• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
एसएलसी दिँदाको  रमाइलो अनुभव के छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

एसएलसी दिँदाको  रमाइलो अनुभव के छ ?
चैत्र ७, २०७६

म एसएलसी दिने बेलासम्म पनि ड्याडीसँग स्कुल जाने गर्थें । एसएलसी परीक्षाको दुई दिन अगाडि ‘अप्सरा’ फिल्म साइन गरेँ । एसएसली परीक्षा दिन जाने दिन मेरो कान्तिपुर साप्ताहिकमा तस्बिरसहित समाचार छापिएको थियो । म त अति नै खुसी थिए । परीक्षाकेन्द्र पुग्दा सबैले मलाई हेरिरा’थे । ससानो आवाजमा सञ्चिता त एसएलसी दिने बित्तिकै पैसा कमाउने भयो भन्दै गाइँगुइँ चलिरहेको थियो । क्या मोज छ भन्दै कुरा गरेको सुनेँ । एक किसिमले त्यो दिन मेरो चर्चा सुनेर म आफूलाई सेलिब्रेटी महसुस गरिरहेको थिएँ ।

सञ्चिता लुइँटेल, अभिनेत्री

मलाई संक्षिप्त उत्तर दिनुस् भन्ने प्रश्न सकाउन डेढ घन्टा लाग्थ्यो अनि बाँकी प्रश्न डेढ घन्टामा सक्थें । तर, मैले कहिल्यै पनि प्रश्नहरू मिस गरिनँ ।

सुजित थापा, हास्यकलाकार

मेरो शरीरभरि चिटको कलेक्सन थियो त्यसैले मलाई शंका गरेर गार्डले पूरै चेकिङ गर्नु भएको थियो । तैपनि केही भेट्नु भएन र छाडिदिनुभयो । तर, पछि चिट सार्दै गर्दा पक्राउ परियो । ‘मैले तलाई माने, लु छिट्टो सार’ भनेर छाडिदिनुभयो ।

सुलक्षण भारती, रंगकर्मी

साथीलाई बचाउन मैले गार्ड सरसँग झगडा गरे अनि म पनि निष्कासित भएँ । १५ मिनेटपछि म पछाडि झ्यालबाट छिरेर अर्काे गार्ड सरको सहयोगमा परीक्षा दिएँ । स्कुलदेखि नै कलाकार हुनुको फाइदा उठाएँ । यद्यपि त्यो बेला असाध्यै डराएको थिएँ । अहिले त्यो घटना सम्झँदा रमाइलो लाग्छ ।

किशोर भण्डारी, हास्यकलाकार

रमाइलो के हुनु, टेन्सन हुन्थ्यो । रातभरि बुक पढेर सकाउनु पर्ने हुन्थ्यो । बिहानै उठेर परीक्षा दिन जाँदा बाटोमा बुक पढ्दै गइन्थ्यो, अहिले सम्झँदा रमाइलो लाग्छ । एसएलसीको अर्को फाइदा नयाँ–नयाँ साथी बनाउन पाउनु पनि हो ।

सुरविना कार्की, अभिनेत्री

ओहो, ओठ तालु सुकेर बेहाल नै भएको थियो । अहिलेलाई यति भनूँ ।

दीपाश्री निरौला, हास्यकलाकार/निर्देशक 

एसएलसीको परीक्षाभन्दा पहिले हुने मूल्यांकन परीक्षा पक्कै पनि सबैभन्दा रमाइलो थियो । स्कुलले आफैं परीक्षा लिने भएर रुटिन अलि छुट्टै थियो । सुरुमै म्याथको परीक्षा थियो । कक्षामा सँगै पढ्ने साथी राजुको पढाइमा खासै रुचि थिएन । त्यसैले उसलाई यो कुरा थाहा थिएन । सुरुकै दिन ‘आज त टन्नै चिट छ, अंग्रेजीमा पक्कै पास’ भन्दै उप्रिँmदै आयो । आज म्याथको परीक्षा होभन्दा गफ नलगा न केटा हो, रुटिन हेरेर आएको हो भन्यो । परीक्षा सुरु भएपछि सबै आ–आफ्नो धुनमा लेख्न थाले, राजु ट्वाँ पर्‍यो । राजुलाई हेरेर सारा कक्षा हाँस्यो । पछि सबैभन्दा पहिले फेल हुने पनि ऊ नै भयो ।

