• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

कोरोनाले रोकेका नयाँ पुस्तक
असार ११, २०७७
कोरोना महामारीबाट बच्नका लागि गरिएको लकडाउनले मानिसलाई बाध्यात्मक फुर्सद पैदा गरिदियो । त्यसबेलाको एउटा साथी बनिरहेको छ-पुस्तक । तर यही महामारीले नयाँ पुस्तक प्रकाशन रोकिदियो । लकडाउन खुकुलो भएसँगै पुस्तक बजार कसरी चलायमान बनाउन सकिन्छ भनेर प्रकाशकहरू चल्मलाएका छन् ।

चैत र बैशाख महिनालाई पुस्तक प्रकाशनका हिसाबले राम्रो समय मानिन्छ । प्रकाशकहरू राम्रा र आशा गरिएका पुस्तक कि त दसैँ अगाडि (भदौ र असोज महिनामा) कि नयाँ वर्षछेका निकाल्ने गर्छन् । यो समयलाई बजारका हिसाबले किताबको विशेष सिजन मानिन्छ । तर, लकडाउनका कारण गत चैत र यस वर्षको वैशाखमा कुनै पनि नेपाली पुस्तक बजारमा आएनन् । प्रकाशित पुस्तक पनि बजारमा जान पाएका छैनन् । पछिल्लो ४ महिनादेखि नेपाली बजारमा पुराना पुस्तकको मात्रै किनबेच भइरहेको छ ।

मञ्जरी प्रकाशनका कृष्ण अविरलले गत साता सामाजिक संजालमा ३ पुस्तकको कभर फोटो पोस्ट गरेर एउटा क्याप्सन राखे, ‘सम्पादन, डिजाइन, कागज खरिद आदिमा खनखनी पैसा लगानी भयो । मिहिनेत पनि उग्रै गरियो । छापिएर गोदाममा पनि आइपुग्यो । तर, बन्दाबन्दीका कारण तपाईंहरूसम्म पुर्याउन पाइएन । कम्ती चुकचुक लागेको छ ।’ यसरी बजार जान नपाएका किताबमा राहुल सांङ्कृत्यायन (अनुवादः रोशन दाहाल) को ‘बौद्ध दर्शन’, दीपक सुवेदीको ‘सजिलो नेपाली वर्णमाला’ र गणेशप्रसाद लाठको ‘अघटित’ छन् । अविरलले यो भनाइले पछिल्लो समय नेपाली बजारमा पुस्तकको अवस्था दर्शाउँछ । मञ्जरीजस्तै यतिबेला थुप्रै प्रकाशन गृहले नयाँ पुस्तक बजारमा ल्याउन सकिरहेका छैनन् ।

प्रकाशक फाइन प्रिन्टका अजित बराल आफ्नो प्रकाशनबाट ५ वटा पुस्तक छापिएर बजारको पर्खाइमा रहेको बताउँछन् । मनिषा कोइरालाको ‘हिल्ड’ को नेपाली अनुवाद, जीवा लामिछानेको ‘देश देशावर’, डा. राजु अधिकारीको ‘आखिर रोज्ने के ?’, सुरेश बडालको ‘रहर’ र राजीव उपाध्यायको अर्थ राजनीतिसम्बन्धी अंग्रेजी पुस्तक छापिएर गोदाममा थन्किएका छन् । बराल भन्छन्, ‘यी पुस्तक चैत र बैशाखमा बजारमा ल्याउने तयारी थियो । लक डाउनले गर्दा ल्याउन पाएनौँ ।’

अर्का प्रकाशक बुक हिलको पनि प्रकाशन भएका, रिप्रिन्ट भएका र प्रकाशनको तयारीमा रहेका थुप्रै पुस्तकहरू लकडाउनका कारण रोकिएका छन् । कुमार नगरकोटीको ‘पल्प ग्रन्थ’ प्रकाशनको तयारी थियो । तर, लक डाउनका कारण यो पुस्तक प्रकाशन कार्यक्रम अर्को वर्षलाई सरेको छ । तीर्थबहादुर श्रेष्ठको ‘नेपालः नखुलेका पाटा’, नारायण ढकालको ‘तमस’, पिटर जे कार्थकको ‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’, उज्ज्वल प्रसाईंले लेखेको खगेन्द्र संग्रौलाको जीवनी, गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, बासु शशीको ‘पर्खाल लगाएपछि सबैथोक बाहिर पर्छ’ र जोन स्टेनबेक (अनुवादः गनेश पौडेल) को ‘अफ माइस एन्ड मेन’ को नेपाली अनुवाद छापिएर बजारमा जाने तरखरमा थिए । लक डाउनले रोक्यो । बुक हिलका भुपेन्द्र खड्का अब यी पुस्तक दसैँ अगाडि बजारमा आउने सम्भावना कम भएको बताउँछन् । बजारको माग हेरेर बुक हिल यतिबेला केही नयाँ पुस्तकमा काम गरिरहेको छ ।

