• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
होली कोसँग खेल्न चाहनुहुन्छ ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

होली कोसँग खेल्न चाहनुहुन्छ ? 
फाल्गुन २५, २०७६

होली हिन्दूहरूको एउटा विशेष चाड हो । रंगी–बिरंगी रंगहरू एक–अर्कालाई लगाएर यो चाड मनाउँदा छुट्टै किसिमको मज्जा आउँछ । त्यसैले यसपालिको होली पनि एकदम रमाइलो गरेर मनाउने तयारीमा छु । सदाझैं विभिन्न ठाउँमा होली विशेष मेरो प्रस्तुति रहनेछ । धेरै ठाउँबाट कार्यक्रमका लागि निमन्त्रणा पाएको छु, हजारौं दर्शकसँगै नाचेर, नचाएर रमाइलो गर्दा मनमा बेग्लै खुसी मिल्छ । त्यसैले यसपालिको होली दर्शकहरूसँगै खेल्ने तयारीमा छु । 

कृष्ण काफ्ले, गायक 

ओली बासँग मनाउन चाहन्छु, किनभने अब उप्रान्त भ्रष्टाचारिताको सपोर्ट नगरून् भनेर । 

दमन रूपाखेती, हास्य अभिनेता

होली मलाई मन पर्ने चाडमध्येको एक हो । विशेष गरी हाम्रो परिवारमा होली खेल्ने एउटा छुट्टै परम्परा छ । सर्वप्रथम होलीको सुरुवात भगवान्लाई होली चढाएर हुन्छ । भगवान्पछि आफ्नो परिवारका मान्यजनलाई होली चढाउन लगाएर ढोग गर्ने चलन छ । त्यसपछि सम्पूर्ण परिवारका सदस्य तथा साथीभाइसँग रमाइलो गर्दै होली मनाइन्छ । सधैंझैं यसपटक पनि यही सिलसिलालाई निरन्तरता दिने योजना छ । होली भनेको एउटा आपसी सद्भाव, माया साट्ने चाड हो । 

इतु जोजिजू, गायिका 

सधैंझैं म पोखरा गएर होली आफ्नै साथीभाइ र परिवारका सदस्यहरूसँग खेल्ने विचार गर्दैछु । 

राजु गिरी, निर्देशक

होलीका दिन बिहान घरमा परिवारका सदस्यहरूसँग खेल्छु अनि दिउँसो साथीभाइहरूसँग कुनै होली इभेन्ट्मा जाने कार्यक्रम छ । होली भन्ने पर्व नै आफ्नो नजिकका मान्छेहरूसँग रमाइलो गरी मनाइने पर्व हो जस्तो लाग्छ । 

मनिष शाक्य, कोरियोग्राफर 

रंगीन सांगीतिक प्रेम अनि सद्भाव बाँड्नका लागि म यसपटकको होली नेपाली संगीतप्रेमीहरूसँग मनाउने योजनामा छु । 

कमल के क्षेत्री, गायक

मैले यसपटकको होली नमनाउने योजना बनाएको छु । विश्व नै कोरोना भाइरसको चपेटामा छ । मेरा केही साथी नै संक्रमित भएको अवस्था छ । 

रेश मरह्ट्ठा, अभिनेता

यसपटकको होली कसरी मनाउने भनेर सोच्दैछु । 

विशाल भण्डारी, निर्देशक

नयाँ चलचित्रका लागि कलाकारहरूको वर्कसप चलिरहेको छ, तिनै कलाकारहरूसँग होली मनाउने कार्यक्रम छ । 

रेशराज आचार्य, निर्देशक

कोसँग खेल्ने भन्ने छैन । यसपटकको होली खेल्न अलि सोच्नुपर्ला जस्तो छ । कोरोना...भीडभाड...यस्तै–यस्तै । 

सरिता लामिछाने, अभिनेत्री 

तपाईंहरूसँगै होली खेल्ने हो, बरु कहाँ मनाउँदै हुनुहुन्छ भन्नु होला है । 

अमिर बज्राचार्य, मोडल

होलीको रंगलाई मैले जिन्दगीकै रंगसँग तुलना गरेकी छु । वर्षमा एकपटक आउने होली सप्तरंगी रंगहरूको समेत प्रतीक हो । त्यसैले यो विशेष पर्व म आफूले माया गर्ने तथा आफूलाई माया गर्ने साथीभाइ, परिवारका सदस्यहरूको वरपर रहेर मनाउन चाहन्छु । 

हेमा मानन्धर, इभेन्ट म्यानेजर

होली मनाउनका लागि साथीहरूले विशेष तयारी गरिरहेको जानकारी पाएको छु । यसपटकको होली आफ्ना साथीहरूसँगै रमाइलो गरेर मनाउने तयारी गरेको छु । 

अशोककुमार श्रेष्ठ, कराँते प्रशिक्षक 

एउटा नयाँ केटी साथीको खोजीमा छु अनि उहीसँग रङ दल्दै खेल्ने तयारीमा हो । लगभग साथी पनि भेटेको अवस्था हो । 

शोभित बस्नेत, निर्देशक

म यसपटक होली खेल्दिनँ । किनभने यस वर्ष यो भाइरल भइरहेको कोरोनाभाइरसले गर्दा यस वर्ष घरमै बस्नेछु ।

सुशीला पाठक, गायिका

होली नै नखेल्ने ।

असिम शाह, निर्देशक

धेरै पछि यसपटकको होली तराईमा रहेको पुरानो घर र परिवारका सदस्य तथा मेरा पुराना साथीसँग खेल्ने तयारी छु । कलेजदेखि स्कुल र मोफसलमा काम गर्दाका मित्रहरूसँग होली नखेलेको लामो समय भएकाले आत्मीयतालाई अझ पुनर्ताजगी गराउने रहर छ ।

विनोद ढकाल, पत्रकार

होली त हामी सिने इक्युपमेन्ट हाउसमा खेल्ने हो आफ्नै साथीभाइसँग । आफ्नै साथीभाइसँग रमाइलो गर्ने । हरेक वर्ष हाम्रो यही हो ।

वसन्त निरौला, निर्देशक

म मेरो शुभचिन्तक सुकमित घिसिङसँग होली खेल्ने योजनामा छु ।

डीबी बम्जन, कलाकार

मेरो लोअर ब्याक दुखेर यसपटक होली खेल्न पाउँदिनँ ।

दिव्य देव, नाट्यकर्मी

होली साथीहरूसँग खेल्न चाहन्छु । किनकि साथीहरूसँग जति मज्जा र आनन्द अरू कोहीसँग हुँदैन ।

जीबी गजल, विद्यार्थी नेता

होली पर्व रंग र खुसीको पर्व हो । यो पर्वले आपसी सद्भाव, आपसी एकताको सूत्रमा बाँध्ने काम गर्छ । त्यसैले यो खुसीको रंगमा परिवार, साथीभाइ र आफन्तहरूसँग रंगिन चाहन्छु ।

आदित्य बुढाथोकी, मोडल, निर्देशक

होली म आफ्नो परिवार र नजिकका इष्टमित्रसँग मनाउन चाहन्छु । किनकि आफूनजिकका सँग खुलेर रमाइलो गर्न सकिन्छ । आफूलाई बुझ्ने भएकाले रंग लगाउँदा रिसाउलान् भन्ने डर पनि रहन्न । चाडबाडले लामो समयदेखि टाढा भएकाहरूलाई भेट्ने अवसर पनि जुराउँछ, जसले सम्बन्ध अझ प्रगाढ बनाउँछ ।

हिमांशु रायमाझी ‘गोधूलि’, गीतकार 

म परिवार तथा साथीभाइसँग होली खेल्छु । परिवार र साथीभाइसँग खेल्दा सभ्य होली खेल्न पाइन्छ ।

खुश्बु खड्का, अभिनेत्री

सम्माननीय व्यक्तित्व भएकाले प्रधानमन्त्री केपी ओलीसँग खेल्न चाहन्छु ।

लबबहादुुर कार्की, इभेन्ट आयोजक

परिवार र साथीभाइसँग खेल्छु । परिवारको धेरै सदस्य तथा साथीभाइसँग भेटेर रमाइलो गर्ने र सौहार्दता बाँड्ने मौका मिल्ने भएकाले होला सायद । यो वर्षचाहिँ कोरोना भाइरसको आतंकले अलिक डर लागेको छ । अलिक सतर्क भएर नै खेल्नुपर्ला ।

लिना रेग्मी, अध्यक्ष, विन्ध्यवासिनी म्युजिक

होली भन्नेबित्तिकै विजयी रङहरू र सद्भावको पर्व । सधैंझैं यसपालिको होली म आफ्नो घरपरिवार, छरछिमेक र साथीभाइसँग खेल्ने योजनामा छु ।

डीपी खनाल, गीतकार

रंगको पर्व होली भन्नेबित्तिकै आफ्नो बाल्यकालको स्मरण हुन्छ । तराईमा प्राय: ‘होलीले मेरो रंगायो’ भन्ने गीतको तालमा भाङ खाँदै खुबै रमाइलो गरिन्थ्यो । यदि सम्भव भए सो गीतका कलाकार राजेश हमाल, कृष्टि मैनाली अनि मिथिला शर्मासँगै अग्र्यानिक रंगले रंगिँदै मनाउने थिएँ होला ।