सौरभ चौधरी, फिल्म निर्देशक

घरदेखि ९ किलोमिटर टाढा एसएलसीको सेन्टर परेको थियो । फस्ट डिभिजनमा पास हुने लक्ष्य थियो । त्यसैले चिट हातमा लुकाएर जान्थें । तर, चिट चोरेको कसैले थाहा पाउँदैनथ्यो । अनि परीक्षा हलबाट सानसँग निस्किन्थे, नयाँ–नयाँ साथीहरू भेटिन्थ्यो । आहा, साँच्चै कति रमाइला थिए ती दिनहरू ।

प्रमोद अग्रहरी, अभिनेता

एसएलसीेको दोस्रो अन्तिम दिन थियो । जिस्केर साथीको कपडा सिलाउने मेसिन चलाइरा’थें । एक्कासि चोरी औंलामा मेसिनको सियोको टुप्पो गाडियो । अब परीक्षा दिन सक्दिनँ भन्ने डर लाग्यो । सियो झिक्न मेडिकल डाक्टरकोमा गएँ । सुरुमा डाक्टरले सक्दिनँ भन्यो । मेरो त होस हवास नै उड्यो । तर, पछि धेरै मुस्किलका साथ सियो झिकियो र बढो कठिनका साथ चारवटा औंलाले मात्रै समातेर परीक्षा दिएँ । तर, अन्तिममा सबैभन्दा बढी अंकचाहिँ त्यही विषयमा ल्याएको म कहिल्यै बिर्सन्न ।

रवि आचार्य, मोडल

मैले २०५८ साल चैतमा दिएको हो, एसएलसी । देशमा संकटकाल घोषणा थियो त्यसैले मलाई लाग्छ, परीक्षा भएकै बेला चार दिन बन्द पनि भएको थियो । मेरो गाउँदेखि तीन घन्टा लाग्ने ठाउँ अर्थात् सदरमुकाम कलैयामा एक्जाम सेन्टर परेको थियो । घरबाट आउन जान टाढा हुने भएर हामी साथीहरूले मिलेर १५ दिनका लागि सदरमुकाममै डेरा लिएका थियौं । त्यतिबेला मलाई लामखुट्टेले टोकेर ज्वरो आएको थियो । कहिल्यै भुल्दिनँ म त्यो क्षण ।

छुल्ठिम गुरुङ, अभिनेत्री

 

म मेरो ब्याचमै गणितको सबैभन्दा राम्रो विद्यार्थी थिएँ । र, गणित टिचरको फेभरेट विद्यार्थी पनि थिएँ । सरकारी स्कुलको विद्यार्थी भएकाले अंग्रेजी भने त्यति राम्रो थिएन । एक्जाममा मेरो क्लासकै टप फाइभ केटी साथी मसँग एक्जाममा सँगै परेको थियो । उसले मलाई अंग्रेजी सिकाउने, म उसलाई म्याथ । रुटिनअनुसार म्याथको गणित अगाडि थियो । त्यो साथीले कोट्याएको कोट्याइ गरेर मैले पूरा प्रश्न भ्याउने समय पाइनँ । त्यसैले रिजल्टमा पास मार्क मात्रै आयो । तर, अंग्रेजी परीक्षाको दिन त्यो साथीले मलाई हात्ती आयो, हात्ती आयो फुस्स बनाइदियो ।

विज्ञान राई, म्युजिक भिडियो निर्देशक

म रातभरि पढ्थे त्यतिबेला । त्यतिबेला बत्ती गइरहने भएर मामुले मलाई पढ्नका लागि ब्याट्रीवाला लाइट ल्यादिनुभएको थियो । तर, एसएसलीका बेला एक दिन पढ्दा–पढ्दा बत्तीको ब्याट्री नै सक्कियो । अनि मैले ठूलो मैनबत्ती बालेर पढेँ । पढ्दा–पढ्दै निदाएछु । मैनबत्ती सक्किएर पूरै सिरानी जलेछ । धन्न मामु तीन बजे ट्वाइलेट जान ब्युझिनुभएछ र त्यो सब देख्नुभयो π

सन्ध्या भट्टराई, मोडल

एसएलसीको अघिल्लो रात केही साथीहरू मिलेर स्कुलको वालबाट हाम्फालेर आफ्नो बेन्चको मुनि गेस पेपर लुकाउन लामा–लामा काँटी ठोक्न गएका थियौं र ठोक्यौं पनि । धन्न, भोलिपल्ट सबै प्रश्न सजिला थिए, त्यसैले चिट चोर्नु परेन ।

प्रकाश दाहाल, रंगकर्मी

दुइटै गणितमा १००–१०० नम्बर ल्याउने संकल्प थियो । तर, एउटामा ९० र अर्कोमा ९१ मात्रै आउँदा धेरै महिनासम्म चुकचुकाएको थिएँ । 

दीपेन्द्र लामा, फिल्म निर्देशक

मैले ०४५ सालमा एसएलसी दिएको हो । जनआन्दोलनको तयारी सुरु भइसकेको हुँदा आन्दोलन चर्किंदै थियो । ट्युसन जाँदाजाँदै असनको बीचमा प्रहरी र जनताबीच हानाहान हुँदा मेरो घाँटीमा ढुंगा आएर लागेको थियो । एकछिन त गोली नै लाग्यो कि जस्तो भयो । धन्न, त्यस्तो होइन रहेछ ।

एन्जिला श्रेष्ठ, गायिका

मैले ०६५ सालमा एसएलसी दिएको हो । हाम्रो स्कुलमा एसएलसीका लागि होस्टेल अनिवार्य गरेको थियो । पढाइसँगै साथीहरूसँग गरेको रमाइलो म कहिल्यै बिर्सन्नँ । मलाई अझै याद एसएलसीको अन्तिम दिन अकाउन्टको परीक्षा थियो । अब साथीहरूसँग छुट्टिन पर्छ भनेर पूरा परीक्षा रुँदै दिएको थिएँ । मलाई लिनँ परीक्षा हल बाहिर मेरो बुबा आउनुभएको थियो । उहाँले एक्जाम बिग्रिएका कारण रोएको भन्ने लागेछ । त्यो पल संझिदा आज रमाइलो लाग्छ ।

रजिना रिमाल, गायिका 

पुरानो झापामा मेरो एक्जाम सेन्टर परेको थियो । घरबाट एक घन्टा टाढा थियो । परीक्षा दिन जाँदा साइकल लिएर जान्थ्यौं र साइकल एक जना चिनेको आन्टीको घरमा राख्थ्यौं । एक दिन परीक्षा सकेर साइकल लिन फर्किंदा बाटोमा धेरै ठूलो गोबन सर्प अगाडिबाट आयो र छेउको घरमा छिर्‍यो । त्यो सानो खरले छोपेको घरभित्र एकजना आमाले नानीलाई दूध खुवाइरहेको थिइन् । त्यो देख्दा म डराएँ । कतै नानीलाई टोक्ने हो कि भन्ने डरले मैले हतारहतार बाँसको किला उखेलेर त्यो सर्पमाथि प्रहार गरेँ । सर्प मर्‍यो । एसएलसी भन्नासाथ म सधैं यो घटना सम्झिन्छु ।

विशाल निरौला, गायक/एरेन्जर

परीक्षामा लेख्दै गर्दा पुलिसले बन्दुक भिरेर हलमा निरीक्षण गरेको याद आउँछ । जब–जब उनीहरू हलभित्र छिर्थे, डरले मेरो माइन्ड एकछिन त जिरो हुन्थ्यो ।

सुदीप रेग्मी, व्यवसायी

एसएलसीको परीक्षाताका म र मेरो मितज्यू एउटै बेन्चमा परेका थियौं । मीतज्यू हाम्रो ब्याचको टपर हुनुहुन्थ्यो । यद्यपि म अंग्रेजीको क्लास टपर थिएँ । मितज्यू अंग्रेजीमा कमजोर, म गणितमा । एक्जामका बेला संयोगले एकै बेन्चमा परिएको थियो । सोच्नुस्, अब के–के भयो होला !

कुमार भट्टराई, फिल्म निर्देशक

खासमा म एसएलसी दिने बेला एकदमै बिरामी भएको थिएँ । स्कुल जान पनि नपाएकाले परीक्षा बिग्रिन्छ कि भन्ने पिर थियो । तर, रिजल्ट राम्रो भयो । यही त होला रमाइलो अनुभव π

लक्ष्मी बर्देवा, अभिनेत्री

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik