साप्ताहिक संवाददाता
नेपाली चित्रकला, फोटोग्राफी र मूर्तिकलालाई विश्वसामू चिनाउने उद्देश्य सहित ४ दिने सिन्थेसिस आर्ट एक्जिविसन हालै सम्पन्न भएको छ । गत बैशाख १९ गते सुरु भएर २२ गते समापन भएको उक्त एक्जिविसन बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरी सञ्चालन गरिएको थियो ।
एक्जिविसनमा लोकचित्रकार, प्रेममान चित्रकार र समुन्द्रमान सिंह श्रेष्ठका विशेष संकलनहरु प्रदर्शनीमा राखिएका थिए । साथै फोटोग्राफीमा यानिक श्रेष्ठ, समिर महर्जन र आकाश प्रधानका संकलनहरु राखिएका थिए । त्यसै मूर्तिकलामा प्रथम आर बज्राचार्य, पूण्य आर बज्राचार्य, सप्तआर ब्रजाचार्य, अमिर शाक्य तथा प्रदिप शाक्यका मूर्तिकलाका संकलनहरु पनिप्रदर्शनमा राखिएकाथिए ।
त्यसैगरी कन्टेम्पोररी चित्रकलामा रासना बज्राचार्य, एरिना ताम्राकार र मिशेल एलएल का संकलनहरु राखिएका थिए । समापन समारोहमा चर्चित लोक ब्याण्ड दि नाइटले विभिन्न लोक संगीत प्रस्तुत गरेको थियो । नेपाली संस्कृति झल्किने कला, संगीतलाई योगदान दिने उद्देश्यले गरिएको तिलिचो कला तथा ओल्ड दरबारको समन्वयमा आयोजना गरिएको थियो ।