एकतर्फी प्रेमलाई प्रेम भनिन्छ कि भनिँदैन, यो विषयमा प्रेम पण्डितहरूबीच बहस चल्ने गरेको छ । तैपनि एकतर्फी प्रेमका कुरा भने मानिसले चाख मानेर पढ्ने–सुन्ने गरेका छन् । युवा पुस्तालाई लक्षित गरेर प्रकाशनमा ल्याइएको युनिका उपन्यास यस्तै एकतर्फी प्रेमकथामा आधारित छ । युनिकाले राजधानीबाहिरको एक युवकले आफूले चाहेकी युवती प्राप्त गर्न नसकेपछि काठमाडौं छाडेको मर्मस्पर्शी कथा भन्छ । यो उपन्यासमा युवा मनले सोच्ने अनेकन तर्कना प्रस्तुत गर्छ र अन्त्यमा नयाँ जीवनको खोज सुरु गर्छ । घनश्याम पथिकद्धारा लिखित यो उपन्यासको भाषा मीठो छ । बीएन पुस्तक भण्डारले प्रकाशन गरेको यो उपन्यासको मूल्य २ सय ९९ रुपैयाँ छ ।