सांग्रिला बुक्सबाट पनि १३ वटा पुस्तक प्रकाशन भएर बजारमा आउने तयारीमा थियो । खगराज बरालको ‘सिकाइ र सहयोग’, जीवन राईको ‘समृद्धिको आधार’, यात्री प्रकाश पाण्डेको ‘सुइन’ र अन्य बालबालिकासम्बन्धी पुस्तक छापिएर गोमाममा आइसकेका छन् । तर, ती लकडाउनमा परेका छन् ।

त्यस्तै, नेपालयकी शैजन मास्केका अनुसार लकडाउन हुनुभन्दा केही समयअघि भुवन ढुङ्गानाको पुस्तक ‘परित्यक्ता’ सार्वजनिक गर्ने तयारी थियो । अब पुस्तक सार्वजनिक गर्ने विषयमा गृहकार्य भइरहेको छ । नेपालयको तत्काल नयाँ पुस्तक प्रकाशनको योजना नभए तापनि सुजीव शाक्यको ‘अर्थात परिवर्तन’ इबुक सार्वजनिक भएको छ ।

बुलबुल प्रकाशनबाट भने लकडाउनको ठीक अघि कुनै पनि पुस्तक प्रकाशन भएका थिएनन् । अच्युत घिमिरेकाअनुसार बैशाख–जेठमा प्रकाशन गर्ने तयारी गरिएका पुस्तक भने लकडाउनले प्रभावित भएका छन् । लकडाउनकै समयमा जिएस पौडेलको ‘पहेँलपुर’ को कभर सार्वजनिक भएको छ । अन्य ४ वटा पुस्तकमा पनि काम भइरहेको र दसैँ अगाडि बजारमा आउने सम्भावना रहेको घिमिरेले बताए ।

राजेन्द्र पराजुलीको पुस्तक ‘कोटेश्वरको केटो’ फिनिक्स बुक्सबाट लकडाउनभन्दा केही दिनअघिमात्र सार्वजनिक भयो । तर सर्वत्र बजारमा पुग्न सकेन । त्यस्तै, फिनिक्सले लकडाउनकै कारण बिना थिङ तामाङको ‘याम्बुनेर’ पुस्तक बजारमा ल्याउन पाएन । अहिले यो पुस्तकमा काम भइरहेको फिनिक्सका गणेश सुवेदीले जानकारी दिए ।

सार्वजनिक गर्ने तयारी

अहिले अवस्था पूर्णरूपमा सुध्रिएको मान्न त सकिँदैन । तर, केही सहज भने पक्कै भएको छ र यो समयलाई हामीले सही सदुपयोग गर्नुपर्छ ।

लक डाउनको समयमा धेरै पाठकले पुराना पुस्तक पढे । त्यसैले नयाँ पुस्तकको प्रतीक्षा स्वाभाविक छ । लकडाउन भएसँगै पुस्तक पसल पनि खुल्न थालेका छन् । त्यसैले प्रकाशकहरू पनि विस्तारै बजारमा पुस्तक फिँजाउने तयारीमा छन् । ‘भर्चुअल’ विमोचन गरेर भए पनि बजारको मागलाई मध्यनजर गर्दै पुस्तक सार्वजनिक गर्ने तयारी भइरहेको प्रकाशकहरू बताउँछन् ।

त्यसो त कतिपयले यो अवधिलाई पुस्तक बिक्री वितरणका लागि सुनौलो अवसरका रूपमा लिएका छन् भने कतिपयले चाहिँ दसैँ अगाडिसम्म पुस्तकको बजार नरहेको बताउँछन् । फाइन प्रिन्टका बराल विगत ५ महिनादेखि बजारमा नयाँ पुस्तक नगएको र पुरानो पुस्तक पढेर सकिएकाले अहिले पाठक कतिबेला नयाँ पुस्तक आउँछ भनेर पर्खिएर बसेको बताउँछन् । बुलबुलका घिमिरे पनि बरालको भनाइमा केही हदसम्म सहमत छन् । भन्छन्, ‘अहिले अवस्था पूर्णरूपमा सुध्रिएको मान्न त सकिँदैन । तर, केही सहज भने पक्कै भएको छ र यो समयलाई हामीले सही सदुपयोग गर्नुपर्छ ।’ बुक हिलका खड्कालाई भने अहिले पुस्तक प्रकाशन र बजारिकरण चुनौतीपूर्ण रहेकाले बजारबारे यसै भन्न नसकिने बताउँछन् । तर, यसो भन्दैमा प्रकाशकहरू हात बाँधेर बस्न भने नहुने उनको मत छ । नेपालयकी मास्के पनि खड्काकै भनाइसँग सहमत छिन् । पुस्तकको बजार हुनु र नहुनु भन्दा पनि बजारलाई चलायमान बनाउन लेखक र प्रकाशकले बजारमा पुस्तक ल्याउनुपर्नेमा भने प्रकाशकहरू सहमत देखिन्छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik