
साप्ताहिक संवाददाता
निन्दा, कुनै पनि विषयवस्तुको गहिराइमा नपुगिकनै कुरा काट्ने, आफूमाथि प्रश्न नगर्ने, अरूलाई मात्र दोषी देख्ने, यो बिरामीको लक्षण हो ।
निखिल उप्रेती, अभिनेता
अहिलेको परिस्थितिमा विकास–निर्माणका काम धेरै हुनुपर्ने हो, तर नेपाललाई कामभन्दा कुरा धेरै भन्ने रोगले सताएको छ ।
केदारप्रसाद घिमिरे, हास्यकलाकार
रेफ्री तन्दुरुस्त हुनु र खेलाडीचाहिँ अत्यन्तै सरुवा रोगी हुनु, रोगको अनुसन्धान जनताले गर्नु र सरकार चाहिँ लु अनुसन्धान गर भनेर जनतालाई कर थोपर्नतिर लाग्नु ।
हरिमाया भेटुवाल, साहित्यकार
राष्ट्रिय रोग त धेरै छन् तर महारोगचाहिँ अरूको उन्नति देख्न नसक्नु, अनि राष्ट्रिय गीतचाहिँ म त हिँड्छु मेरो बाटो खुट्टा तान्दै गर ।
दीपकराज गिरी, अभिनेता
मानिसको स्वास्थ्यका दृष्टिकोणले हेर्दा मलेरिया, टाइफाइड, क्यान्सरजस्ता रोग राष्ट्रिय रोगका रूपमा देखिएका छन् । सरकारले यी रोग निर्मूल पार्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।
आकाश अधिकारी, निर्देशक
धेरैजसो नेपाली ग्याँस्ट्रिकबाट प्रताडित छन्, त्यसैले मेरो विचारमा ग्याँस्ट्रिक नै नेपालको राष्ट्रिय रोग हो ।
आर्यन पुडासैनी, मोडल
कुनै पनि देशको राष्ट्रिय रोग होला जस्तो त लाग्दैन ।
प्रमोद खरेल, गायक
चाँडै उत्साही हुने र छिट्टै निराश हुने । देशमा जताततै भताभुङ्गको स्थिति छ तर हामी नेपाली चमत्कार र तत्काल नतिजा खोज्छौं । हामीमा धैर्यताको कमी छ । त्यसैले हामी जति चाँडो उत्साही हुन्छौं त्यति छिट्टै निराश पनि बन्छौं ।
बुद्धिसागर, साहित्यकार
यतिबेला हामी नेपाली कसैमा पनि सहनशक्ति देखिँदैन, त्यसैले यही नै राष्ट्रिय रोग हो कि ?
अशिष्मा नकर्मी, अभिनेत्री
ग्याँस्ट्रिक, म पनि ग्याँस्ट्रिकबाट प्रताडित छु । समयमा खाना नखाने बिहान–बेलुका भातै खाने बानी लगभग सबै नेपालीमा छ जसले गर्दा ग्याँस्ट्रिकको सिकार हुने नेपाली धेरै छन् ।
रामचन्द्र काफ्ले, गायक
मैले भेटेका र चिनेजानेका धेरैले ग्याँस्ट्रिकबाट पीडित छु भन्छन्, त्यसैले मेरो विचारमा ग्याँस्ट्रिक नै नेपालको राष्ट्रिय रोग हो ।
टंक तिमल्सिना, गायक
नेपालीको राष्ट्रिय रोग नै ग्याँस्ट्रिक हो ।
दुर्गेश थापा, मोडल तथा गायक
मैले जसलाई भेट्छु अधिकांशले ग्याँस्ट्रिक छ भन्छन्, त्यसैले ग्याँस्ट्रिक नै हाम्रो राष्ट्रिय रोग हो ।
पूजा शर्मा, अभिनेत्री
राजनीतिक स्थिरता नहुनु र एउटा राजनैतिक दलको राम्रो एजेन्डालाई अर्को दलले स्वीकार गर्न नसक्नु नै नेपालको राष्ट्रिय रोग हो ।
दिनेश काफ्ले, कलाकार
ग्याँस्ट्रिक नै नेपालको राष्ट्रिय रोग हो, किनभने, ग्याँस्ट्रिकबाट आम नेपाली प्रताडित छन् ।
एकनारायण भण्डारी
गीतकार एवं संगीतकार
मेरो विचारमा नेपालको राष्ट्रिय रोग जन्डिस हो, किनभने यो रोगका कारण बर्सेनि धेरैले ज्यान गुमाउँदै आएका छन् ।
खुमन अधिकारी, गायक
मेरो विचारमा त भ्रष्टाचार नै हो ।
कमल जीसी, इभेन्ट म्यानेजर
बेरोजगारी नै नेपालको राष्ट्रिय रोग हो ।
बिन्दु परियार, गायिका
रोग पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय हुन्छन् र ? ग्याँस्ट्रिक नै होला । उतिबेला महको एउटा प्रहसनमा ठट्यौली रूपमा ग्याँस्ट्रिकका आधारमा नागरिकता दिनु पर्छ भन्ने कुरा पनि आएको थियो ।
अमृत सुनुवार, सिनेमेटोग्राफर
आफूले केही पनि नगर्ने, सबै काम अरूले नै गरून् भन्ने अनि चिया पसलमा बसेर कुरा काट्ने ।
वसन्त सापकोटा, संगीतकार
भ्रष्टाचार ।
अमित पोखरेल, अभिनेता/मोडल
इन्टरनेट नै होला । आजभोलि मानिस जब इन्टरनेटसँग कनेक्ट हुन्छ, त्यसपछि उसलाई कसैको मतलब हुँदैन । जतिबेला हेर्यो, मोबाइलमा घोप्टिएको घोप्ट्यै हुन्छ । कलियुग होइन, घोप्टे यूगमा छन् नेपालीहरू ।
अर्जुन अधिकारी, निर्देशक
एकातिर गरिबी, अर्कातिर भ्रष्टाचार । यी दुईलाई नै मैले नेपालको राष्ट्रिय रोगका रूपमा लिएको छु ।
चिरञ्जीवी भण्डारी, गायक
नेपालका राष्ट्रिय रोग थुप्रै छन् । त्यसमा पनि भ्रष्टाचार र कुर्सीमोह त क्यान्सर र एड्सभन्दा पनि घातक राष्ट्रिय रोग हुन् ।
आनन्द कार्की, गायक
अनावश्यक गफ गर्नु । जीवनको उत्पादनशील समय गफमा सकिन्छ । नेपाली राजनीतिको बलियो विम्बसमेत हो— गफ । काम नगर्ने तर गफिने प्रवृत्ति । गफ नेपाली न्यारेटिभ भैसकेको छ । गफ दिने तर काम नगर्ने प्रवृत्ति अवश्य सुखद होइन ।
विष्णु शर्मा, सञ्चारकर्मी
अहिले ग्याँस्ट्रिकले धेरैलाई सताएको छ । त्यसैले अहिलेको परिस्थितिमा ग्याँस्ट्रिक नै राष्ट्रिय रोग हो ।
राजु ढकाल, गायक
शरीरमा लाग्ने राष्ट्रिय रोग ग्याँस्ट्रिक हो जस्तो लाग्छ । अनि अर्कोचाहिँ नेताहरूले आफ्नो राजनीतिलाई अघि बढाउन जनतासामु झूटा आश्वासन बाँड्नु हो । यो पनि नेपालका लागि राष्ट्रिय रोग हो ।
वसन्त थापा, गायक तथा संगीतकार
धेरै छन्, शासकहरूले सही नियम बसाल्न सकेनन्, यही नै नेपालको राष्ट्रिय रोग हो ।
रामचन्द्र अधिकारी, हास्यकलाकार
ग्याँस्ट्रिक तथा सुगर अहिलेको नेपालको राष्ट्रिय रोग हो ।
जाहन्वी बस्नेत, अभिनेत्री
राम्रोलाई राम्रो भन्न नसक्नु तथा नराम्रो कुरालाई बढी महत्व दिनु नै अहिलेको हाम्रो राष्ट्रिय रोग हो
बद्री पंगेनी, गायक
नेपालको अहिलेको राष्ट्रिय रोग भनेको भ्रष्टाचार हो ।
जितु नेपाल, हास्यकलाकार
ग्याष्ट्रिक ।
वसन्त बी थापा, गीतकार


