साप्ताहिक संवाददाता
पुस २, २०७५
अमेरिकामा विन्दास लाइफस्टाइल थियो । बीएमडब्लू कार थियो । टन्न कमाई थियो तर अभिनेता बन्न नेपाल आए आर्यन अधिकारी । हालै साप्ताहिकसँगको एक भेटमा आर्यनले मनको कुरा खोले ।
अधिकारीले भने, ‘अमेरिकन लाइफस्टाइल छोडेर नेपाल आएँ । ३ वर्ष नहुँदै आधा दर्जनको हाराहारीमा चलचित्रमा अभिनय गरे, यो ठूलो कुरा हो !’ हाल एक हिन्दी चलचित्रको छायांकन तथा डबिङ सकेर बसेका आर्यनले आफू लामो समयपछि ढुक्कसँग नेपाल बस्न पाएकोमा खुसी लागिरहेको बताए ।
आर्यन भन्दै थिए, ‘धेरै साथीहरूले अमेरिका फर्किए हुन्छ, किन नेपालमा बसिरहेको भन्ने कुरा गर्छन् तर म त खुसी छु नेपालमा ।’