• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
पृथ्वीनारायण शाहको मृत्यु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

संजीवन महर्जन

पृथ्वीनारायण शाहको मृत्यु
चैत्र १७, २०७२

नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् । उपत्यका विजयपछि पूर्वअभियानलाई सिक्किमसँगको सम्झौतापछि टुंग्याएका पृथ्वीनारायण शाहले त्यसपछि पश्चिम विजय अभियान थाल्नुअघि पृथ्वीनारायण शाह विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए । त्यहीँ उनको मृत्यु सामान्य ज्वरोका कारण भएको इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख गरेका छन् । 

ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लागिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भएको उक्त पुस्तकमा उल्लेख छ । 

यता भारतीय लेखक विराजद्वारा लिखित तथा आत्माराम एन्ड सन्सद्वारा सन् २०१० मा प्रकाशित गरेको ‘नेपालेश्वर’ शीर्षकको उपन्यासमा पृथ्वीनारायण शाहको मृत्यु बाघ (त्रिशूली क्षेत्र बाघको प्राकृतिक बासस्थान होइन, चितुवा हुनसक्छ ।)को आक्रमणबाट भएको उल्लेख गरिएको छ । पुस्तकका अनुसार पृथ्वीनारायण शाह सिकार खेल्न पोख्त थिए । उनी बाघका लागि अन्य जनावर मारेर पासो थाप्थे भने बाघ सिकार खान आएको मौका पारी तरबारले सोझैं आक्रमण गर्थे ।

उक्त पुस्तकका अनुसार आफ्नो मृत्युअघि पनि उनी आफ्नो सिकारी दलबलसहित त्रिशूली किनारतिर गएका थिए । सम्पूर्ण तयारीपछि उनको दलबलले बाघलाई पासोमा पारेको थियो । बाघलाई वरिपरिबाट अन्य सिकारीहरूले घेरा हालिसकेपछि पृथ्वीनारायण शाहले बाघमाथि तरबारले आक्रमण गरे, तर आफूतिर अघि बढिरहेका पृथ्वीनारायण शाहमाथि उक्त बाघले अचानक झम्टेर उनको गर्धन नै समात्यो । त्यसपछि पृथ्वीनारायण शाहलाई बचाउन उनका सहयोगीहरूले उक्त बाघमाथि आक्रमण गरेका थिए । बाघ भागेपछि पृथ्वीनारायण शाहलाई घाइते अवस्थामै शिविरमा ल्याइएको थियो, जहाँ राजवैद्यले उनको उपचार गरेका थिए । बाघले पृथ्वीनारायण शाहलाई दिएको चोट यति गहिरो थियो कि उनको उपचार सम्भव हुन सकेन । आफ्नो अन्तिम अवस्था बुझिसकेका पृथ्वीनारायण शाहले आफूलाई देवीघाट पुर्‍याउने आग्रह गरे । जहाँ पुग्दा नपुग्दै उनको मृत्यु भयो । 

अब प्रश्न उठ्छ, नेपालेश्वरमा उल्लेख भएको घटना कति सत्य हो ? यो विषयमा अहिलेसम्म कुनै पनि नेपाली इतिहासकारले कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् । यो विषयलाई अनुसन्धानको विषयका रूपमा पनि स्वीकार नगरिनु नेपाली इतिहासको एउटा उदेकलाग्दो पाटो मान्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik