• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
लकडाउनमा तपाईं के गरिरहनुुभएको छ ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

लकडाउनमा तपाईं के गरिरहनुुभएको छ ? 
चैत्र २८, २०७६

कमेडी अध्ययन गर्ने । चेस खेल्ने । सन्देशमूलक भिडियो बनाउने । गफ लडाउने । दाल, भात लडाउने । कौसीमा जाने । कम्पाउन्डभित्र भ्रमण गर्ने । मेरो लकडाउन त यस्तै छ । 

केदार घिमिरे ‘माग्ने बुढा’, हास्य अभिनेता

किताब पढिरहेकी छु, आफं खाना पकाइरहेकी छु, नियमित ‘वर्कआउट’ गरिरहेकी छु, अनि टिकटक बनाइरहेकी छु । 

सुरविना कार्की, अभिनेत्री 

लकडाउनको नियमलाई पूर्ण पालना गर्दै सामाजिक सञ्जालमा भुलिरहेको छु । यही लकडाउनमा ट्विटर अकाउन्ट खोलेको छु, एक्टिभ त हुनै पर्‍यो । 

बद्री पंगेनी, गायक

अरू बेला परिवारलाई समय दिन पाउँदिन थिएँ, अहिले प्रशस्तै समय पाइएको छ, त्यसको सदुपयोग गरिरहेको छु । घरको काम, कुकिङ, सरसफाइ सबै गरिरहेको छु । म्युजिकमा रियाज त छँदैछ । 

एन्जिला रेग्मी, गायिका

लकडाउन भनेको कोरना माहामारी छिर्न नदिने एउटा मात्र उपाय हो । त्यो उपायलाई पूर्ण साथ दिँदै घर परिवारलाई पूरा टाइम दिँदै घरमै बसेर गर्नुपर्ने अधुरा कामहरू पूरा गर्दैछु । प्रेम गीत–३ को लाइनअप पटक–पटक हेरेर त्यसलाई पोस्टप्रोडक्सनका बेलामा के–के सुधार गर्न सकिन्छ, त्यो मार्क गर्दै । 

सन्तोष सेन, फिल्म निर्माता

गाउँ जितपुर आएको छु । यतै परिवारसँग दिन कटाइरहेकी छु । अति विपन्न लोपन्मुख उराव समुदायका १९ घर परिवारलाई अस्ति खाद्यन्न राहत लिएर गइयो । यसबाहेक फुर्सदको समयमा सिनेमा हेर्ने, पुस्तक पढ्ने त छँदैछ ।

कामेश्वर चौरसिया, अभिनेता

लकडाउनको पूर्णरूपमा पालना गर्दै घरमा परिवारसँग सेल्फ क्वारेन्टाइन्मा बसिरहेकी छु । घर वरपर रहेका असहाय र सडक बालबालिकालाई आफूले सक्ने सहयोग पनि गरिरहेको छु । टिभीमा कस्तो समाचार आइरहेको छ, अनलाइनले के लेखिरहेको छ, नियमित अपडेट हुन्छ । संगीतलाई त समय दिने भइहालियो । 

सरु गौतम, गायिका

म यता दार्जिलिङतिरै छु । नयाँ फिल्मका लागि कथा लेखिरहेको छु । स्थिति खराब छ, घरमै छु, सुरक्षित त हुनैपर्‍यो । 

तुलसी घिमिरे, फिल्म निर्देशक

प्रदेश २, प्रदेश १ मा ज्यालादारी मजुरी गरिने श्रमिक वर्गलाई म आबद्ध संस्था भोरमार्फत राहत वितरण गरिरहेको छु । आफ्नो व्यक्तिगत स्तरबाट २ लाख रुपैयाँ योगदान गरी १ सय परिवारलाई राहत प्याकेज प्रदान गरिरहेको छु । सँगसँगै नयाँ मैथिली र नेपाली सिनेमाका लागि कथा र स्क्रिप्ट लेख्दैछु । 

राजकुमार महतो, फिल्म निर्माता 

क्लबहरू ठप्प भएर व्यापार चौपट छ । कहिले खोल्न पाइने हो थाहा छैन । भर्खरै घरमा छोरी जन्मिएकी छे । छोरीसँग खेल्दा र रमाउँदा समय गएको पत्तै हुँदैन । यसबाहेक समय कटाउन टिभी, युट्युब, फेसबुक र किताब त छँदैछ । 

आयुष ठकुरी, नाइट क्लब व्यवसायी

अहिलेको समय घरभित्रै बसेर लकडाउनको पालना गर्दै घरमै बसेको छु । नयाँ–नयाँ गीतको कम्पोज गरिरहेको छु । पहिलेभन्दा बढी व्यायाम गरिरहेको छु । दिमागमा नकारात्मक कुरा नखेलुन, रोग प्रतिरोधात्मक क्षमता बढोस् भनेर बढीभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रम र ऐतिहासिक फिल्म हेरिरहेको छु । 

युवराज चौलागाईं, गायक

लकडाउनको समयमा शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ रहिरहन म र मेरो परिवार सकारात्मक सोच र स्वस्थ्य व्यवहारमा केन्द्रित हुने कोसिस गरिरहेका छौं । शरीरलाई फुर्तिलो र स्वस्थ राख्न हरेक दिनको सुरुवात योगबाट गरिरहेको छु । खानपानपछि दिउँसोको समयमा स्नातकोत्तर परीक्षाको तयारी गर्नेदेखि फिल्म र अन्य पुस्तकहरूमा दिन बितेको पत्तै हुन्न । हेर्न नभ्याइएका फिल्म र पढ्न नपाएका पुस्तक पनि पढिरहेको छु । 

सिर्जना राईं, विद्यार्थी

घरमा सिर्जनात्मक लेख लेख्दै फेसबुकमा लाइभ आउँछु, अनि अलिकति चेतनामूलक कुरा गर्छु । टिभी र सामाजिक सञ्जाल हेर्दै, परिवारसँग मीठो मसिनो खाँदै संसारबाट छिट्टै यो कोरोना भन्ने भाइरस गायब होस् भन्ने कामना गर्छु । कहिले सोफामा, कहिले भुइँमा कहिले पलङमा लडेर यो लकडाउनको लक कहिले अनलक हुन्छ भन्ने पर्खाइमा दिन बितिरहेको छ ।

सुजित थापा, हास्यकलाकार

म स्वास्थ्य पत्रकार भएको कारण निरन्तर रिपोर्टिङ मै छु । कार्यालय लकडाउन छ । भित्र हुने भित्रै बस्ने र हामी रिपोर्टरले बाहिर बाहिरै रिपोर्टिङ गरेर समाचार पठाउने भन्ने अवधारणाअनुसार विभिन्न अस्पतालमा र भक्तपुर ललितपुर काठमाडांैमा रिपोर्टिङमा हिँडिरहेको छु । सबै पसलहरू बन्द भएको कारण बाहिर फिल्डमा खटिने प्रहरी, पत्रकारलाई खाजापानीमा समस्या छ । 

रिया भण्डारी, सञ्चारकर्मी

गाह्रो छ दिन कटाउन । दिउँसो निन्द्रा लाग्न छोडिसक्यो । सुरुको चार दिन त लागेको थियो । टिभी हेर्दाहेर्दा आँखा दुख्छ, कति हेर्नु ? मोबाइल कति चलाउनु, त्यही कोरोनाको मात्र न्युज आउँछ भनेर डर लाग्छ । त्यसैले दिउँसो बढीजसो संगीतमै समय दिइरहेको छु । 

कुलेन्द्र विश्वकर्मा, गायक

लकडाउनले गर्दा आज–भोलि आफ्नो लागि समय पाएकी छु । बिहान उठेर नियमित योगा गर्न पाएको छु, गीत अभ्यासका लागि पर्याप्त समय पाएको छु । अल्छी लाग्दा कहिले नेटफ्लिक्सबाट फिल्महरू हेरेर त कहिले मिठोमिठो खाने कुराहरू बनाउँदै दिन जान्छ । 

अनिता चलाउने, गायिका

लकडाउनमा म केही गरिरहेको छैन तर समय बितिरहेको छ । बच्चासँग खेल्यो, टिभी हेर्‍यो, मोबाइल चलायो, किताब पढ्यो बस्यो । 

अर्जुन घिमिरे, हास्यकलाकार

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik