• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
जन्ती जाँदाको सबैभन्दा रमाइलो क्षण के हो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जन्ती जाँदाको सबैभन्दा रमाइलो क्षण के हो ?
मंसिर १०, २०७५

म सानै हुँदा इलामको मलबासे भन्ने ठाउँमा जन्ती गएको थिएँ । त्यहाँ मेरो मामाको विवाह थियो । सिद्धीथुम्काबाट त्यहाँसम्म पुग्न करिब ५ घण्टा हिँड्नुपथ्र्यो, जसले गर्दा निकै भोक लागेको थियो । खेतको आलीमा हामी सबैजना टपरीमा भात लिँदै बस्यौं । त्यसपछि मासुको झोल हालिदिए । मासुको सबै झोल टपरीबाट चुुहियो भने चोक्टा एउटा पनि थिएन । अन्तिममा भात मात्र खाएर रातभर नाचियो ।

श्रीदेव भट्टराई, अभिनेता 

तीन वर्षअघि झापामा जन्ती जाँदा बेहुली पक्षका केटीहरूलाई जिस्क्याउँदा निकै मज्जा 

आएको थियो । 

कविर खड्का, मोडल 

केहि समय अघि सर्लाहीको एउटा बिहेमा जन्ती गएको थिएँ । त्यहाँ साथीहरूलाई भ्यागुताको माला लगाइदिएर स्वागत गरेको देख्दा निकै हाँसिएको थियो । 

शिव परियार, गायक 

२०६९ सालको कुरा हो साथी रोशन शर्माको विवाहमा सालीहरूले बेहुलाको जुत्ता लुकाइदिँदा बेहुला पक्षले पैसा दिने मानेनन् । अन्तत: बेहुलाले खाली खुट्टा फर्कनुपर्‍यो । 

खुमन अधिकारी, गायक 

म ६–७ वर्षको थिएँ होला । एक जना काकाको विवाहमा जन्ती जाँदा टपरीमा दाल–भात, एक चम्चा घिउ अनि एक कोसा केरा दिइएको थियो । भोकको झोंकमा त्यो रित्याएको पत्तै भएन । 

राजनराज शिवाकोटी, गायक तथा संगीतकार

केहि समयअघि मात्र मामाको विवाहमा नाच्दा मेरो स्यान्डल नै च्यातियो । त्यसपछि मैले बेहुलाले मण्डपमा लगाउने जुत्ता लगाएर नाचेँ । त्यो पल मेरा लागि अविस्मरणीय छ । 

पूजन घिमिरे, मोडल 

बसको छतमा चढ्ने, केटी पक्षकहाँ पुग्नासाथ हल्का भोजन गरेर आफ्नो ग्याङसँग घुम्न जाने र दुलही अन्माउने बेलामा टुप्लुक्क आइपुग्ने क्षणहरूसम्झँदा अहिले पनि आनन्द लाग्छ । 

सन्तोष खनाल, कलाकार

अहिले त जन्ती जाँदा त्यति उत्सुकता हुँदैन । बाल्यकालमा गाउँमै छँदा बेहुला पक्ष र बेहुली पक्षबीचमा लामो सेतो कपडा यता उता तान्ने र कसले जित्ने भन्ने हुन्थ्यो, जुन मलाई एकदमै रमाइलो लाग्थ्यो । त्यही तानातान गर्ने क्रममा एकपटक बेहुलीतर्फकाले जानाजान छाडिदिनुभयो कि नसकेर छाडिदिनुभयो थाहा भएन, तर हामी सबै हुत्तिएर कान्लामुनि खस्यौं । त्यतिबेला कसैलाई पनि ठूलो चोट त लागेन तर सबै हाँस्न थाले । हामीलाई भने कान्लामुनि झरेको पिडा 

भन्दा पनि आफूले जितेकोमा खुसी थियो । 

महेन्द्र गौतम, मोडल 

अलि ठूली भएपछिको कुरा हो । एकजना दाइको विवाहमा चितवन जन्ती जाँदा कुर्ता सुरुवालसँग मिल्ने अग्लो हिल जुत्ता लगाएर गएकी थिएँ । हामी बसदेखि नै रमाइलो गर्दै नाच्दै गाउँदै गैरहेका थियौं । बेहुलीको घरमा पुगेको एकछिन पछि यताउता गर्ने क्रममा जुत्ताको हिल नै भाँचियो । त्यहाँ वरिपरि कतै जुत्ता मर्मत गराउने ठाउँ थिएन, त्यसपछि म लाजले भुतुक्क हुँदै गाडीमै बसिरहेँ । 

शोभिता सिंखडा, मोडल तथा लेखक 

त्यस्तै ८–९ वर्ष हुँदाको कुरा हो । म पहाडबाट पहिलोपटक तराई जन्ती गएको थिएँ । बेहुलीको घर पुग्दा रात परीसकेको थियो । बिहान उठेर नित्य कर्म गर्ने क्रममा त्यहाँ ट्वाइलेट नभएर हो कि सबै जन्तीलाई पालो नआउने भएर हो, केटाकेटीहरू खेततिर जाओ भन्ने उर्दी पाइयो । खेतमा जाँदा जसरी भत्तेर खान लाइन बस्छन्, त्यसरी नै सबै लाज नमानी लाइन बसेर दिसा–पिसाब गरेको देख्दा लाजले मर्नु भयो । मचाहिँ गोप्य ठाउँको खोजीमा लागें तर केही सीप नलागेपछि मैले पनि लाइनमै बसेर आफ्नो काम फत्ते गरें ।

एकनारायण भण्डारी, गीतकार तथा संगीतकार 

केही वर्ष पहिले निजगढबाट दक्षिणतर्फको एउटा गाउँमा साथीको विवाहमा जन्ती जाँदा रमाइलो घटना भएको थियो । हामी जन्ती बेहुलीको घरभन्दा अलिकति यताबाट साइपाटा लिएर गयौं तर बेहुलीको घरमा पुग्दा त्यहाँ विवाहको कुनै सुरसार देखिएन । सबै गाउँले हामीलाई देखेर छक्क परे । खास विवाह चाहिँ पर्सिपल्ट रहेछ हामीचाहिं एकदिन अघि नै पुगेछौं । त्यसपछि हामी त्यो साइपाटा जबर्जस्ती त्यहीं राखेर दुई रात परालमा सुती पर्सिपल्ट त्यहीँबाट जन्ती गयौं । 

शिवहरि पौडेल, हास्यकलाकार 

चार वर्ष अघि विराटनगरको साथीको भाईको विवाहमा जन्ती गएको थिएँ । म काठमाडौंबाट विहान विराटनगर पुगेको थिएँ । बेहुलीतर्फको छिमेकमा अरू पनि विवाह रहेछ । भोक निकै लागेको हुँदा मैले सरासर गएर पहिले खाना खाएँ । त्यसपछि बेहुला–बेहुलीलाई भेट्छु भनेर जाँदा त अर्कैैको विवाहमा पो पुगेको रहेछु । 

सविन श्रेष्ठ, अभिनेता 

पाँच वर्षअघि साथीको विवाहमा जन्ती जाँदा मेरो ५० हजार रुपैयाँ नगद चोरी भएको थियो । 

धीरज राई, गायक

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik