• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
सीमा नाकामा पुस्तक रोकिनुलाई  तपाईं के भन्नुहुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सीमा नाकामा पुस्तक रोकिनुलाई  तपाईं के भन्नुहुन्छ ?
माघ २५, २०७६

कमजोर कूटनीति ।

सुरेश आचार्य, सञ्चारकर्मी

पाठकले पुस्तक नपढून् भन्ने सरकारको सोचाइ छ या पढेपछि केही जान्दछन् अनि विरोध गर्न थाल्छन् भन्ने सोचाइले हो । नत्र त ज्ञान बाँडिनुपर्नेमा, पुस्तक आयातमा सुविधा प्रदान गर्नुपर्नेमा कर लगाउनु, भन्सारमा पुस्तक रोकिनु भनेको ज्ञानमा ताला लगाउन खोज्नु हो ।

शोभिता सिंखडा, अभिनेत्री

ज्ञानमा लगाम ।

नवराज बुढाथोकी, निर्देशक

यो त नेपाल सरकारको नालायकीपन हो ।

आमिर गौतम, अभिनेता

ज्ञानमा कर लगाएर सरकारले आफ्नो चेतनाको स्तर देखाएको छ । यसले नेपालको पठन संस्कृतिमा दीर्घकालीन प्रभाव पार्नेछ ।

रेखा शाह, गायिका

ज्ञानगुनका पुस्तकमा सरकारले कर लगाएर पुस्तक सीमा नाकामा रोकिनु दु:खद कुरो हो । कुन सामानमा कर लगाउने, कुन सामानलाई कररहित गराउने सरकारले नीति बनाउन सक्नुपर्छ, सरकारले तुरुन्त कररहित गराएर पुस्तकलाई नेपाल भित्र्याउने व्यवस्था गर्नुपर्छ ।

आरसी कोइराला, संस्थापक अध्यक्ष, एभरेस्ट नेपाल कल्चरल ग्रुप

बाहिरी देशमा ‘नेपालले सीमा नाकामा पुस्तकमा रोक लगायो रे’ भन्ने नराम्रो सन्देश गइसकेको छ । यसलाई समयमै ध्यान दिएर समस्याको समाधान खोज्नुपर्छ । राज्यले केही बुझ्न र छानबिन गर्न पाउने पूरा अधिकार छ । अहिले सीमामा आएका पुस्तक रोकिनु नराम्रो भन्नुभन्दा पनि किन रोकिए भन्ने कुरा पनि गहन छ । एउटा दृष्टिकोणमा राज्यले आफूले पाउने कर पाउन गरिएको कुरा ठीक हो, तर पुस्तकमै चाहिँ किन यस्तो कडा ? भन्ने कुरा अलि फरक विषय हो । साहित्यिक र विचारपरक कुरामा राज्य केही लचक भइदिए आयातकर्ताले त्यस्तो लुकाउने र सम्पर्कमै नआउने थिएनन् होला । अरू विलासिताका वस्तुमा कर बढी कडा भए पनि यस्ता विषय वा वस्तुमा सरकारले केही लचकता देखाउनुपर्ने हो । ढिलै भए पनि अब सरकार र सञ्चारक्षेत्रले यस्ता बौद्धिक र सिर्जनात्मक विषयमा ध्यान दिन लागेकामा अब यस विषयले निकास पाउनेमा आशावादी छु, तर समस्या आएपछि सुल्झाउने भन्दा पनि अघि नै गम्भीर भएको राम्रो ।

घनश्याम लामिछाने, निर्देशक

पुस्तकमाथि सरकारको नियत राम्रो नभएको ठान्छु म । बौद्धिकतामा कर, यो हदै भयो नि ? सरकार व्यापारी बनेपछि यस्तै हुन्छ ।

छविरमण सिलवाल, साहित्यकार

सीमा नाकामा पुस्तक रोकिनुको अर्थ नेपाल सरकार, शिक्षाक्षेत्र र नेपाली जनताको पठनपाठन सम्बन्धमा संवेदनशील नहुनु तथा भारतको हेपाहा प्रवृत्ति हुनु हो ।

बीबी अनुरागी, संगीतकार

सुन्दा पनि लाज लाग्ने कुरा हो यो । सीमा नाकामा पुस्तक रोकिएको घटनाबाट हामी राज्यसत्ताले देशको शिक्षालाई कसरी लिएको छ भन्ने प्रस्ट बुझ्न सक्छौं । करको दर र दायरा खुकुलो बनाएर पुस्तकको सहज आयात हुनुपर्छ । सीमामा रोकिनुपर्ने त मदिरा हो । ड्रग्स हो । अवैध मालसामान हो ।

मणि लोहनी, कवि

सीमा नाकामा पुस्तक रोकिनु दुर्भाग्य हो । सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ । जतिसक्दो चाँडो यो विषयमा शिक्षा मन्त्रालयले गम्भीर चासो लिनु जरुरी छ ।

आदित्य बुढाथोकी, अभिनेता, निर्देशक

ज्यानभन्दा टाउको ठूलोजस्तो भएको छ, कर बढेर । पुस्तकजस्तो कुरा आमनागरिकले अध्ययन गर्न सुलभ ढंगले पाउनुपर्छ । नेपाल सरकारले नै जुटाउनुपर्ने कुरा हो । शिक्षामा रोक लगाएजस्तै भयो नि यो त ।

नीलम रोजु राई, गायिका

विनाशकाले विपरीत बुद्धि । विषादीयुक्त तरकारी, फलफूल रोक्न नसक्ने अनि किताबचाहिँ रोकेर बस् देश समृद्धितिर जाँदै छ भनेर बुझ्नुपर्‍यो जनताले ।

सिर्जना सुब्बा, रंगकर्मी

पैसालाई प्रेम गर्नेहरूले पुस्तकलाई प्रेम गर्दैनन् । त्यसकै परिणति हो यो सब ।

हरिमाया भेटवाल, साहित्यकार

लाजमर्दो कुरा । देशले शिक्षालाई कसरी हेरिरहेको छ, यो त्यसको उदाहरण हो ।

विवेक खतिवडा, भीजे

एकदम नराम्रो । किताबजस्तो आधारभूत कुरामा यस्तो राजनीति र पैसाको खेल खेल्न हुन्न । विद्यालयको कोर्स किताब अथवा कुनै किताब पढ्न मन लाग्यो भने एउटै पसलमा पाइन्न । धेरै पसल धाउनुपर्छ । हामीजस्तो मध्यमवर्गले जसोतसो किनौंला, अरूले चाहिँ के गर्लान् ? कुनै पनि जाति, वर्ग अथवा समूहलाई समाप्त गर्नु छ भने पहिला किताब जलाइदेऊ भन्ने भनाइ छ । त्यस्तै भएको हो यहाँ । नेपाली धेरै बुद्धिमानी होलान् भनेर किताबलाई निशाना बनाएका हुन् ।

उषा रजक, अभिनेत्री

सरकारले शिक्षाको महत्त्व नबुझ्दा पुस्तकलाई अन्य व्यापारिक वस्तुसरह मानेर भन्सार उठाउने प्रवृत्ति देखिएको हो ।

यादव हुमागाईं, सञ्चारकर्मी

स्वदेशमै छाप्नुपर्छ । पुस्तक रोकेको राम्रै हो ।

सुमित खड्का, गायक

खानेकुरा, ग्याँस रोकियो भने गाह्रो होला, किताब बिस्तारै आउला ।

मनोजकुमार अधिकारी, वातावरण अभियन्ता

शिक्षा, स्वास्थ्यजस्ता सामग्रीहरूमा कहीँ कतै रोक लगाउनु हुँदैन ।

निर्मल शर्मा, कलाकार

अत्यन्त दु:खद कुरा । सरकारले हरकुरालाई करमा जोडेर नहेर्न अनुरोध गर्छु । किताबमा कर छुट हुन आवश्यक छ ।

प्रद्युम्न जोशी, साहित्यकार

अत्यन्त गलत काम । विश्वसँग जोड्न योगदान गर्ने किताब रोक्ने भन्दा पनि आयातमा सहजता ल्याउनुपर्छ ।

गिरिराज बाँस्कोटा, पत्रकार

पुस्तक ज्ञानको भण्डार हो । पुस्तक रोक्नु भनेको ज्ञान रोक्नु हो । ज्ञान रोकेर हामीले सोचेजस्तो समाज निर्माण गर्न सक्दैनौं । तसर्थ तत्काल पुस्तक खुला गर्नुपर्छ ।

जीबी गजल, विद्यार्थी नेता

पुस्तकजस्तो अध्ययन गर्ने जरुरी वस्तुमा यसरी सीमामा रोक लगाउनु भनेको निकै दु:खद कुरा हो । किनकि हरेक प्रकारका पुस्तक सामग्री नहुँदा धेरै मानिस अध्ययन गर्नबाट वञ्चित हुन्छन् र धेरै नै असर पर्छ । यसका लागि सरकारले समझदारीमा कसरी हुन्छ, यो समस्याको समाधान गर्नुपर्ने हुन्छ ।

हिमाल सागर, गायक

यो निकम्मा सरकारको उदाहरण हो ।

निर्मल अर्याल, सञ्चारकर्मी

यो नेपाली पाठकमाथि गरिएको अपमान हो । ज्ञानको स्रोत पुस्तकमा कर लगाउनुले राज्यको गति कतातिर जाँदैछ भन्ने स्पष्ट हुन्छ । आमपाठकले आवाज उठाएर पुस्तकमाथि लादिएको कर हटाउन लाग्नुपर्छ ।

खिलक बुढाथोकी, पत्रकार

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik