली शिक्षा मन्त्रालयको एक टोलीले विविध सामग्रीलाई अन्य देशहरूमा पनि स्कुलहरू बन्द हुने क्रममा उपलब्ध गराएको थियो । यी सामग्रीमध्ये केही ४ देखि १३ वर्षका बालबालिकाहरूका लागि नि:शुल्क भिडियोहरू समावेश छन् ।

कोलम्बियामा सुरुका दुई साताका लागि शिक्षकहरूलाई शैक्षिक योजना तयार गर्न समय दिइयो । उनीहरूले सोहीअनुसार तयारी पनि गरे । कोलम्बिया सरकारले शिक्षक र शैक्षिक संस्थाको समन्वयमा देशभरि प्राथमिकदेखि मध्य विद्यालयका विद्यार्थीहरूका लागि सार्वजनिक रेडियो र टेलिभिजन दुवै शैक्षिक कार्यक्रम प्रसारण गर्न पनि सुरु गर्‍यो । इन्टरनेट पहुँच भएको ठाउँमा सोहीअनुरूप तयारी गर्‍यो । शिक्षा मन्त्रालयले ८० हजारभन्दा बढी डिजिटल शिक्षण संसाधन, विभिन्न मोडल, खेल तथा भिडियो गेमलगायतका विविध सामग्री व्यवस्था गर्‍यो । इन्टरनेटमा पहुँच नभएका परिवारहरूका लागि सरकारले घरबाट सिक्ने व्यवस्थाको डिजाइन गर्‍यो ।

भियतनाममा भने सोमबारयता सामाजिक दूरी कायम गरेर विद्यालयहरू सञ्चालन हुन थालेका छन् । विद्यालयहरू खोल्ने भियतनामी सरकारको निर्णय दक्षिणपूर्व एसियाली देशले अप्रिलको अन्त्यमा सामाजिक दूरीको उपायमा सहज पारेपछि आएको थियो । विद्यालयमा भौतिक पूर्वाधार व्यवस्थापन र सामाजिक दूरी कायम गरेर मात्र सञ्चालन गरिएको त्यहाँका अधिकारीले बताए । 

विद्यार्थीहरूलाई १ मिटरको दूरीमा अलग रहन आदेश दिइएको छ र सबैले मास्क लगाउनुपर्ने अनिवार्य छ । तर, विद्यार्थीहरूमा आशंका र त्रास भने पूर्णरूपमा घटेको छैन । त्यहाँका विश्वविद्यालयहरू पनि एकपछि अर्को गर्दै सुरु हुन थालेका छन् । आधिकारिक परीक्षणका अनुसार भियतनाममा २ सय ७१ संक्रमणका केसहरू छन् र मृत्यु संख्या शून्य छ । 

बेलायतमा इन्टरनेट पहुँच र सुविधा भएका बालबालिकालाई इन्टरनेटबाटै पढाउने गरिएको छ । मोबाइल वा इन्टरनेटको सुविधा भएको बालबालिकालाई सोहीमार्फत पढाइ गराउने र उपलब्ध नहुनेहरूलाई सातामा एक पटक शिक्षक नै पुगेर डकुमेन्ट विद्यार्थीलाई बुझाउने अभ्यास भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik