
साप्ताहिक संवाददाता

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो पत्रकारहरूद्वारा खिचिएको फोटो प्रदर्शन भैरहेको छ । फोटो पत्रकार क्लबद्वारा आयोजित उक्त प्रदर्शनीमा १ सय ६० वटा तस्बिर अवलोकन गर्न सकिन्छ । साउन २१ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा ९० जनाभन्दा बढी फोटोग्राफरको तस्बिर संकलित छ ।
पिजे क्लबले हरेक वर्ष सञ्चालन गर्दै आएको फोटो प्रतियोगिताका लागि यसपालि ७ हजार तस्बिर प्राप्त भएका थिए जसमध्ये उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिएका छन् ।