अजय मल्ल ठकुरी, निर्माता

म अक्सर होली घरमै परिवारसँग खेल्न मन पराउँछु । कुनै न कुनै बहानामा साथीहरूसँग त अक्सर रमाइलो गरी नै रहेका हुन्छौ । घर–परिवारसँग दिनभर उचित र गुणस्तरीय समय व्यतीत गर्ने यो मेरो उत्तम पर्व र अवसर पनि हो । यो दिन म आफै स्वादिष्ट परिकार पनि बनाउँछु ।

मोहनकृष्ण श्रेष्ठ, निर्माता

होली म एउटा भाइचाराको सम्बन्ध गाढा बनाउने पर्वलाई लिन्छु । यसको कारण अरू केही होला, त्यसकारण जो–कोहीसँग पनि खेल्छु । बिना उच्छृंखल सौहार्दपूर्ण वातावरणमा होली खेल्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु ।

दीपेन्द्रराज शाक्य, उद्यमी

म जिन्दगीको कुनै एउटा होली गायक उदितनारायण झासँग खेल्न चाहन्छु, किनकि म बाल्यकालदेखि नै उहाँका गीत र त्यो मखमली आवाज सुन्दै संगीतप्रति आकर्षिक भएको व्यक्ति हुँ । 

मानस राज, गायक

साथीहरूसँग होली खेल्छु । धेरै रमाइलो हुन्छ ।

मिलन गीता श्रेष्ठ, गायक

नेपालमा हुँदा परिवार र साथीहरूसँग खेल्थें अनि राधाकृष्ण मन्दिर गएर पूजा गर्थें । तर, यहाँ युकेमा चाहिँ खेल्न नपाउँदा बोर लाग्छ ।

दुर्गा घले थापा मगर, निर्मात्री

म यसपालिको होली नेपालको प्रधानमन्त्रीसँग खेल्न चाहन्छु । किनकि उहाँले यो देशलाई नयाँ ठूलो योगदान दिनुभएको छ । देशलाई नयाँ दिशातर्फ लाँदै हुनुहुन्छ । त्यही भएर उहाँसँग यो उत्सव मनाउन चाहन्छु ।

वसन्तराज रिजाल, कलाकार

भद्र, सालिन किसिमले होली खेल्ने साथीहरूसँग यो वर्षको होली मनाउँदैछु । किनकि बाहिर गएर खेल्दा खाने–पिउने, जथाभावी रंगहरू दल्ने गलत प्रवृत्ति हो । तर, नजिकका साथीभाइ, इष्टमित्रहरूसँग मिलेर खेल्ने हो । 

विनोद ढकाल, गायक

आफ्नै साथीभाइ, संगिनीहरूसँग होली खेल्छु । सांगीतिक माहौलमा रमाइलो पनि हुने भएकाले होली निकै मन पर्छ । 

विप्लवमान सिंह, पूर्वअध्यक्ष, क्यान

परिचित र होलीको महत्व बुझेकाहरूसंग मात्र सप्तरंगी रंगमा खेल्न चाहन्छु । 

रेखा शाह, गायिका 

होलीको रंग तथा अबिरले गलामा प्रभाव पार्ने भएकाले प्राय: होली खेल्दिन । खेल्नै परे नजिकका साथीहरूसँग मात्र सुरक्षित तरिकाले खेल्छु । 

बानिका प्रधान, गायिका 

चितवनको नारायणगढमा आफ्नै बाल्यकालका साथीहरूसंग होली खेल्दैछु । पुराना साथीहरूसंग होली खेल्दाको मज्जा नै बेग्लै हुन्छ । 

दीपक खाँड, निर्देशक

म त मधेशको ज्वाईं, पहिला त घरमै श्रीमती तथा परिवारका सदस्यहरूसंग खेल्छु, त्यसपछि मात्र साथीभाइसँग ।

विशाल भण्डारी, निर्देशक

साथीभाइहरूसँग बसेर, रंग दलेर, रमाइलो भेटघाट गरेर होली मनाउने योजना छ । 

अर्जुन पोखरेल, संगीतकार

होली आफ्नो परिवार अनि साथीभाइसँग खेल्न चाहन्छु । होली आएपछि कार्यक्रमहरूमा जानैपर्छ । मेरो पहिलो रेकर्डेड चलचित्र गीत नै फागु चलचित्रको होली गीत हो, त्यसैले पनि मलाई होली विशेष लाग्छ । मलाई होली आएपछि यो गीतमा दर्शकसँग रंग लगाएर सँगै नाच्न रमाइलो लाग्छ । 

मीना निरौला, गायिका

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik