• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
समलिंगी विवाहलाई मान्यता दिनुपर्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

समलिंगी विवाहलाई मान्यता दिनुपर्छ
फाल्गुन २४, २०७५

बेलायतलाई कर्मथलो बनाएका लेक्स लिम्बू बरोबर नेपाल आइरहन्छन् । लेक्सलिम्बु डटकममार्फत उनले पर्यटन, इभेन्ट, युवा, उद्यम जस्ता विषयमा ब्लगिङ गर्दै आएका छन् । ट्रेसिङ नेपालका संस्थापक लेक्सले वर्षमा एकपटक विदेश बस्ने नेपालीहरूलाई नेपाल घुमाउने कार्यक्रमको सञ्चालन गर्दै आएका छन् । छोटो समयका लागी नेपाल आएका लेक्ससँग बेलायत उड्नुअघि नरेन्द्र रौलेको जम्काभेट :

तपाईंले ११ वर्ष ब्लगिङ गर्नुभयो । यसबीच के–कस्ता अनुभव बटुल्नुभयो ?

मैले ब्लगिङ थाल्दा (सन् २००८ मा) अंग्रेजी भाषामा मनोरन्जन केन्द्रित ब्लग त्यति थिएनन् । त्यतिबेला मैले नेपाल बाहिर बसेर ब्लगिङ गरें । त्यो मेरो रहर थियो । पछि मैले मनोरञ्जनमा सीमित नरहेर सामाजिक तथा विकासका विषयहरूमा पनि लेख्न थालें । सन् २०१३/१४ पछि इन्टरनेटको विकास अलि राम्रो हुँदै गयो । अरू थुप्रै ब्लग आए । नेपाली अनलाइन मिडिया पनि फस्टाउँदै गयो । यसबीच मैले ट्राभल प्रोजेक्टमा समेत हात हालें ।

ट्र्रेसिङ नेपाल सुरु गर्नुभएको छ । खासमा यो संस्था किन सुरु गर्नुभएको हो ?

म २ वर्षको उमेरदेखि नेपाल बाहिर छु । मैले के अनुभव गरें भनें– म जस्तै, मेरो उमेरका अरू साथीहरू नेपाल गएर के हुन्छ ? बोर मात्र हुन्छ, अल्छी लाग्छ, आफन्तसँग मात्र भेट हुन्छ भन्थे, तर मलाई भने त्यस्तो अनुभूति भएन । विदेशमा जन्मिएका नेपालीहरू जो उतै हुर्किए तिनलाई नेपालको संस्कृति तथा पर्यटनका बारेमा जानकारी दिन हामी ट्र्रेसिङ नेपालमार्फत वर्षमा एक पटक नेपाल घुमाउँछौं । नेपालका गाउँघर देखाउँछौं, रमाइलो गराउँछौं । हामीले सन् २०१४ देखि झण्डै दुई साताको नेपाल भ्रमणको कार्यक्रम राख्दै आएका छौं । यात्राले पनि एक प्रकारको परिवर्तन ल्याउँछ भन्ने उद्देश्यले ट्र्रेसिङ नेपालको सुरुवात गरिएको हो । नेपालसँग जोड्नुका साथै भोलि गएर नेपाली युवाहरूले नेपालमै केही गरून् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।

ब्लगिङ बाहेक तपाईंको रुचि के–केमा छ ?

घुम्न मन पराउँछु । दौडन पनि मन पराउँछु । म च्यारिटीका लागि कुद्छु । साथीहरूसँग घुम्ने, खाने, पार्टी जाने । म ह्युज पार्टी पर्सन हुँ । 

बेलायतमा १८ वर्ष नपुगेकालाई बारमा जाने अनुमति छैन । १८ नपुगुन्जेल तपाईं अरूको आइडी कार्ड लिएर जानुहुन्थ्यो रे, हो ? 

हो, म आफ्नो कजनको आइडी लिएर १६ वर्षकै उमेरदेखि बार, क्लबहरू पुग्थें । 

तपाईंको कोही आइडियल पनि हुनुहुन्छ ? जस्तो तपाईं बन्न चाहनुहुन्छ ।

मेरो त्यस्तो कोही छैन । म एकैजनालाई भगवान मानेर बस्न सक्दिनँ ।

तपाईंले एउटा भिडियो बनाएर आफू ‘गे’  भएको खुलासा गर्नुभयो । २५ वर्षको उमेरसम्म किन खुल्न सक्नु भएन ?

विदेशमा बसेको, पढेलेखेको भन्दैमा कतिपय कुरा खुलेर भन्न सकिँदैन । काठमाडौंको तुलनामा विदेशमा बसेका कतिपय नेपाली अझै परम्परागत छन् । मैले आफूमा आत्मविश्वास जगाउनु थियो । आफ्नो वातावरण सहज बनाउनु थियो । यो मेरो जिन्दगी हो । म आफ्नै बाटो बनाउन तयार थिएँ । मेरो घर परिवारबाट पनि साथ, सहयोग मिल्यो । 

त्यसपछिका दिनहरू कत्तिको कठिन भए ? 

कठिन नै रहे । २५ वर्षसम्म मैले आफ्नाबारेमा खुलेर भन्न सकेको थिईनँ । भिडियोमार्फत मेरो सेक्सुवालिटीका बारेमा सार्वजनिक गरें । मेरो घर, परिवारले त साथ दियो तर अरूले हेर्ने नजर भने फरक रह्यो । 

तपाईं सिंगल हुनुहुन्छ कि कसैसँग रिलेसनसिपमा ?

म सिंगल छु । लुकाउनुपर्ने केही छैन । आफ्नो रुचि मिल्ने कोही स्पेसल फेला पर्दा म रिलेसनमा बस्न तयार छु । मलाई कसैले खुसी बनायो भने म खुलेर भन्न तयार छु, तर अहिले मेरो जीवनमा कोही छैन । 

तपाईंको नाम छ, पहिचान छ । प्रस्ताब त थुप्रै आउँछन् होला नि ?

त्यस्तो पनि छैन । मेरो त्यो भिडियो आएपछि कसैले त म्यासेज गर्लान् जस्तो लागेको थियो, तर कतैबाट त्यस्तो प्रस्ताव आएको छैन । 

विवाह गर्ने, सन्तान पाउने रहर जाग्छ कि जाग्दैन ?

अवश्य नै जाग्छ नि । नेपालमा त समलिंगी विवाह र सरोगेसीलाई मान्यता छैन, यो वैध छैन । कि त धर्मपुत्र ग्रहण गर्नुपर्छ । नेपालमा समलिंगी विवाहलाई मान्यता दिनुपर्छ भन्ने पक्षमा छु म ।

तपाईंको एउटा फोटोसुट पनि निकै चर्चामा रह्यो, हिम एन्ड आइ’ थिममा कार्तिक क्षेत्रीसँग गरिएको । त्यसको खास उद्देश्य के थियो ?

कार्तिक क्षेत्रीसँग वसन्तपुरमा फोटोसुट गरिएको थियो । भ्यालेन्टान्स डे र विवाहमा प्रायः केटा र केटीको फोटोसुट गरिएको पाइन्छ । हामीले वसन्तपुरको होटलमा फोटोसुट गर्नुको कारण हाम्रै वरिपरि हामी जस्तै साथीहरू छन्, हामीहरूबीच पनि प्रेम हुन्छ भन्ने हो । 

युवाहरूलाई तपाईंको सन्देश ?

जिन्दगीमा तपाईंहरूलाई धेरै नै दबाब होला । जुन काम गरिरहनुभएको छ, त्यसमै रमाइलो मान्नुहोस् । धैर्यता राख्नुहोस्, धैर्यताले नै मानिसलाई लक्ष्यसम्म पुर्‍याउँछ । आफूले आफूलाई विश्वास गर्नुहोस् । संघर्ष गर्दै अघि बढ्नुहोस् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik