हो, भ्यालेन्टाइनले नवजोडीलाई प्रेमको महत्त्व अनुभूति गराउँछ र पुराना प्रेम जोडीहरूलाई सुखद् प्रेमको सम्झना गराउँछ ।
कमल क्षेत्री, गायक
प्रेम नभएकाले होला, थाहै भएन । फ्लर्टिङ सेन्समा चाहिँ मुड बढ्छ कि ? साँचो प्रेममा चाहिँ त्यसो नहोला ।
कर्म, नायक
प्रेम पनि मुडमा डिपेन्ट हुन्छ र ? यतिबेला वातावरण नै प्रेममय हुने भएकाले त्यस्तो लागेको मात्रै हो ।
नम्रता श्रेष्ठ, नायिका
साँचो प्रेम गर्नेहरूका लागि हरेक महिना भ्यालेन्टाइन महिना हुन्छ ।
चेतन सापकोटा, संगीतकार
प्रेमको कुनै महिना वा मौसम हुँदैन, तर अहिलेका युवापुस्ताले भ्यालेन्टाइन डेलाई विशेष महत्व दिने भएकाले उनीहरूमा मुड आउनु स्वभाविक हो । के गर्नु, मुड मात्र भएर नहुने रहेछ ।
उत्तम थापा युडी, गायक
प्रेम गर्नलाई कुनै दिन वा महिना कुर्नु पर्दैन । साँचो प्रेम गर्नेहरूका लागि हरेक दिन, हरपल भ्यालेन्टाइन्स हुन्छ ।
हसन खान, नायक
मन पर्ने साथी भएपछि मुड सदावहार हुन्छ । भ्यालेन्टाइन त कामबाट बिदा लिएर माया गर्ने बहाना मात्रै हो ।
सुरक्षा पन्त, नायिका
प्रेम मनले गर्ने हो, मुडले होइन । मेरा लागि त हर दिन प्रेम दिवस हो ।
उत्सव रसाइली, सञ्चारकर्मी
प्रेमिका हुनेहरूको मुड बढ्छ होला, नहुनेहरूलाई त अर्काको देखेर महिनाभरि डाह र छटपटी हुन्छ होला ।
विल्सनविक्रम राई, हास्यकलाकार
जाडोमा तात्तातो झोल म:म खान मन लागेजस्तै फेब्रुअरी १ देखि नै प्रेमको तल–तल लाग्छ ।
मञ्चिन शाक्य, मोडल
माया त हरेक महिना र हरेक दिन नै गरिन्छ, तर दसैं आएपछि पिङ खेल्न मन लागेजस्तै भ्यालेन्टाइनमा माया गर्ने रहर जाग्छ । अनि आफूले माया गरिरहेको मान्छेलाई अझै बढी माया गर्न मन लाग्छ ।
विजय आवाज, सञ्चारकर्मी
शतप्रतिशत मुड बढ्छ, किनभने यो महिना नै प्रेमको महिना हो । यो महिनाले सबैमा प्रेम जगाउँछ ।
नीता ढुंगाना, नायिका
मैले १८ वर्षको हुँदादेखि नै भ्यालेन्टाइन मनाउँदै आएको छु, त्यसैले अहिले उमेर बढे पनि भ्यालेन्टाइन महिना आउँदा चारैतिर प्रेमको सुगन्ध महसुस हुन्छ र अझै पनि १८ वर्षकै छु जस्तो आभास हुन्छ ।
नील डेविड कटुवाल, हेयर स्टाइलिस्ट
तपाईं मुड आउन भ्यालेन्टाइन नै पर्खिनुहुन्छ त ?
निमा रुम्बा, गायक
फेब्रुअरी लागेर होइन, वसन्त ऋतुको आगमनले गर्दा हो । वसन्त ऋतुमा जसरी बोट बिरुवामा मुना पलाउँछ, त्यसैगरी मानिसको मनमा पनि माया पलाउँछ ।
ताराप्रकाश लिम्बू, संगीतकार
फेब्रुअरी आउँदैमा मनमा माया जागेर आउने होइन । माया गर्नका लागि भ्यालेन्टाइन नै पर्खनुपर्छ भन्ने छैन ।
शान्ति नेपाली, मोडल
म मायामा विश्वास गर्छु, त्यसैले मायाका लागि जहिले पनि मेरो मुड अन रहन्छ ।
अयुब केसी, नायक