• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
सोसल मिडिया समयको बर्बादी मात्र
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

सोसल मिडिया समयको बर्बादी मात्र
श्रावण ९, २०७६

२०१२ देखि रक गायनमा लागेकी सुजिना श्रेष्ठ आफैं गीत लेख्नुका साथै कम्पोजसमेत गर्छिन् । उनले पहिलो पटक रक शैलीमा बाउको सम्पत्ति गाएकी थिइन् । स्टेज शोमा धेरैबाट रुचाइएकी सुजिनाले अस्ट्रेलियामा समेत प्रस्तुति दिइसकेकी छिन् भने अहिले उनी यूकेको कार्यक्रमका लागि तयारी गर्दैछिन् । 

रक गायनबाट सुरुवात गरेर कभर गीततिर मोडिनुभएछ नि ?

रक गायन नै मेरो शैली हो, तर विगत तीन वर्षदेखि आरर्बिटेरी च्यानलसँग अनुबन्धित भएकाले केही कभर गीत पनि गाएँ, साथसाथै आफ्नै गीत पनि गाइरहेकी छु । 

अहिले रक गायनको माहौल कस्तो छ ?

अहिले रकको मात्र होइन पप, आधुनिक, सुफी, क्लासिकल कसैको पनि समय राम्रो देख्दिनँ । यद्यपि घुम्दै–फिर्दै फेरि हाम्रो समय आउँछ भन्ने आशा छ ।

कसरी रकतिर आकर्षित हुनुभयो ?

हुन त मेरो परिवार सुफीको फ्यान हो, म पनि खुबै सुन्थें, तर स्कुलमा साथीहरूले रक गीत सुनाउँदा सार्‍है खतरा लाग्थ्यो । त्यही क्रममा म नजादिंदो तरिकाले रकतर्फ आकर्षित भएँ । हुन त सुफी सुन्न मन लाग्छ तर मेरो स्वर अलि मोटो भएकाले पनि होला रक शैली नै चुनें ।

आफैं गीत लेख्ने, संगीत भर्ने अनि गाउने काम गर्नुहुन्छ ? किन अरूको गीत नगाएको ?

सुरुदेखि नै म आफैं गीत लेख्थें, त्यसमा संगीत दिएर गाउने बानी भयो । यसरी आफैं गर्दा आफूले सोचे वा खोजेजस्तो सिर्जना आइरहेको छ । यद्यपि अरूको गीत–संगीतमा पनि गाउनु पर्छ भन्ने पनि लागिरहेको छ ।

तपाईं बढी कस्ता गीत गाउनुहुन्छ ?

अल्ट्नेटिभ रक बढी गाउँछु । म बढी सेन्टिमेन्टल टचका गीत कम्पोज गर्छु । मेरा गीतहरू विकृति तथा समस्याहरूलाई उजागार गर्ने खालका छन् । जस्तै बाउको सम्पत्ति, को हुँ म, हराएको मान्छे जस्ता गीत समाजका समस्या उजागार गर्न तयार पारिएको हो ।

तपाईंका गीतमा मानसिक समस्यालाई बढी प्राथमिकता दिएको पाइन्छ । त्यसको कुनै कारण छ कि ? 

अहिले धेरैमा मानसिक समस्या, डिप्रेसन आदि देख्छु । म आफैं पनि साइकोलोजीकी छात्रा हुँ । अहिलेको शताब्दीको सबैभन्दा ठूलो समस्या नै मानसिक समस्या हो, यसमा सबैलाई काउन्सिलिङ जरुरी छ । त्यही भएर मेरा केही गीत मानसिक समस्यासँग जोडिएका छन् ।

सोसल मिडियालाई कति समय दिनुहुन्छ ?

सोसल मिडियामा पटक्कै मन जाँदैन । समय अनुसार अपडेटका लागि मात्र चलाउँछु । यस्तो लाग्न थालेको छ, यदि यी सोसल मिडिया नहुने हो भने कति राम्रा–राम्रा सिर्जना होलान् ? हामीले यसमा समय मात्र बर्बाद गरिरहेका छौं । यसमा अरूलाई देखाउनु मात्र छ आफ्ना लागि कुनै उपलब्धिमूलक कुरा देख्दिनँ ।

मनपर्ने गायक–गायिका ?

राहत फतेह अलि खा, कैलाश खेर, इक्युवस, थ्रीडेज ग्रेस, अबल्राटस तथा आस्था 

तामाङ मास्के ।

तपाईंका प्रशंसकहरू बढी कुन उमेरका छन् ?

१४ देखि २७ वर्ष सम्मका बढी छन् ।

भविष्यका योजना ?

मायाप्रेमका गीत तयार गर्नेछु । मेरो युट्युब च्यानलवाट आएको रोयल्टीबाट सडकमा अलपत्र कुकुरहरूका लागि काम गर्छु भने साइकोलोजीमा पीएचडी गर्ने सपना पनि छ ।

यति राम्री हुनुहुन्छ, तपाईंको सुन्दरताको रहस्य के होला ?

म आफ्नो स्किनलाई एकदमै माया गर्छु । म नेपालकै ह्यान्डमेड प्रोडक्ट मात्र प्रयोग गर्छु । कुनै पनि केमिकल स्किनमा पर्न दिएकी छैन । घरको भान्सामा पाइने सामग्रीहरूबाटै स्किनको ट्रिटमेन्ट गर्छु । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik