साप्ताहिक संवाददाता
अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी हुन्, अदिती बुढाथोकीले । बलिउडमा लामो समयदेखि अवसर खोज्दै उतै बसेकी उनी एकाएक नेपाली चलचित्रमा काम गरेपछि धेरैको नजर प-यो । उनको अभिनयको तारिफ भयो । अदिती त्यसपछि फेरी भारत फर्किइन् ।
उनै अदिती अहिले भारतीय एक -यापरको सम्वन्धमा चुर्लुम्म डुबेको हल्ला फैलिएको छ । त्यसो त उनी आफै प्रेमको छनक दिने गरी इन्स्टाग्राममा एक तस्विर पोस्ट गरेपछि धेरैले आशंका गरेका हुन् । उनी ¥यापर अलिम मोरानीको प्रेममा रहेको अड्कल काटिएको छ ।
इन्स्टामा उनले प्रेमीलाई मेन्सन गर्दै मोरानीसँगको तस्विरमा लभ इमोजी राख्दै भनेकी छिन्, ‘गुड टाइम्स’ । तस्विरमा यो जोडी रोमान्टिक मुडमा देखिएका छन् । -यापर अलिम गत बर्ष मात्रै चर्चामा आएका थिए । अदितीले उक्त तस्विर राखेपछि उनका फ्यानहरुले बधाई दिइरहेका छन् ।
यद्यपी, उनी प्रेमी नै हुन् या साथी मात्रै हुन् ? त्यो भने उनले खुलाएकी छैनन् ।