• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
शिवरात्रिमा गाँजा खाएको अनुभव छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

शिवरात्रिमा गाँजा खाएको अनुभव छ ?
फाल्गुन ९, २०७६

अहिलेसम्म अनुभव लिएको छैन । खाने साथीहरूसँग चाहिँ बसेको छु । त्यसको गन्ध थाहा पाएको छु । 

सौरभ श्रेष्ठ, इभेन्ट आयोजक 

मैले अहिलेसम्म गाँजाको अनुभव लिएको छैन । धेरै गाँजा खाने साथीहरू छन् । उनीहरूलाई पनि नखान सुझाव दिन्छु । यसले फाइदा गर्दैन ।

श्रीराम अर्याल, सञ्चारकर्मी

मैले अहिलेसम्म आठ–नौ पटक गाँजा लिएको छु । तर, म नियमित सेवनकर्ता होइन । त्यसमा पाँच पटकको चाहिँ अलिक नरमाइलो अनुभव छ । बाँकी चार पटक रमाइलो भएको छ ।

जितेन्द्र खतिवडा, व्यवसायी/निर्माता

धेरै अगाडि कलेज पढ्दा लगभग २०५५ सालतिरको कुरा हो । त्यो वर्षको शिवरात्रिमा प्रसादका रूपमा गाँजा खाएको छु । हामी चार–पाँच जना साथीभाइ मिलेर पशुपति गएका थियौं । पशुपतिका बाबाहरूसँग भाङ र गाँजा मागेर खाएका थियौं । त्यसले यति धेरै लागेछ कि साँझ सुतेको, २४ घण्टापछि मात्र ब्युँझिएछु । त्यसपछि कहिल्यै गाँजा खाइनँ ।

गणेशप्रसाद उपाध्याय, गीतकार

खासमा म चुरोट पनि नखाने मान्छे, तर सानो छँदा गाउँका दाइहरूले शिवरात्रिमा यो खाएन भने त भगवान् रिसाउँछन्, त्यसैले जसरी नि खानुपर्छ भनेर खुवाएका थिए । खाएपछि पूरै तिरिमिरी भएको थियो । सम्भिँmदा रमाइलो लाग्छ त्यो पल ।

सशांक कँडेल, गायक

एक सर्को तान्दा पनि डरले हत्त न पत्त आफ्नो कोठामा गएर चुकुल लगाएर सिरकमा गुटुमुटु हुनुपर्छ मलाई । झन् हजारौंको भीडमा गाँजा खाएर छिर्ने कल्पना यो जुनीमा चाहिँ गर्न सकिनँ मैले ।

श्याम भट्टराई, निर्देशक

एकचोटि साथीले खुवाएको थियो । त्यो दिन दिनभरि नै हाँसिरहें । एउटै मान्छे दुइटाजस्तो देखिन्थ्यो ।

सुनिलसिंह ठकुरी, गायक

मैले पहिलो पटक नै गाँजा खाएको थिएँ । गाँजा खाँदा त कस्तो भोक लाग्ने रहेछ । भोकको सुरमा मैले एक माना चिउरा खाएछु । त्यो चिउरामा घुन कीरा पनि परेको रहेछ । यो घटना कहिल्यै बिर्सन्नँ । 

सपन श्रेष्ठ, गायक

गाँजा त खाएँ तर कति खाएँ भन्नेचाहिँ गनिएन । निकै रमाइलो हुँदो रहेछ ।

श्यामसुन्दर गिरी, सञ्चारकर्मी

जीवनमा हरेक चिजको अनुभव लिनुपर्छ भन्ने लाग्छ । गाँजा खाएको अनुभव पनि राम्रै छ । जब गाँजा तानें, त्यसको एकै छिनपछि त संसार नै अर्को लागेर आयो । अरू साथीहरू बोल्छन्, आफूलाई बोल्नै मन नलाग्ने । सुन्यो, टाउको हल्लायो । सायद मलाई गाँजा धेरै लागेर होला । यो माया, मोह, धन, सम्पत्ति भन्ने केही होइन रहेछ भन्ने लागेर आउँदो रहेछ । जब गाँजाले छोड्यो, ओहो ! मेरो त आज महत्त्वपूर्ण अन्तर्वार्ता पो थियो, छुटेछ भन्ने भो ।

श्यामहरि शिवभक्ति, सञ्चारकर्मी

मैले अहिलेसम्म दुई पटक मात्र गाँजा खाएकी छु । अरूले गाँजा खाएको किस्सा सुनाउँदा मलाई पनि गाँजा खान मन लागेको थियो । गाँजा खाइसकेपछि गाँजा लागेको हो कि भन्दै निदाएछु । बिहान उठ्दा त जस्ताको तस्तै ।

सिर्जना सुब्बा, रंगकर्मी

दुई वर्षअगाडि गाँजा र धतुरो होस उड्ने गरी यति खाइएछ कि त्यसले त एकोहोरो नै बनायो । मलाई हाँसेको हाँस्यै बनायो । म धेरै नहाँस्ने मान्छे हुँ, तर गाँजा खाएर हाँसेको हाँस्यै गर्दा साथीहरू अचम्ममा परे ।

सन्तोष सेन, निर्माता/निर्देशक

मैले अहिलेसम्म गाँजा खाएको अनुभव लिएकौ छैन । 

रन्जित पौडेल, मोडल

अलि पहिल्यै शिवरात्रिमा गाँजा खाएको अनुभव छ, गाँजा खाँदा आफू अगाडिको सबै चिज आफूसँगै घुमेको अनुभव र ढुंगा भएको ठाउँमा खाल्डो र खाल्डोमा पहाडजस्तो देखिएको अनुभव ताजै छ । त्यो भन्दा नि अचम्म, ६ जना परिवारलाई बनाएको खाना एक्लैले खाएछु, पछि ममीले भन्दा अचम्ममा परेको सम्झना छ ।

आरसी कोइराला, संस्थापक अध्यक्ष, एभरेस्ट कल्चरल ग्रुप

छैन, तर गाँजा खाएको मेरो नजिकको साथीलाई मैले देखेको छु । गाँजा खाएपछि मान्छे मर्ने गरी हाँस्छ ।

राजबहादुर साने, निर्देशक

म चुरोट र गाँजा नखाने मान्छे । शिवरात्रिमा गाँजा नखाए पनि बियर खाएर रमाइलो गरेको छु । गाँजा खाएर रमाइलो गर्दै गरेका साथीहरूलाई आफूले पनि गाँजा खाएर मातेको भान पार्न बडो नाटक गर्नुपरेको थियो ।

रमेश दाहाल, गीतकार

झुक्याएर लड्डुमा मिसाएको खाएको छु । लड्डु देखेर साथीले कपाकप खाइदिएपछि दिनभर शिवरात्रिमा हाँसेको याद आउँछ ।

रेवत राई, गायक

मैले अहिलेसम्म गाँजाको अनुभव लिएको छैन ।

राजकुमार महतो, अध्यक्ष, भोर

बेहोस हुने गरी खाएको छु । खाएपछि रुँदै–हाँस्दै, रुँदै–हाँस्दै गरेको छु । त्यसपछि कहिल्यै खाइनँ । 

राम थापा ‘अविरल’, गीतकार

आजसम्म गाँजा, भाङ, धतुरो सेवन गरेको छैन हजुर †

ओमप्रतीक गुरुङ, निर्देशक

ठ्याक्कै गाँजा खाएको अनुभव त छैन, तर गाउँमा हुँदा रातभरि भजन–कीर्तन हुन्थ्यो । चामलको पीठोबाट बनेको परिकार प्रसाद भनेर बाँडिएको थियो । चिनी मिसाइएको मीठो । मागी–मागी खाइयो । बिहानपख त झ्याप । त्यहाँ गाँजा मिसाइएको रहेछ । दुई दिनसम्म सुतियो ।

प्रकाश सपूत, गायक

मैले आजसम्म गाँजा खाएकै छैन र अरूलाई पनि नखाने सल्लाह दिन्छु, जसले जे भने पनि यो नशा हो, स्वास्थ्य बिगार्छ बिगार्छ, यसलाई औषधि मान्ने हो भने साइन्स किन चाहिन्थ्यो ?

निर्मल शर्मा, चलचित्रकर्मी

मैले अहिलेसम्म गाँजा खाएको अनुभव गरेकी छैन ।

सरु गौतम, गायिका

आमाले प्रसादका रूपमा बिहान बर्फी बनाउनुभएको थियो । त्यसमा गाँजा मिसाएको छ भन्ने मलाई थाहा थिएन । आमा बाहिर बजार गएका बेला मलाई खाऊ भनेर बर्फीको छेउ–छेउ काटेर खुवाए । त्यो खाँदा खुबै गाँजा लागेको थियो । त्यसपछि यस्तो भयो के भन्नु, हिँड्दा खाल्डाखुल्डी देखें । जबकि बाटोमा खाल्डो नै रहेनछ । कसैले बिस्तारै बोल्दा पनि ठूलो आवाज सुनिँदो रहेछ ।

जुनु गौतम, गायिका

जिन्दगीमा एकपटक केदार घिमिरे ‘माग्ने बूढा’, यमन श्रेष्ठ र सन्देश लामिछाने मिलेर केदारजीकै घरमा खाएका थियौं । म करिब तीन दिनसम्म सुतेको सुत्यै भएँ । गाँजा लागेपछि उठ्न अल्छी लाग्ने, एकातिर हेरेपछि दिनभर त्यही मात्र हेरौं जस्तो लाग्ने, अन्त हेर्न अल्छी लाग्ने, सम्झँदा अझै पनि अचम्म लाग्छ । कुनै पनि बहानामा नशा सेवन गर्दिनँ भन्ने प्रण गरेको छु । शिवरात्रिको शुभकामना †

दीपक आचार्य ‘काकु’’, निर्देशक

शिवरात्रिमा भाङ खाएको अनुभव छ, खाएर घर हिँडेको ठमेल पुगेछु पछि थाहा भो कि म त घर पो हिँडेको थिएँ । मेरो घर ठमेल होइन, बानेश्वर पो हो भन्ने थाहा पाएपछि त्यसयता कहिल्यै भाङ खाने आँट गरिनँ । 

सरिता गिरी, रंगकर्मी

मैले अहिलेसम्म गाँजाको अनुभव लिएको छैन ।

डा. रेखा थापा, कस्मेटोलोजिस्ट

नखाएको अनुभवचाहिँ छैन । साँच्ची शिवरात्रिमा गाँजा नखाँदाचाहिँ कस्तो होला ? एकपल्ट नखाएर हेर्नुपर्ला ।

दीपकराज गिरी, अभिनेता

छ, कान्तिपुर टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि गएका बेला चाखेको थिएँ । अलि धेरै नै तानिएछ । कहिल्यै नखाएको मान्छे । सुरुमा त रमाइलै भयो, पछि जति हिँडे पनि आफ्नै घर जाने बाटो भेटिनँ । रातभर हिँड्दा पनि घर नदेखेपछि अफिसको ड्राइभरले दुई–तीन बजेतिर घर पुर्‍याइदिए । बेडमा सुतेरै पूरा संसार घुमे । पूरै उडेको उड्यै ।

आरके धिताल, मिडिया पर्सनालिटी

आफूले खाएको अनुभवचाहिँ छैन, तर म नेपालमा हुँदा कक्षा नौमा गाँजा खाएर लठ्ठ भएका केटी साथीहरूले मम खाएको सबै बिल तिर्नुपरेको थियो । मम खाएर उनीहरूले बान्तापछि त्यसलाई पनि सफा गर्नुपरेको थियो । दु:ख कतिसम्म पाइयो भने सबै साथीलाई मैले नै घर छोडिदिएँ । त्यसैले मलाई यो गाँजा, भाङ भन्ने कुरा कहिल्यै चाख्न पनि मन लागेन । 

युनिष अर्याल, सामाजिक अभियन्ता

प्राय:जसो मानिसहरू शिवरात्रिमा गाँजा अथवा भाङ खाएर शिवजीलाई खुसी पार्ने भन्ने सुनेको छु । मचाहिँ प्रसादका रूपमा भाङको लड्डु खाए पनि गाँजा भने अहिलेसम्म खाएको छैन, तर अघिल्लो साल साथीहरू भाङले मातेर रातभरि समातेर राख्नुपरेको, ट्वाइलेट लानु परेको अनि बान्ता सोर्नुपरेको नमीठो यादचाहिँ अब कहिले नआओस् जस्तो लाग्छ ।

निराजन थापा, मोडल

शिवरात्रि मनाउन आफैंले गाजा खाएको अनुभवचाहिँ छैन । बरु साथीभाइले शिवरात्रिको प्रसाद भनेर दिएको लड्डुले चाहिँ झ्याप पारेको अनुभव छ । लौ शिवजीको प्रसाद भनेर मीठो मानी–मानी खाइहालियो, पछि पो थाहा भयो, शिवरात्रिका बेला दिइने प्रसादरूपी लड्डुमा त गाँजा मिसाएको रहेछ र पो झुम बनाएछ ।

प्रकाशचन्द्र परियार, नेता, साझा पार्टी

गाँजा नै त खाएको छैन, तर थुप्रै साथीको गाँजा खाने साथीको साथी भएको छु । खाने अक्सर साथीहरू झेलेको छु ।

प्रदीपकुमार चौधरी, रंगकर्मी

जीवनमा गाँजा, चरेस उस्तै लाग्थ्यो, जस्तोसुकै अवसर या उत्सवमा खान नपरोस् भन्ने थियो तर स्नातक अध्ययन गरिरहेको अवधिमा सँगै अध्ययनरत साथीहरूले जबर्जस्त प्रसादको रूपमा खानैपर्ने भनी बाध्य बनाए । अन्तिममा जीवनमा ननाचेको म मन्दिर ४ घण्टा एकोहोरो नाचेछु, थाहा पाउँदा साथीहरू घर गई मलाई लिन आएका रहेछन्, त्यसयता प्रसादकै रूपमा पनि खान मन लाग्दैन ।

दिपेन भेटुवाल, सञ्चारकर्मी

गाँजै खान्छु भनेर त खाएकी छैन, तर यसको बास्ना थाहा छ र मन पर्छ । मीठो सुगन्ध आउँछ । बरु यसको भगवान्लाई चढाउने धूप बनाए शिवजीको पूजा गर्न यही सल्काउँथे । आखिर शिवजीको प्रिय बुटी यही त हो ।

सुशीला पाठक, गायिका

गाँजाभन्दा पनि भाङ खाएकी छु । ६ वर्षअघिको कुरा हो । दीपक दाइ (दीपकराज गिरी) र दीपाश्री निरौलासँग म कान्तिपुर एफएम गएको थिएँ । शिवरात्रिका दिन त्यतिखेर खाँदा यस्तो भयो कि खालि सबै घुमाएजस्तो लाग्यो । जति खाए पनि भोक लागेको लाग्यै । पाटनमा गएर यति बारा खाएँ कि अहिले सम्झँदा पनि कस्तो–कस्तो लाग्छ । त्यसपछि कहिल्यै खाइनँ ।

कविता गेलाल, कलाकार

अनुभव छ भनूँ कि छैन भनूँ । गाँजा त कहिल्यै खाएको छैन । तर, साथीहरूको लहैलहैमा लागेर चुरोट खान सिक्नचाहिँ खोजेको थिएँ । सिक्ने दिन पनि शिवरात्रि परेछ । त्यो दिन गाँजा मिक्स भएको चुरोट ट्राई गर्दा खोक्दा–खोक्दा एकदम गाह्रो भयो, अनि कहिले पनि चुरोट खानेबारे सोचिनँ ।

निकेश खड्का, निर्देशक

आजसम्म आफूले गाँजा नखाएकाले यसको मज्जा के हो र कस्तो अनुभव हुन्छ भन्ने अनुमान गर्न त सक्दिनँ, तर साथीभाइहरूले गाँजा खाएर लठ्ठै परेर रमाइलो गरेको देख्दा पक्कै पनि एक किसिमको छुट्टै मज्जा हुन्छ होला जस्तो लाग्छ ।

कृष्ण काफ्ले, गायक

जय शम्भो । शिवजीको भक्त हुँ । आफूले खाएको छैन । शिवरात्रिमा अरूले खाएको हेरेर इन्जोय गर्छु ।

सञ्चिता लुइँटेल, अभिनेत्री 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik