
साप्ताहिक संवाददाता

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पृथ्वी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी भैरहेको छ । बिहीबार प्रारम्भ भएको उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ । प्रदर्शनीमा १५ वटा चित्र राखिएका छन् । श्रेष्ठको यो पाँचौ एकल चित्रकला प्रदर्शनी हो ।
उक्त प्रदर्शनीको उद्घाटन चीनका वरिष्ठ कलाकार जाहो जिन्क्वीले गरेका थिए । असार ६ गतेसम्म चल्ने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ भने शनिबार १२ बजे प्रारम्भ हुनेछ ।