साप्ताहिक संवाददाता
‘लकडाउन’ले सौगात मल्ल र सृष्टि श्रेष्ठलाई त घरभित्रै थुनेको त होला तर उनीहरूको प्रेम नि ? अहँ, उनीहरूको प्रेम त झन् फक्रिदै गइरहेको छ । सृष्टिले इन्स्टाग्राममा रोमान्टिक मुडमा पोस्ट गरिरहेका तस्बिर यति बुझ्न काफी छ ।
केही दिनअघि मात्रै सौगातले आफ्नो गालामा चुम्बन गरेको तस्बिर सेयर गर्दै ‘लभ लकडाउन’ लेखेकी सृष्टिले अहिले फेरि सौगातको प्रेममा कवि बन्ने प्रयत्न गरेकी छिन् । सौगातसँगको रोमान्टिक तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘यू आर दि टम टु माई जेरी, लेट्स मेक दिस लाइफ मेरी,
बिकज के थाहा, यस्तो लाइफ होला कि नहोला फेरि, लकडाउन सकिएसी जानुपर्छ ल, खान पुरी अनि जेरी ।’
तस्बिरमुनि अभिनेत्री मलिना जोशीले कमेन्ट गरेकी छिन्, ‘कस्तो मिठो कविता ।’ अभिनेत्रीद्वय प्रियंका कार्की, पूजा शर्मा, पूर्वमिस नेपालद्वय श्रृंखला खतिवडा, निकिता चण्डकलगायतले समेत यो जोडीको प्रेमप्रति कमेन्टको खुसी व्यक्त गरेको छ ।
फिल्म ‘माइकल अधिकारी’ मा एकसाथ स्क्रिन सेयर गरेको यो जोडी अर्को फिल्म ‘सँगसँगै’मा पनि सँगै अभिनय गर्दैछ । जे होस्, सधैं सुटिङको धपेडीमा रहने यो जोडीलाई अहिले लकडाउनले दिल खोलेर समय बिताउने फुर्सद दिएको छ ।