• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
‘सिनेमा खेल्ने सपना पूरा गर्दैछु’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

‘सिनेमा खेल्ने सपना पूरा गर्दैछु’
चैत्र १२, २०७६

गायक प्रकाश सपूतले चलचित्रमा अभिनय गर्ने भएका छन् । अहिले छायांकन भइरहेको ‘परदेशी–२’ बाट उनले चलचित्रमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका सपूतसँग उनको कलायात्राबारे साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानी :

कसरी गीत/संगीतबाट एक्कासि चलचित्र क्षेत्रतिर मोडिनुभयो ?

गीत/संगीतलाई छाडेर सिनेमातिर लागेको होइन । मेरो गायनयात्रा पनि जारी नै छ । यद्यपि, सिनेमामा अभिनय गर्ने बाल्यकालदेखिकै चाहना पूरा गर्दैछु । सिनेमाप्रति पहिल्यैदेखि आकर्षण थियो । सानो छँदा अत्यधिक सिनेमा हेर्थें । सिडी किनेर गाउँका सुबेदारको घरमा भएको डेकमा हालेर टिभीमा फिल्म हेरिन्थ्यो । बजार गएका बेला एकैचोटी थुप्रै फिल्मका सिडी ल्याउने गरेको थियो । र, पालैपालो हेर्ने गरेका थियौं । त्यतिबेलैदेखि मलाई चलचित्रमा अभिनय गर्ने रहर पलाएको हो । अहिले त्यो रहर पूरा हुँदैछ ।

पहिलो पटक हलमा गएर चलचित्र हेरेको अनुभव ?

मैले पहिलोचोटि हलमा गएर हेरेको चलचित्र ‘मायाको जाल’ हो । त्यही दिन अर्को पनि एउटा चलचित्र हेरेको थिएँ, नाम बिर्सिएँ । एलएलसीको परीक्षा चलिरहेको थियो । त्यही बेला शनिबार बाग्लुङ बजार पुगेर साथी सुरेश र मैले पूजा हलमा गएर फिल्म हेरेका थियौं । फिल्म हेरेर फर्कंदा रात परेको थियो । त्यसपछि फिल्मको हिरो बन्ने चाह झन् बढ्यो ।

‘परदेशी–२’ मा कसरी इन्ट्री हुनुभयो ?

मैले पहिल्यै नारायण रायमाझीसँग फिल्ममा अभिनय गर्न रहर भएको कुरा बताएको थिएँ । एक दिन उहाँले चलचित्रमा अभिनय गर्ने प्रस्ताव राख्नुभयो । रमेश बिजीले लेख्नुभएको फिल्म ‘परदेशी–२’ उहाँले नै निर्देशन गर्ने कुरा भइसकेको रहेछ । पछि उहाँले फिल्मको स्क्रिप्ट नै ‘मलाई सुहाउँदो लेखेको’ भन्नुभयो । मैले अस्वीकार गर्ने कुरै भएन । 

अहिले चलचित्रमा अभिनय गरिरहँदा कस्तो लागेको छ ?

एकदम ‘इन्जोय’ गरिरहेको छु । बाल्यकालदेखिको सपना पूरा हुने भएपछि खुसी नहुने कुरै भएन । व्यावसायिक रूपमा गीत÷संगीतबाट राम्रै भइराखेको थियो । सपना पूरा गर्ने अर्थमा चलचित्रमा रमाइरहेको छु । अहिले सकेसम्म राम्रो अभिनय गर्नेतिर ध्यान केन्द्रित गरेको छु ।

चलचत्रिमा लागेर गीत÷संगीतबाट टाढिने त होइन ?

त्यो सम्भवै छैन । गायनयात्रालाई पनि अघि बढाउँछु नै, तर यो चलचित्रको काम सकिएपछि । 

चलचित्रमा केकी अधिकारीसँग काम गर्दै हुनुहन्छ । कस्तो लागेको छ ?

केकीजीसँग काम गर्दा गर्व अनुभूति भएको छ । मैले जीवनमा पहिलोचोटि प्रत्यक्ष देखेकी अभिनेत्री पनि केकी नै हुनुहुन्छ । आफूलाई मन पर्ने र स्थापित अभिनेत्रीसँग काम गर्न पाउँदा निकै खुसी छु । उहाँ निकै मिलनसार हुनुहुँदो रहेछ । अभिनयका लागि उहाँको सहयोग पनि पाइरहेको छु ।

अभिनय सिक्नुपर्ने रहेछ भन्ने लागेको छैन ?

मैले अभिनयबारे ठूलो कुरा गर्न मिल्दैन । तर, यो ठ्याक्कै सिकेर सिकिने कुरा हो जस्तो लाग्दैन । अभिनय भनेको फिलिङ्सलाई व्यक्त गर्ने कला हो । केही प्राविधिक पाटोबारे सिक्न–बुझ्न पर्ने रहेछ । विगतमा म्युजिक भिडियोमा पनि काम गरेकाले सजिलै भएको छ । तैपनि सिकेकै जस्तो त नसिकेको के हुन्थ्यो ?

‘परदेशी–२’ मा तपाईंको कस्तो खालको भूमिका छ ?

म जस्तो छु, त्यस्तै खालको भूमिका दिनुभएको छ । सबै कुरा नखोलौं, तर मलाई दर्शकले सम्झिरहने क्यारेक्टर दिएजस्तो लाग्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik