• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
होलीको विकृति बढेको कि घटेको ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

होलीको विकृति बढेको कि घटेको ?
चैत्र २, २०७५

पहिले–पहिले होली सुरु हुनुभन्दा एक साता अघिदेखि लोला हानेर बाटोमा हिँड्नै गाह्रो हुन्थ्यो, तर अहिले भने आफूले खेल्दिन भने पछि अतिरञ्जित ढंगले लोला हान्दैनन्, त्यसैले पहिलेको तुलनामा विकृति घटेको छ । 

बबिना भट्टराई, गायिका 

विकृति बढेको हो कि जस्तो लाग्छ । पहिले आफ्नो घर परिवार, छिमेकी साथीभाइहरूसँग सामान्य ढंगले होली खेलिन्थ्यो, तर अहिले होलीको नाममा जाँड–रक्सी, भाङ आदि खाएर होहल्ला गर्ने प्रवृत्ति बढेको छ । 

सविन श्रेष्ठ, अभिनेता 

खासमा होली पर्व पहिलेको जस्तो तामझामका साथ मनाउन छाडिसकिएको छ । डिजिटल जमानाले हालीलाई बिगारिसकेको छ । अहिले साथीभाइ भेट भएर खुला ठाउँमा होली मनाउनेभन्दा पनि इभेन्ट होली मनाइन्छ जसले गर्दा पहिलेको जस्तो माया, सद्भाव साटासाट गर्ने होली मर्दै गएको छ । अहिलेको होलीमा विकृति छैन, तर मौलिकता चाहिँ हराएको होकी जस्तो लाग्छ । 

शान थापा, निर्देशक

होलीको विकृति बढेको छैन मात्र होली खेल्ने तरिका बदलिएको छ । पहिले पानी छ्यापेर होली खेलिन्थ्यो अहिले दारुको बोतल च्यापेर होली खेलिन्छ कुरा यत्ति हो ।

दीपकराज गिरी, अभिनेता

होलीले केही पनि बिगार्दैन, यसले त आफ्नोपनको बोध गराउँछ । हामी नेपालीहरू अरुको चाड मनाउन मरिहत्ते गर्छौं, त्यो चाहिँ विकृति हो । आफ्नो चाड मनाउनु कुनै पनि हालतमा विकृति होइन । यसले त हाम्रो संस्कृति नै जोगाउँछ । 

सञ्चिता लुइँटेल, अभिनेत्री

होलीमा विकृति बढे जस्तो लाग्छ । अहिले होलीको महत्व नबुझी सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्नकै लागि भए पनि होली खेल्ने चलन छ ।    जाङ्मु इन शेर्पा, मोडल 

अहिले होलीको विकृति घटेको होइन । यसलाई मनाउने शैलीमा मात्र परिवर्तन आएको हो । यसले हामी कलाकारहरूलाई भने फाइदा नै भएको छ । होली जस्ता कार्यक्रममा हामीलाई निम्तो गर्ने चलन बढेको छ । यसपालिको होलीमा म नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई हँसाउन अष्ट्रेलिया जाँदैछु । 

दिनेश काफ्ले, हास्यकलाकार

होली के हो ? किन मनाइन्छ ? कसले मनाउँछ ? भन्ने कुरा सबैले बुझेका छन् जस्तो लाग्दैन । त्यसैले पनि होलीले आत्मियताभन्दा पनि विकृति बढाइरहेको छ । यो युवाहरूलाई मनोरञ्जनको नाममा मनपरी गर्ने भाँडो भएको छ । 

पूर्णिमा लामा, अभिनेत्री

होलीको विकृती धेरै नै कम भएको छ । समाजमा आएको चेतनाका कारण अरुको अधिकार र स्वतन्त्रताको सबैले कदर गर्ने परिपाटी आए जस्तो लाग्छ । 

आशिष अविरल, म्युजिक एरेन्जर

विकृति पक्कै पनि पहिलेको तुलनामा घटेको हो । केही समयदेखि सरकार नै होलीमा हुने विकृति नियन्त्रण गर्न लागि परेकाले पनि अहिले विकृति घटे जस्तो लाग्छ । 

गम्भीर विष्ट, कोरियोग्राफर 

विकृति बढे जस्तो लाग्छ । किनभने कामधाम छाडेर ज्यान नै बाजी थापेर होली खेलिरहेका हुन्छन् जसले गर्दा पहिलेदेखिका विकृतिमा कमी आएजस्तो लाग्दैन । 

सुरवीर पण्डित, हास्यकलाकार 

विकृति बढेको हो कि जस्तो लाग्छ । पहिले सौहार्दपूर्ण तरिकाले समयमा खेल्ने, समयमा छाड्ने हुन्थ्यो । अर्को कुरा अहिले समूहमा होली मनाउने चलन छ जसले गर्दा जथाभावी रङ खेल्दा दुईपक्षबीच झगडा पनि भएको पाइन्छ । 

स्वरुपराज आचार्य, गायक 

होलीमा मात्र होइन हरेक चाडपर्वमा विकृति बढेको छ । 

अर्जुन तिवारी, छायाँकार

बढेको हो, किनभने होलीमा रातो रङले मात्र होइन विभिन्न केमिकलयुक्त रंग पनि इच्छाविपरीत दलिदिने जस्ता घृणित कार्य समेत भैरहेको छ । यस्तै, जाँड–रक्सी पिएर होली खेलेको पनि देख्छु, त्यसैले विकृति घटेको छैन । 

मुकुन भुसाल, अभिनेता

मेरो अनुभवमा बढे जस्तो लाग्छ, किनभने बढ्दो तडकभडक र खराब पदार्थहरू प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी होली खेल्नेहरू बढेका छन् । 

भुवन प्यासी, गायक

अलि बढी नै भएको छ भने लोला तथा फोहोर पानी हान्ने प्रचलनले गर्दा रंगले रंगिने, आपसमा मित्रता आदान–प्रदान गर्ने हाम्रो हिन्दू परम्परा नै लोप हुन लागेको छ । 

बीबी फुयाँल, निर्देशक

पहिलेको तुलनामा घटे जस्तो लाग्छ । पहिले होली आउन दुई हप्ता बाँकी हुँदै बाटो हिंड्न गाह्रो हुन्थ्यो, तर अहिले त्यस्तो छैन । कानुनी कारबाही हुने भएकाले होला कि कम भएको ? 

वर्षा राउत, अभिनेत्री 

१०–१५ दिनअघिदेखि नै लोला हानेर, छाडा तरिकाले विशेष गरी महिलाहरूलाई हिँड्डुल गर्नसम्म नदिने वातावरणका कारण विकृति बढेको छ भन्न सकिन्छ । 

गजित विष्ट, अभिनेता

होलीको विकृति घट्नुको साटो बढेकै छ । 

अपिल विष्ट, निर्देशक

केही वर्षयता अलि घटे जस्तो लाग्छ । पहिले होली आउनुभन्दा महिना दिन अघिदेखि लोला खाइन्थ्यो । कति बेला, कहाँबाट लोला आउँछ थाहा हुन्नथ्यो । कामको सिलसिलामा स्कुल अथवा अफिस हिँडेको मान्छे हैरान हुनु पर्थ्यो । 

टीका प्रसाईं, गायिका

प्रत्येक वर्ष विकृति बढेको देख्छु । होलीका दिन धेरै जना इच्छाविपरीत रंगिएको देखेको छु । यो एकदम गलत प्रवृत्ति हो । पर्व मनाउने नाममा मानिसहरूलाई दुःख दिने काम भैरहेको छ । विशेषगरी महिला दिदी–बहिनीहरूले आफ्नो इच्छाविपरीत रंगीन बाध्य हुनुपर्छ । 

सन्तोष कोन्मे, संगीतकर्मी

प्रहरी–प्रशासन अलि कडा भएको हुनाले विकृतिमा कमि आएको हो कि जस्तो आभाष हुन्छ । 

सशान कँडेल, गायक

पहिलाको तुलनामा अलि कम भएको हो ।  यद्धपि, पछिल्लो वर्ष पनि प्लाष्टिकमा फोहोर पानी भरेर मानिसहरुलाई हानेको देखेकै हो । 

अनुष्का पाठक, गायिका 

होलीका नाममा विभिनन प्रकारका विकृती विसंगती भित्रिएको छ । जाँड–रक्सी खाने, हो–हल्ला गरेर अरुलाई दुःख दिनु गलत पक्ष हो । विगतका वर्षको तुलनामा विकृती चाहिं घटेकै हो । 

सन्तोष सेन, चलचित्रकर्मी 

होलीको विकृती बढेको होइन, समाचारका माध्यम बढेको र समाचार बनाउने चलनले 

विकृती बढेको हो कि भन्ने लागेको होला । 

दिनेश डिसी, रेडियो/चलचित्रकर्मी

पछिल्लो केही वर्ष यता होलीमा विगतको तुलनामा कम विकृती देखिएको छ । मलाई लाग्छ होली समुहमा मनाइने पर्व हो । होली मनाउने क्रममा आफ्नो खुशीको लागि अरुलाई दुःख दिनु हुँदैन । त्यसैले अचेल होली मनाउनेहरुमा पनि चेतनाको विकास भएको जस्तो छ । मानिसहरु आफन्तसंग, आफ्नो मन मिल्नेसंग मात्र रमाएर यो पर्व मनाउन थालेका छन् । 

हेमा मानन्धर, गीतकार

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik